BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    ‘तपाइको नाउँ र जिल्ला पनि भन्नुस त”

    कमरेड सुमन भित्र जाने पास देखाउँदै एक्लै छिरें

    संसार न्यूज संवाददातासाउन २०, २०७३

    “कमरेड कसलाई लिएर आउनु भएको हो, कता जाँदै हुनुहुन्छ, एक्लै हो की कति जना र को–को हुनुहुन्छ…?

    कमरेड सुमनले सिंहदरबारको दैलोमा उभिएका कमरेड वखतीलाई सोधे ।

    “हाम्रै विद्यार्थी संगठनमा काम गर्ने एउटा भतिजो भूकम्पीय  क्षेत्र अध्ययनका लागि चीन जाने तरखरमा छ, त्यसैले गृहमन्त्रालयमा छिर्न खोजेको” कामरेड बखतीले उत्तर दिए ।

    “ए हो ! र !” तर्सेजस्तो गरी कमरेड सुमन भित्र जाने पास देखाउँदै एक्लै छिरें ।

    “मेरो नाउँको पास आयो हजुर ?” सिंहदरबारको झ्याल नम्बर २ मा ड्युटीरत प्रहरीलाई कमरेड वखतीले सोधे ।

    “कुन मन्त्रालयबाट आउनुपर्ने हो, नाउँ र जिल्ला पनि भन्नुस त”प्रहरीले उनलाई सोधे ।

    “म बखती थापा, जिल्ला रुपन्देही हो हजुर” उनले पासका लागि उत्तर दिए ।

    “पास एकजनाको की धेरै ?” ड्युटीमै रहेकी महिला प्रहरी जवानले थप सोधिन ।

    “मेरो भतिजो पनि छ सँगै, उसको पनि हो”बखतीले फेरि उत्तर दिए ।

    “भतिजोको पनि त नाउँ र जिल्ला हेर्नुप¥यो नी” प्रहरीले फेरि सोंधिन ।

    “यसको नाउँ त पूरन थापा हो, जिल्ला त मेरै रुपन्देही हो” बखतीले फेरि उत्तर दिए ।

    “नाउँ त गृहबाट आएजस्तो छ, नागरिकता दिनुस त हेरौ” प्रहरीबाट सोधनी भयो ।

    “ल हेर्नुस त मेरो नागरिकता यहि हो, भतिजको त विद्यार्थी कार्ड छ” बखतीले प्रहरीलाई जवाफ दिए ।

    “तपाइको नागरिकतामा पाल्पा जिल्ला लेखेको छ, भतिजाको विद्यार्थी कार्डबाट त भित्र पसाउनै मिल्दैन..”प्रहरीको जवाफ रुखो आयो ।

    “हो, पाल्पा, पाल्पाको नागरिकता हो । म अहिले रुपन्देही बस्न थालेको २५ वर्ष भयो” बखतीले स्पष्टीकरण दिन खोजे ।

    “फेरि मगाउनुस भित्रबाट, यतिले हुँदैन” महिला प्रहरीले झर्केर बोलिन ।

    “हेर त बाबु संसदज्यूको नम्बर, दवाउ त तिनलाई, यस्तो पो हेप्दा रहेछन यी…जी पुलिसले !” बखतीले पूलिसलाई सुनाएर भतिजलाई डायल गर्न अराए ।

    “फोन गयो ठूल्बा, तर उठ्दैन..ल सुन्नुस त” भतिजले कानैमा मोबाइल पु¥याइदिए ।

    “जनतलाई के को गणतन्त्र आउनु, के को लोकतन्त्र भन्नु !”, गेटमा मात्रै २ घण्टा बिताउनु प¥यो…सुइय सुस्केरा हाल्दै बखतीले दक्षिण ढोकाको पारीभित्ता तर्फ लागे ।

    “जाउँ भो ठूल्बा, त्यस्तो पाराले ढोका कुरेर कति बस्ने ?” भतिजाले हिड्ने दवाव दिन थाल्यो ।

    “फेरि एक कल हान त, उठाइ हालेछन र भित्र गइहालियो भने र काम भै हाल्यो भने त राम्रै हुन्छ नी बाबु !”छोरालाई धैर्य गर्न भने ।

    “हुन्छ, ठूल्बा फेरि डायल गरौ “त” संसदलाई रिडायल भयो ।

    “बखती कामरेड आज म निकै व्यस्त भए, सिंहदरबार आउनै पाइन, भोली साढे दश मै दक्षिण ढोका आउनुस न” सांसदज्यूले फोनमा भने ।

    “भोली फर्कन भनेको हो, कामरेड पर्सी गाउमा संयन्त्रको बैठक छ, पार्टीको बैठक डाकेर प्रक्रिया पु¥याउन प¥यो नी ! विचरा बखतीले पद्दतिको कुरा सुनाए ।

    “ल ठिक छ भोली भेटौ अनि जानुहोला  नी !” सांसदज्यूको संवाद सकियो ।

    “ल हिड बाबु, अब तेरै डेरामा जाउँ” ठूल्बाउले भतिजलाई अह्राए ।

    विजुली गएछ, ग्यास त हुने कुरै भएन, घरबेटीले पानी पनि दिन सकेको थिएन । बाउ–छोरा चिउरा र दालमोटमा भलाकुसारी शुरु गरे ।

    “मेरो विषय पनि त्यहि हो, भूगर्वशास्त्रमा मास्टर्स गर्दै गरेको हुनाले मेरो योग्यता, स्वयमसेवक भएर काम गरेको अनुभव र रुची थाहा पाउने हो भने चीनीया दूतावासले मलाई सजिलै छान्छ “बा” मेरो पढाइ मिल्ने भएको भनिदिनुस भनेको हुँ” ठूल्बाउलाई  भतिजले  संझाउन खोजे ।

    “पिर गर्नै पर्दैन छोरा, त पढाइमा पनि अब्बल छस र विद्यार्थी संगठनमा पनि त सक्रिय छस, तैले पाउनै पर्छ, पक्कै पाउँछस…”ठूल्बाउले भतिजलाई आश्वास्त पार्न खोजे ।

    “हजुर यत्ति कामले आउने हो भनेर सांसदलाई फोन गरेर टाइम मिलाको हैन र बा !” सिंहदरबार गेटको झल्झली संझदै भतिजाले सोध्यो ।

    “हुन त हो वा, उसैले दिएको समयमा उहाँदेखि यत्ति कामले आए, तंलाई लिएर गएको त हो अहिले सुतौं, अरु सल्लाह भोली बिहानै गरौला ।” भतिजालाई बखतीले भने ।

    “लौ ठूल्बा पढ्नुस त कान्तिपुर, यस्ताको विस्वासमा पो  परिएछ… कति घिनलाग्दो यो राजनीति !” भतिजले एकाबिहानै कान्तिपुर दियो ।

    नेताका नाति नातिना र छोराछोरी चीन शयर गर्दै..शीर्षकबाट बखती अघि बढ्दै गए..अध्यक्षका ४ नातिनी, मंत्रीका आसेपासे र ड्राइभर, कर्मचारीका छोराछोरी, कामरेडको छोरी, आफ्नै सांसद्को छोरो…नाउँ पढ्दै गए तर योग्य भतिजाको नाउँ फेलै पारेनन् । सुस्केरा फेरि हाले । भूकम्पका कारण तीन महिना स्वयमसेवक गरेर प्रमाणपत्र पाएको, भूर्गवशास्त्र पढेको, विद्यार्थी संगठनको सक्रिय कार्यकर्ता भएको, त्यसैका लागि  बोलाएर रुपन्देही देखि आएको..सांसदले कुराएको भोलीपल्ट बोलाएको र कान्तिपुरले छापेको कुरा पढ्दै र गम्दै गर्दा उनी बसिरहेको कुसी हल्लिन थाल्यो । “सामान्ती राज कहाँ गएको छ ठूल्बा, म त भ्रममा छैन” भतिजले खुलेरै बोल्यो ।

    ऐक्यबद्धता मासिकको पुष अंकमा प्रकाशित नेपालपथ

    ३९७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad