BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    ‘कामरेडहरु हिजोको तुष, कुण्ठा र पुर्वाग्रहलाई  विर्सौ ‘

    आउँछु भन्दाभन्दै तपाइले मलाई कति थर्काउनु भयो ?

    संसार न्यूज संवाददातासाउन २०, २०७३

    Nepal-Path-commerade-ko

    “पत्याउनुहुन्छ कामरेड,  आज म  आउनै सक्ने अवस्थामा थिइन, अस्पतालमा म्याडम बिरामी छन,  भर्ना गरेर  राखेको ३ दिन भयो, कुरेर बस्नुपर्ने  मान्छेलाई जर्वजस्ती बोलाइयो” प्रदेश संयोजकतर्फ फर्कदै  ४ नं  जिल्लाका  सदस्य शंकरले  भने ।

    “किन ?  पार्टीमा आफ्नो समस्या राख्नु भएको थिएन र ?” प्रदेश संयोजकले सोधे ।

    “किन नराख्नु ? जिल्लाको सचीव र मेरो जख्म हेर्ने  फ्रयाक्सन  इन्चार्जलाई पनि पुरापुर भनेको हुँ” क. शंकरले  जवाफ दिए ।

    “हो त नी उहाँको म्याडमको कति समस्या छ, अस्पतालमा बस्नुपर्ने मान्छे यहाँ जर्वजस्ती  आएजस्तो भयो” कामरेड सुनीताले कुरो राखिन ।

    “मैले  अस्पतालमा भेटेरै  आएको थिए, यहाँ सक्ने स्थिति उहाँको  होइन फेरि त्यति टाढाबाट उहाँ आइपुग्नु भएछ” कमरेड विनोदले साथ दिए ।

    “नआइ हुँदैन भनियो, नआए आशंका हुन्छ भनियो गरु के ?” भावुक हुँदै  कामरेड शंकरले प्रष्टोक्ति दिए ।

    “तपाइ आउनु भयो राम्रै  गर्नु भयो, कमसेकम आशंका त मेटियो अब” जिल्ला सेक्रेटरीले  खस्रो अभिव्यक्ति दिए ।

    “के थियो र कामरेड, आशंका मेट्नैपर्ने, केही कमजोरी भएका थिए की !” कमरेड बलबहादुरले  बिचमै सोँधे ।

    “उहाँ कामरेडसँग कथित नयाँ शक्तिका मान्छेहरुले धेरै पटक भेट गरेको, उहाँको नाम पनि मुछेर संगठन गतिबिधि बढाउन खोजेको हल्ला धेरै चलेपछि तपाइ जसरी पनि आउनुस भनेर  मैले  भनेको हुँ”  जिल्ला सेक्रेटरीले कुरो खुलस्त राखे ।

    “होइन उहाँले त फेसबुकमै पनि नयाँ शक्तिको  राजनैतिक गन्तव्य वारे प्रश्न उठाउनु भएको थियो,  बैचारिक आधारबारे  सोध्नु भएको थियो र  एकता चाहिने बेलामा  विग्रह गरेर  आन्दोलनप्रति  बेइमानी  गर्नेलाई कसरी साथ दिने भन्ने कुरालाई  शेयर गर्नुभएको थियो, उहाँसँग म पनि फेसबुकमा साथी छु, उहाँलाई  आशंका गर्नु पर्ने थियो र ?” कमरेड शुदर्सनले जिज्ञासा राखे ।

    “फेसबुक त मैले हेरीन, मैले फोनगर्दा  व्यस्त छु भन्ने, नयाँ शक्तिवालाले उ त हाम्रो मुन्छे भन्दै प्रचार गर्ने,…त्यस्तो भएकाले बोलाएको हुँ” जिल्ला सेक्रेटरीले फेरि कुरो राखे ।

    “मैले तपाइलाई भनेकै होइन र कमरेड, म उता जाने कल्पना  पनि नगर्नुस  केही दिन परीक्षाको कारण व्यस्त भएं,  अहिले  म्याडमको उपचारमा छु, सकेपछि  पार्टी संम्पर्कमा आउँछु भन्दाभन्दै तपाइले  मलाई कति थर्काउनु भयो ? मेरो कुनै राजनैतिक जीवन, निष्ठा र त्याग नै नभएको  जस्तो गरी “चैते कार्यकर्ता” लाई हुकेजस्तो हुक्नु भयो, तपाइको फोनमा प्रतिवाद  गर्दा अस्पतालको बेडमा  श्रीमतीलाई  समेत नकरात्मक  असर  प¥यो । कामरेड  किन इगो राख्नुहुन्छ,  खुलस्तै भन्नुस न…” कमरेड शंकरले  भनाइ राखे ।

    “के अरु “इगो” को पनि कुरो थियो र ?” प्रदेश सेक्रेटरीले कुरो जान्न खोजे ।

    हेर्नुस कामरेड हाम्रो गाउँ पार्टीको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा उहाँले फलानो  कामरेडको नाउँ नै तोकेर जिताउनु जसरी पनि भन्नु  भएको थियो,  ८० पार्टी सदस्य मध्ये १५ जनाको  पनि समर्थन नपु¥याउनेलाई जिताउन सकिदैन र गर्नुपनि हुँदैन भनेर उहाँलाई  मैले प्रष्टै भनेको थिए । एउटा कुरो उहाँ मसँग त्यहि कारण चिढीनु  भएको थियो भन्ने कुरो  नीजि श्रोतबाट  शिक्षक नियूक्तिको प्रसंगमा उहाँले भनेको व्यक्तिलाई जर्वजस्ती छनौट  गर्न नसकिएको प्रश्न थियो, यि दुई कुराले  म सँग उहाँ चिसिनु  भएको थियो” कामरेड शंकरले  पुरै कुरा खुलाए ।

    “उहाँले बोलेको यि दुवै कुरामा बढाइचढाइ छ कामरेडहरु, मेरो बानी–बेहोरा तपाइहरुलाई  थाहा नै छ नी होइन र ? ”सेक्रेटरीले सहभागितर्फ कुरो राखे ।

    “कसरी बढाइ चढाइ हुनु, तपाइ र म  कुरा गरेको प्रमाण पेश गरु ?”तुपाइले झुट बोल्दै हुनुहुन्छ । मलाई थाहा छ की मेरो इलाकाबाट  तपाइले मलाइ  विस्थापित गर्न कलाविहिन षडयन्त्रगर्दै हुनुहुन्छ, एकातिर  कित्ता छुट्टयाउनु प¥यो भनेर फोन गर्नुहुन्छ अर्कोतिर  उ त उतैको मान्छे भनेर प्रचार पनि गर्नुहुन्छ,  यो तपाइको  बाउको सम्पत्ती  होइन, मेरो  पनि रगत र  पसीना बगेको छ यो पार्टीमा  ।  बोलाए पनि  आउँदैन र अरुका अगाडि भन्नु पाउँछु भन्ठान्नु भएको होला, अब मैले पनि  कुरा राख्ने अबसर पाए । यसका लागि  पनि मैले तपाइलाई  धन्यवाद दिनैपर्छ कामरेड…” कामरेड शंकरले  आक्रोश  र व्यंग मिश्रित भनाइ राख्दै सहभागिहरुको  मन जित्न खोजे ।

    “समस्या धेरै छन कामरेड, मलाई पनि निकृष्ठ व्यवहार गरियो । कथित नयाँशक्तिको विचलनमा मेरो सक्रियता  हुने कुनै गुन्जायसै  थिएन । हो,  म हिजो सम्म लगातार जीतवीरहरुको सम्पर्कमा थिए, पार्टी  भित्र समुह–उपसमुह र गुटका कुरा चल्दा म उनीहरुसँग नजिक थिए र तपाइसँग  वाद विवाद  र अतिवादमा पनि आउँथे तर  जब उनीहरुले वर्ग र आन्दोलनको मूल्य–मान्यतामा प्रश्न उठाएर संवेदनशील घडीमा  धोका दिए, मैले  त्यसपछि  उनीहरुको साथ छोडे, यो कुरा यो जिल्लाका  कामरेडहरुलाई थाहा छैन र कामरेडह, ल हेर्नुस त आज पार्टीभित्र  मलाई जिम्मेवारी  विहिन बनाएर  राखिएको छ,” कामरेड  भीमसेनले कुरो थपे ।

    “वर्ग संघर्षको उठानदेखि महान जनयुद्धको प्रक्रियामा  पुरै  लाग्दै आएका कामरेडलाई हिजोको गुटका आधारमा अहिले विभेद  गर्न कुनै  जरुरी छैन, यस्तो हो भने यो पार्टीले  कसरी फड्को  मार्छ, कसरी १ नम्बरमा पुग्छ ?” कामरेड विणाले प्रश्न गरिन ।

    “हामी आरोप प्रत्यारोपमा नजाउँ कामरेडहरु, जुन मिशनका  लागि हामी  एक भएर लड्यौं त्यो अझै बाँकी छ  । कामरेडहरु कामरेडहरु हिजोको तुष, कुण्ठा र पुर्वाग्रहलाई  विर्सौ । हामी  आजको आवस्यकतामा नबदलिकन हिजोको  स्थानमा पुग्न सक्तैनौं । मनन गरौं कामरेडहरु” यस्तो भन्दै प्रदेश सेक्रेटरीले चिया ब्रेक गरे ।

    ऐक्यबद्धता मासिकको बैशाख अंकमा प्रकाशित शन्तोष शर्माको कामरेडको नेपालपथ

    ८४१ पटक
    प्रतिकृया दिनुहोस्