BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    मौनताको परिणाम

    लक्ष्मण अधिकारीमंसिर १४, २०७३

        laxman-adhikari

    नभन्दै छोरीलाई लिएर उनी सदरमुकाम अस्पताल पुगे । डाक्टर आफ्नो सुरले सोधेर औषधि लेख्दै थिए, दिलबहादुरलाई मास्टरले भनेको कुरा कसरी सोधौँ भइरह्यो । बीचैमा प्वाक्क मुख फोरे, ‘डाक्टर साव यो रोग त विहे गरेपछि ठिक हुन्छ भन्छन्, कुरा कसो हो ?’ डाक्टरले झस्केर हेरे तर केही नबोली मौन बसे । ‘अहिले यो खुवाउँदै गर्नु’ मात्र भने । दिलबहादुरलाई देवेन सरले ठीकै भनेका रहेछन् भन्ने पर्यो ।

    मेनुकाको लास पोखरीमा तैरिरहेको खवर क्षणभरमै भाइरल बन्यो । उ स्कुलकी  व्युटी क्वीन थिई । स्कुलका केटाकेटी लस्कर लागेर पोखरी पुगे । आप्mनै विद्यार्थीको लास भनेपछि शिक्षकहरुपनि त्यतै झरे ।

    मेनुका हिजै देखि हराएकि थिई । साँझ ट्युसन पढेर फर्किदा घर नपुगी बेपत्ता भई । आज पोखरीमा देखियो । आप्mनो साथी स्कुल ड्रेसमै पोखरीमा डुबेको देख्दा स्कुलेहरुको मन कटक्क भयो । शिक्षकहरुलाई पनि यसले कम खिन्न पारेको थिएन ।

    विद्यार्थीमाझ गार्इँगुईँ सुनियो, ‘मेनुकालाई मारेर फालेको हो ।’ भिडमा यस्तो कुरा उठ्दा धेरैले देवेनसरतिर छड्के आँखा लगाए । खासगरी बढेका केटीहरुले आँखा तरेरै हेरे ।  देवेन सर अँध्यारो मुख लगाएर अरु सरहरुको कुरा सुन्दै थिए । मेनुका साँझमा देवेन सरकहाँ ट्युसन पढ्न जाने गरेको सारालाई थाहा थियो ।

    शिक्षकहरुले पनि विभिन्न अनुमान गरे । व्यारेक नजिकको पोखरीमा घटना भएकाले कुनै सेनाले बदमासी ग¥यो कि भन्ने तर्क निस्क्यो । देवेन सरले, ‘बलात्कारपछि मारेर फालेको हुनुपर्छ’ भन्दै कुरा थपे । शिक्षकहरुमै पनि केहीको शंका देवेन सरतिर थियो, तर मुख खोलिहाल्न मिलेन । मेनुकाका बा दिलबहादुर केही बोल्न नसकि ढुंगामाथि बसेर घुँक्कघुँक्क गर्दै थिए ।

    एक घण्टा जति पछि प्रहरी पुग्यो र घटना विवरण तयार गर्न थाल्यो । आत्महत्या हो वा हत्या ? हत्या हो भने कसले ग¥यो  ? पत्ता लगाउने चुनौति प्रहरीलाई थियो ।

    शिक्षकहरुबीच आएर प्रहरीले, ‘तपाईँहरुलाई के शंका छ सर ?’ भन्यो । ‘ब्यारेक नजिकको पोखरीमा घटना भयो, हामीले के भन्ने ? सेनाहरुले नै देखेका छन् कि ?’ घुमाउरो जवाफ दिए । दिलबहादुरले, ‘खै आफैँ पोखरीमा हामफाली कि अरुले डुवाईदियो केही सोच्नै सकिन, हजुरहरुले हेरिदिनुस्’ मात्र भने । एकजना गाउँलेले चाहिँ साँझ ढल्के पछि  दुईजना सेनाका मानिस लरखरिदै त्यही पोखरीतिर गाको देखेको बताए, तर हुलिया दिन सकेनन् ।    प्रहरीले पोष्टमार्टमका लागि लास लिएर गयो । रिपोर्ट सवैलाई आश्चर्य पार्ने खालको थियो । मेनुका पाँच महिनाको गर्भवति रहिछ । पर्सीपल्ट धेरै केरकार पछि देवेन सर र पिपलडाँडे खत्रीलाई प्रहरीले समात्यो । यसरी समात्नुमा करिव डेढ वर्ष अघि देखिका केही पृष्ठभूमी थिए ।

    त्यसवेला मेनुकाले पिपलडाँडे खत्रीको छोरा राजेशको मनमा गुँड बनाउन थालेकि रहिछ । उ पनि तिम्रा लागि आकाशको तारा नै खसाल्छु भन्दै हिरोगिरि देखाउँदो रैछ । यसको घुइरो दिलबहादुरले पाए पछि खपिनसक्नु भयो, चियो गर्दै हिंड्न थाले । नभन्दै एक दिन चौतारामा पिपलको रुख पछाडि अंगालो मारेर म्वाइँ खान लागेको भेट्टाएछन् । अब के चाहियो बुढालाई ? दुवैको पाँसुला फुट्ने गरी भकुरे । पिपलडाँडे खत्रीको घरमै गएर ‘तँ नाथे कोदे खत्रीले मेरी छोरी ताक्ने ?’ भन्दै दपेटे । त्यसपछि मेनुका त्यो बाटो हिंड्नै नपाउने भई । राजेशको लागि स्कुलको ढोका बन्द भो । खत्रीले निकै अपमानको महसुस गरे र छोरालाई शहरतिर पढ्न पठाए ।

    बैंसमा स्याल पनि घोर्ले  हुन्छ भने झैँ त्यो स्कुलमा मेनुका हिरोइन मानिन्थी । भर्खर नौ कक्षामा पुगेकि १७ वर्षिया मेनुका खँदिलो जिउ डाल परेकि थिई । टाउकोमा कवटी बनाएर अरुभन्दा राम्री देखिन खोज्थी । उसलाई स्कुलमा शिक्षक देखि बढेका केटाहरुको पनि आँखा नलागेको त होइन तर झोक्की स्वभावका दिलबहादुरकी छोरीसँग सोझै लहसिने हिम्मत्त प्रायः कसैले गर्दैनथे ।

    मेनुकाकोे यौवनले तन्नेरीहरुको साथ खोजेपनि सहज भएन । मेनुका तनावग्रस्त हुँदै गई । आफूलाई कसैले मायाँ नगरेको, वास्ता नगरेको भान पर्दै गयो । घरमा मायाँभन्दा घृणा बढी भएको लाग्न थाल्यो । उसको नौ कक्षाको रिजल्ट पनि राम्रो भएन । त्यही वेला अचानक उसकी आमाको पनि मृत्यु भए पछि उसको बानी व्यहोरामा परिवर्तन आउन थाल्यो । छोरीको पढाई विग्रेको देखेर दिलबहादुरलाई निकै चिन्ता भयो । धन भएर पनि आफू अनपढ भएकोमा उनको मनमा गम्भिर कुण्ठा थियो । त्यसैले उनी छोरीलाई धेरै पढाउन चाहन्थे । मेनुकालाई देवेन सरकहाँ नियमित ट्युसन पढ्न पठाए । यसैबीच मेनुकाले अनौठा हर्कत गर्न थाली । वेलाबेलामा बेहोस हुने, काम्ने, चिच्याउने गर्न थाली । उ काम्दै वेहोस भएर ढलेको देख्ने अरु केही केटीहरु पनि कहिलेकाहिँ त्यसरी नै ढल्थे । स्कुलमा होहल्ला हुन्थ्यो ।

    झारफुकबाट ठीक नभए पछि एक दिन दिलबहादुरले देवेन सरलाई सोधे । देवेनले, ‘यसलाई हिस्टेरिया भए जस्तो छ, विहे गरेपछि ठीक हुन्छ’ भनिदिए । यो सुनेर दिलबहादुर छक्क परे, केही बोल्न सकेनन् । उनले हिस्टेरिया भनेको त बुझेनन् तर विहे गर्ने कुरा त स्पष्टै भो । जाँडको डवका रित्याए पछि देवेन सर हिंडे । दिलबहादुरको मन भने गहिरो चिन्ताले छटपटियो ।

    तराईतिरबाट आएका देवेन सर पल्लो टोलमा डेरा गरेर बसेका थिए । स्कुले उमेरका केटीहरु काम्ने, बेहोस हुने, दाह्रा किट्ने गर्नु भनेको यौनइच्छा पूरा नभएर हिस्टेरिया हुनु हो र उपचार भनेको विहे गर्नु नै हो भन्ने पुरानै भ्रम पालेका थिए । हिस्टेरिया भावनासँग जोडिएको सामान्य समस्या भन्ने पत्तो थिएन । उनकै कुरा सुनेर दिलबहादुर पनि आप्mनी छोरीलाई यौन चाहना बढेर समस्या भएको रहेछ भन्ने निष्कर्षमा पुगे ।

    भोलिपल्ट दिलबहादुर अव के गरौँ त ? भनेर छटपटिदै बार्दलीमा बसेर सुल्पा तानिरहेका थिए । स्कर्ट र शर्टले आप्mनो अग्लो र पुष्ट शरीर सजाएर स्कुलबाट आउँदै गरेकि छोरीलाई निकै वेर हेरे । उनलाई लाग्यो, छोरी राम्री पनि छ तरुनी पनि भई । साच्चै  पोई नै पो चाहिएको हो कि त ? बुढाको मनमा अनेक कुरा खेले । आपूmले १५ वर्षको उमेरमा १२ वर्षकि केटी विहे गरेर ल्याएको सम्झे । तर जे भए नि अहिले नै विहे गरेर पढाइ विगार्नु त हुँदैन भन्ने भयो । फेरि आपूm एक्लो पर्ने चिन्ता पनि थियो । उनलाई लाग्यो, यत्तिकै छोरी बौलाही भने त झन वित्यासै पर्छ त । अँधेरी रातको गहिराई बढेसँगै दिलबहादुरलाई चिन्ताको पारो पनि चढ्दै गयो ।

    उनी झिसमिसै उठेर देवेन सरको डेरातिर लागे । मेनुकाबारे बढ्दै गएका चिन्ताका पन्तुरो फुकाउँदै पिपलडाँडे खत्रीको छोराले आप्mनी छोरीलाई मुहुनी लगाएर विगारेको तर्क झिके । ‘त्यसलाई भेट्टाएँ भने एकै चोटमा छिनाउने थिएँ,’ भने ।

    ‘विहे गरेपछि हिस्टेरिया ठीकै भैहाल्छ’ भन्दै देवेन सरले सम्झाउन खोजे । जे भए पनि एकपटक डाक्टरलाई देखाउने टुंगो भयो ।

    नभन्दै छोरीलाई लिएर उनी सदरमुकाम अस्पताल पुगे । डाक्टर आफ्नो सुरले सोधेर औषधि लेख्दै थिए, दिलबहादुरलाई मास्टरले भनेको कुरा कसरी सोधौँ भइरह्यो । बीचैमा प्वाक्क मुख फोरे, ‘डाक्टर साव यो रोग त विहे गरेपछि ठिक हुन्छ भन्छन्, कुरा कसो हो ?’ डाक्टरले झस्केर हेरे तर केही नबोली मौन बसे । ‘अहिले यो खुवाउँदै गर्नु’ मात्र भने । दिलबहादुरलाई देवेन सरले ठीकै भनेका रहेछन् भन्ने पर्यो ।

    औषधि लिएर घर त फर्के तर बुढालाई सन्तोष भएन । दुईहप्तासम्म पनि मेनुकाको स्वभावमा परिवर्तन आए जस्तो लागेन । विहे गरीहाल्न पनि मन थिएन । विरामी जस्तो हर्कत देखाई भने राम्रो केटाले नलैजाला भन्ने पीर पनि भयो । त्यसपछि उनले अनेक विकल्पहरु सोचे ।

    एसएलसी नजिकै आइरहेको थियो । मेनुका नियमित ट्युसन गइरहेकि थिई तर उसलाई देवेन सरको बानी व्यहोरा निको लागेको थिएन । स्कुल सकेपछि देवेन सर गाउँतिर बेपत्ता हुन्थ्े, अनि साँझमा ट्युसनमा बोलाउँथे । एक दुई हप्ता त ठीकै पढाए पनि पछि त गफ गर्ने जिस्किने मै धेरै समय विताउँथे । ट्युसन जान्न भन्न पनि नसक्ने । मेनुकालाई घरमा आएर पनि बस्न मन लाग्दैनथ्यो । त्यसैले उ कहाँ जाउँ के गरौँ भनेर भौँतारिन्थी ।

    कहिलेकहिँ त उ साथीहरुसँग, ‘मलाई त मरुँमरुँ लाग्छ, आमा पनि छैनन’् भन्दै निरास बनेर रुन्थी । मेनुकामा अनेक नयाँ समस्या पनि देखिए।

    उदास हुने, झोक्राएर बस्ने, ननिदाउने, धेरै नवोल्ने, कुनै काममा मन नलगाउने गर्न थाली । राम्री हुने, मिठो खाने कुरामा पनि ध्यान दिन छोडी ।

    दिलबहादुर छोरीलाई नजिकै राख्ने मायाँ गर्ने कोसिस गर्थे तर छोरी आफूबाट परपर हुन खोजेको अनुभव गरे । अव एक पटक शहरतिरकै अस्पतालमा लैजाने सोचविचार गर्दै थिए । एक्कासी हिजो साँझबाटै छोरी हराई । छोरी हराए पछि दिलबहादुर असाध्य छटपटाए । राती अवेरसम्म सोधखोज गरे, पत्ता लागेन । रातभरी सुत्न सकेनन्, भित्रैदेखि पोलेर आयो । छिनछिनमा उनलाई मरुँमरुँ भयो । विहानै उठेर यताउता सोधखोज गर्दै थिए । पोखरीमा केटीको लास देखियो भनेको सुनेपछि उनी हस्याङफस्याङ गर्दै पुगे । छोरीको लास देखपछि उनी असाध्य चित्त दुखाएर रोए । ‘उसकी आमा भैदिएको भए मैले यो दिन देख्नु पर्दैनथ्यो कि ?’ भन्ने पनि उनलाई लाग्यो ।

    प्रहरीले पिपलडाँडे खत्री, देवेन सर र सम्भावित सेनाका मानिसको नाम अगाडि राखेर अनुसन्धान अगाडि बढाइरहेको थियो । प्रहरीलाई अपराधीको निकै नजिक पुगिसके जस्तो हुन्थ्यो, फेरि प्रमाण पु¥याउन नसकेर अल्मलिन्थ्यो । निकै दिन वित्दा पनि प्रहरी निष्कर्षमा पुग्न सकेन । त्यही वेला नयाँ इन्सपेक्टर सरुवा भएर आए । उनले एउटा प्रहरी टोली सोधपुछका लागि फेरि गाउँमा पठाए । केही संकेत, प्रमाण पाइन्छ कि भनेर टोलीले दिलबहादुरको घर पनि सर्च ग¥यो ।

    मेनुकाले ट्युसन पढ्न जाँदा लगेका किताव पोखरीको डिलमा पाइएका थिए ।  त्यसलाई दिलबहादुरले ल्याएर दराजमुनी फालेका थिए । प्रहरीले त्यो किताव पल्टाउँदै जाँदा एउटा कापीको पाना पट्याएर राखेको देख्यो । त्यसमा मेनुकाले केही महत्वपूर्ण कुरा लेखेको रहेछ । प्रहरीले त्योे पाना र दिलबहादुरलाई पनि सँगै लिएर गयो । बाटोभरि दिलबहादुरको मन ढुकढुकिई रह्यो । दिलबहादुरले सोचे, ‘पक्कै पनि देवेनले छोरीलाई पोखरीमा डुवाएको हुनुपर्छ ।’ फेरि घरिघरि उनी आफैँ झसङ्ग हुन्थे । उनी निकै बेचैन र वेसुरे बने ।

    साँझमा प्रहरी टोली कार्यालयमा पुग्यो र अनुसन्धान इन्चार्ज समक्ष पेस ग¥यो । इन्स्पेक्टरले त्यो कागज पढेर दिलबहादुरलाई सुनाए र केही प्रश्न सोधे । एकैछिनमा दिलबहादुर दुवै हात प्रहरीतिर तेस्र्याउँदै भक्कानिएर रोए । कापीको पानामा मेनुकाले लेखेकि थिई, ‘म साह्रै अभागी रहेछु, कसैले मायाँ गरेनन् । मायाँका नाममा गर्भ बोकाउँदा पनि विरोध गर्न सकिन । यो कस्तो भाग्य ? अव यो पेटको बच्चा जन्मे पछि म उसलाई कसरी चिनाउँ, मेरो र तिम्रो बा एउटै हुन् भनेर ? त्यसैले मैले आप्mनो जीवन पोखरीमा अर्पण गर्ने  निर्णय गरेँ । आमा म तिमीसँग आउँदैछु –मेनुका ।

    १५१७ पटक
    प्रतिकृया दिनुहोस्