BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    ‘प्रशिक्षण समयसाक्षेप हुनुपर्दछ’

    'स्कुलिङको अर्थ गलत कुरा माथि बक्रदृष्टि र सहि कुरामाथि पुष्पदृष्टि बनाउनु पनि हो ।'

    संसार न्यूज संवाददातासाउन २०, २०७३

    “स्कुलिङ विभाग सक्रिय हुँदैछ रे नी कामरेड ! हाम्रो प्रदेशबाट  प्रशिक्षक प्रशिक्षणमा को–को कामरेड पुग्नु भएको रहेछ ! केही जानकारी पाउनु सकिन्थ्यो की ! कामरेड हुतराजले प्रमुख अतिथिलाई सोँधे ।

    “हो, कामरेड हाम्रो प्रदेशबाट पनि क. सुमन र क. दिनेश  जानु भएको थियो, उहाँहरु फर्केपछि शेयर हुन सकेको छैन” प्रमुख अतिथि कामरेड बिसालले भने ।

    “पाठ्यक्रम  पनि संशोधित छन रे समय अनुसार परिमार्जित  भएका छन रे, कामरेडले  नयाँ कुरो केही ल्याउनु भएको छ की !” कामरेड नविनाले पुरक प्रश्न गरीन ।

    “आजको कार्यक्रममा पनि “इलाका प्रशिक्षण” भनेर व्यानर  बनाइएको हुँदा नयाँ पाठ्यक्रम र विषयवस्तुमा खुल्दुली लागेको हो  कामरेड,” कामरेड सुनिताले जिज्ञासा थपिन ।

    “कामरेडहरुले भनेको कुरो सत्य हो तर प्रदेशसम्म नयाँ पाठ्यक्रम र विषयवस्तु छलफल भएको छैन, त्यसैकारण  आज हामी ति सबै कुरो ल्याउन सक्दैनौं” कामरेड विशालले प्रष्ट पार्न खोँजे ।

    “पत्रपत्रिकामा आए अनुसार बर्तमानको  कार्यभार र त्यसलाई बहन गर्ने गरी रुपान्तरण गराउने पाठ्यक्रम  बनाइएको छ रे ! जिज्ञासा निकै लागेर मात्र हो कामरेड, अन्यथा नठान्नु होला” कामरेड विवेकले कुरो राखे ।

    “१ महिना भै सकेन र केन्द्रीय स्कुलिङ विभागले प्रशिक्षक–प्रशिक्षण  गराएको ! अझैसम्म पनि यस्तो ढिला ! कामरेड  दिपेशले  जिज्ञासा थपे ।

    “कामरेडहरु, प्रमुख अतिथि कामरेडले  स्विकारी  सक्नु भएको छ की प्रदेशका तहमा छलफल भैसकेपछि जिल्ला तहमा व्यवस्थित ढङ्गले गरौंला, ल त्यसो भए अब कार्यक्रम  विविध  अगाडी बढाउँ की !” उद्घोषक समेत रहेका पार्टी इलाकमा अध्यक्षले  हललाई सोँधे ।

    “ल अब म प्रमुख अतिथि कामरेड विशाललाई प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षणका लागि अनुरोध गर्दछु ।” उद्घोषकले यसो भन्दासाथ सहभागिले ताली पिटे ।

    “कामरेडहरु तपाइहरु आफै विज्ञ र जानकार हुनुहुन्छ ।  अहिले देश कस्तो छ, कार्यभार कस्तो हुने र हामी कसरी त्यसको  लागि तम्तयार हुने यो विषयमा मैले धेरै कुरा  लम्बे–चौडे पार्नु पर्ला जस्तो लाग्दैन । अब म केही  सैद्यान्तिक कुरा तर्फ लाग्छु । पार्टी संगठनभित्र एकिकृत र केन्द्रीकृत  बुझाइ  पैदा गर्न स्कुलिङ वा प्रशिक्षणको जरुरी हुन्छ । विचार र व्यवहारका अभ्यास र प्रमाणहरुको शेयरीङ वा आदान प्रदानबाट पनि स्कुलिङ प्रक्रिया पुरा हुन्छ तर त्यो योजनाबद्ध हनुपर्दछ ।  यस्तो स्कुलिङ लेनीन र माओकालमा निकै राम्रो  थियो । म  अब कामरेडहरुलाई जनयुद्धकालिन स्कुलिङका बारेमा केही कुरा बताउन चाहान्छु । हामीले येनान स्कुलिङबाट सिक्दै  युद्धकालमा महान गुरुहरुको फोटो र उदाहरणलाई व्यानरमा उतार्ने  स्कुलिङलाई भव्य बनाउन सदनहरुको निर्माण  (सहिदहरुका नाममा)  तिनीहरुको सजावट  टनेल र बंकरको व्यवस्था गरीकन मंचमा ठूलो झण्डा फर्फराउँदै, चारैतर्फ क्रान्तिकारी नारा र ऐतिहासिक  पात्रहरुका ठूला–ठूला  तस्बिर  राख्दै प्रशिक्षण  कार्यक्रमको  व्यवस्थापन गथ्र्यौ ।

     हामीले द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादको महत्व र त्यसको संघर्षात्मक इतिहास, पार्टी कार्यदिशा र सैन्य विज्ञान  समाजवाद अन्तर्गत राजनीति, पार्टी संगठन र संगठन  संचालनको  सिद्धान्त,  जनवादी केन्द्रीयता, जीवन दर्शन र किताबि दर्शनको फ्युजनबाट  क्रान्तिकारी व्यवहारको  विकास तथा संगठनको जीवनमा देखापर्ने व्यक्तिवादी अराजकतावाद,  मध्यपंथी अवसरवाद निम्न पूँजीवादी अधैर्यवाद, आत्मकेन्द्रीत व्यक्तिवाद वुर्जवा आर्दशवाद, विर्सजनवाद, दक्षिणपन्थी आत्मसमपर्णवाद जस्ता विषयमा  महत्व दिएका थियौं र त्यो अहिले पनि उत्तिकै  सान्दर्भिक  छ । राजनैतिक  अर्थशास्त्रको विषय पनि  हामीले सुरु देखि जोड्दै आएको हो ।

    ठूलो त्याग र तपस्याबाट  विकास गरेको हाम्रो विचारको  रक्षा प्रयोग र विकासका लागि अवको स्कुलिङ केन्द्रीत  हुन जरुरी छ । यतिबेला  हामीसँग शास्त्रीय  अध्ययन  टुटेको , कार्यकर्ताहरु  थपिएकाछन् । प्रतिक्रान्तिको फोहोर मैला हटाउन सुद्धिकरण झनै जरुरी भएको छ । स्कुलिङको अर्थ गलत कुरा माथि बक्रदृष्टि र सहि कुरामाथि पुष्पदृष्टि बनाउनु पनि हो ।” कामरेडले कुरो राख्दै गए ।

    “कामरेड, स्कुलिङ भनेको शुद्धिकरण र रुपान्तरणको प्रक्रिया हो । प्रशिक्षण समयसाक्षेप हुनुपर्दछ भन्ने मलाइ लाग्दछ । प्रशिक्षण भनेको विश्व दृष्टिकोणको समस्या समाधान गर्ने एउटा महत्वपूर्ण कदम,  दुनिया बुझ्ने मात्र होइन बदल्ने अभ्यास तथा इतिहास, बर्तमान र भविष्यको रुपरेखा खिच्ने  पनि हो । तर, हामी धेरै शास्त्रीय भयौं कामरेड । निश्चय पनि  द्धन्द्धात्मक भौतिकवादी चेतवाट हामी निर्देशित  हुनुपर्दछ  । तर,  आजको ज्वलन्त समस्या, पार्टी, जीवन, संघर्ष सभ्यता निर्माणका आधार अर्थात उत्पादनमा आधारीत जीवन प्रणालीका बारेमा ठोस रुपमा आउनुपर्दछ । हामीले  लामो समयदेखि धेरै शास्त्रीय कुरा पढ्यौं–सिक्यौ तर जीवन व्यवहारमा ल्याउन सकेनौं । रुपान्तरणलाई भाषण र प्रशिक्षणमा होइन व्यवहारमा पाउने गरी  अर्थात  परीणामका लागि  प्रशिक्षण हुनुपर्दछ  जस्तो लाग्छ” कामरेड मनोजले विचमै कुरो राखे, सहभागिहरुले सहमति जनाए ।

    ऐक्यबद्धता मासिकको फागुन अंकमा प्रकाशित नेपालपथ

    ७८८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad