BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    नेपाल पुगेर पनि सम्पर्क गरिरहन्छु नी

    'फर्कने सोच बनाउनु भयो की यतै बस्ने सुरसारमा हुनुहुन्छ ?’

    संसार न्यूज संवाददातासाउन २०, २०७३

    Nepal-Path-commerade-ko

    धेरै वर्षपछि भेट हुन पाइयो, के छ नेपालको हालखबर’ कामरेड शन्तोष शर्मातर्फ फर्कदै ह्यारी अधिकारीले सोधे ।

    ‘कहिले आइपुग्नु भयो रे कामरेड ? कति दिनको बसाइ छ यो शहरमा ! अनि  कहाँ कहाँ  घुम्न जाने प्लान छ ?’ कमरेड कनैयाले प्रश्न थपे ।

    ‘तपाइ कुन भिषामा आउनु भयो कामरेड, भीषा सजिलै  दियो  त ?’ कामरेड नहकुलले जिज्ञासा राखे ।

    ‘खास कुन काममा आउनु भएको थियो । फर्कने सोच बनाउनु भयो की यतै  बस्ने सुरसारमा हुनुहुन्छ ?’ कामरेड अभ्यासले सोधे ।

    ‘सपनाको स्वर्ग भनेपनि, धनी देश भनेपनि तपाई यहाँ आइसक्नु भयो, भन्नुस त तपाइलाई कस्तो लागिरहेको छ ?’ अन्तवार्ताको शैलीमा कामरेड सुनिताले सोधिन ।

    ‘जे भए पनि आउनु भयो, देख्न पाइयो, बस्नु नबस्नु त  आफ्नो ठाउँमा छदै छ, ल वाइन पिउँदै गफ गरौं न त’ कामरेड  महेन्द्रले प्रस्ताव गरे ।

    ‘हेर्नुस कामरेड  म नितान्त  नीजि भ्रमणमा पारीवारिक हिसावले केही दिनभित्रै देश फर्कने गरी आएको छु । मन मिल्ने साथीहरुसँग भेट हुन पाइयो यसका लागि कामरेड महेन्द्रलाई धन्यवाद दिन चाहान्छु ।’ कामरेड शंतोष शर्माले  आभार व्यक्त गरें ।

    ‘आइहाल्नु भयो कामरेड, अब यतै बसौं । त्यहाँ पनि के पाउनु भएको छ र राजनीतिमा पनि न्याय पाउनु भएन, सरकार आउँदा पनि नियूक्ति पाउनु भएन । गोता–हण्डर–ठक्कर, जेल र कठोर यातना भोग्नु भयो अहिले पनि हातमा लाग्यो शून्य नै छ । बरु यतै बस्नुस  । हामी १५ देखि २५ लाख सम्म तिरेर यहाँ आएका साथिहरु पनि छौं । मौका नगुमाउनुस, ठूलो नपल्टीनुस’ कामरेड हरिहरले वाइन ठोक्याउँदै सुझाव दिए ।

    ‘तपाई, कहिले आउनु भएको हो कामरेड कति कमाउनु भयो र कति जम्मा गरेर नेपाल पठाउनु भयो अनि यहाँ के कति  धन सम्पत्ती  जोड्नु भयो…?’ कामरेड शंतोष शर्माले देब्रे दीर्घाबाट जिज्ञासा शुरु गरे ।

    ‘हेर्नुस कामरेड म सन् २००४ मा  नेपालबाट आए । २ पटक यातना भोगे । जेल बसे, पार्टी कमिटी बनाउँदा न्याय पाइन । ससुरालीले पैसा खोजिदिए ।  उतीबेलै  दलाललाई १२ लाख  बुझाएर १३ देशको ठक्कर खादैं  पानी जहाज र  जंगलको बाटो आएं । शुरुको  दुःखमा त व्यर्थै आएछु, उतै शहिद भएको भए हुने भन्ने लाग्यो ।  पछि बाटोबाट उतै फर्कन  पनि सकिन ।  देशभित्र विद्रोहीको कलंक,  पार्टीभित्र न्यायको अभाव दुवै बाध्यताले मलाई जंगल, पानी जहाज र कन्टेनरमा घुँडा लुकाई गर्न विवश बनायो । म आए, राज्यले लखेटेको मैले अन्यथा भनेर शरणार्थी  प्रक्रियामा गए । मन कति दवाएको थिए हँुला आफै अनुमान  गर्नुस । जहासम्म अमेरिकाको धन सम्पत्तीको प्रश्न हो, मैले  ससुरालीको ऋण  तिर्ने बाहेक अरु पैसा  नेपाल पठाउनै सकेको छ्रैन् ।  पहिला  आफ्नो कागजको  प्रक्रियामा  खर्च गरे ।  त्यपछि  बालबच्चा र श्रीमती ल्याउँन खर्च भयो । यहाँ गाडी  किन्ने र चढ्ने सामान्य कुरा भयो,  स्वास्थ्य बिमा महंगो छ । अलिक वर्षपछि  एउटा घर किनौं भन्ने लाग्यो र घर पनि  किन्यौं ।  मोर्गेज (किस्ता)  को कुरा थाहा छ नै हाला तपाईलाई । गाडी, घर र इन्स्युरेन्स अनि पारीश्रमिकको चर्को कर गर्दा यहाँको पैसा सबै  यतै बस्ने रहेछ । काठमाण्डुमा  घर किनु–किनु नलागेको होइन, तर ४ वर्षदेखि जसो गर्दा पनि आट्न सक्ने स्थिति नै बनेन् ।’ कामरेड फणिन्द्रले बेलिविस्तार लगाए ।

    ‘म, सन १९९९ मै आएको हुँ । सशस्त्र जनयुद्धले आकार थाल्दै थियो ।  पार्टीभित्रको एउटा अन्तरसंघर्षमा मेरो कुरा सुनुवाई नभैरहेकै बेला दाइलाई  दुश्मनले जेल हाल्यो । मलाई  खोजी ग¥यो । भारत गएं, भारतमै काम गर्ने  मामाको सहारामा आँपटारीको जग्गा बेचेर दिल्लीका दलालमार्फत यता आइपुगेको हो । मेरो आस्था अटल छ । तर, के गर्ने नेताहरु  विग्रेको देख्दा र देशमा फर्कने वातावरण नबनेको देख्दा  नेपाल जाने रुची जागेको छैन…’ बढी दोष नदिइकनै कामरेड इन्द्रमणिले कुरो राखे ।

    ‘म त कामरेड भर्खरै भनेपनि हुन्छ ।  सन २०१२ मा अमेरिका छिरेको हुँ । नेपाल छदां जम्बो राज्यकमिटीको एक सदस्य  म पनि थिए ।  जेलनेल भोगेको र  मास्र्टस सम्म पढेको  शैक्षिक प्रमाणपत्र  समेत मसँग  थियो । पार्टी सरकारमा गयो ।  आशा त लाग्ने नै भयो ।  २० वर्ष काम  गरेको पार्टीले  कुनै  ठाउँ देला नी  भनेर  नेता र मन्त्रीहरुका धाएं ।  कुन–कुन ठाउँमा  संभव होला भनेर भौतारिदैं खाली ठाउँहरु पत्ता लगाए, तर, मोटो रकम  लिन नमिलेकाले  मलाई गरेनन् ।  आँखै अगाडि  विभत्स र कुरुप चरीत्र देखेपछि  कति पछि लाग्ने  भन्ने मनमा  आयो ।  कता जाउँ भन्दा भन्दै अमेरिकाको एउटा  मेलाका लागि १६ लाख  खर्च  गरेर ल्याउने दलाल भेटे ।  स्मार्ट ढङ्गले  अन्तर्वार्ता  दिएर  पैसा बुझाएरै  अमेरिका आएको हुँ ।  यहाँ आएपछि  त प्रक्रिया नगरी बस्नुको विकल्पै थिएन, धेरै कुराहरु त कामरेड इन्द्रमणिले  भनिसक्नु  भएको छ’ कामरेड  अभयले आफ्नो कुरो राखे ।

    ‘यो भेट पनि निकै ठूलो कुरा भयो कामरेड, बुझ्न सजिलो पा¥यो ।  पुराना साथि भेट हुन पाइयो…, म नेपाल पुगेर पनि सम्पर्क गरिरहन्छु नी,’ कामरेड शंतोषले  भनाइ छोट्याए ।

    ऐक्यबद्धता मासिकको जेठ अंकमा प्रकाशित शन्तोष शर्माको कामरेडको नेपालपथ

     

    ७७६ पटक
    प्रतिकृया दिनुहोस्