BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    अतृप्त मुटु

    लक्ष्मण अधिकारीमंसिर ३०, २०७३

    laxman-adhikari

    ‘लोग्ने सुन्दर हुनु पनि अभिसाप नै रहेछ, देख्यो कि युवतीहरुको आँखा लागि हाल्ने’, सुशानाले झर्कदै फोन राखी । विहे नगरुन्जेल त्यस्तै हो, मलाई पनि केटाहरुले फलो गर्थे, तर अव त मैले आरोनसँग विहे गरिसकेँ । जानीजानी केटीहरु उसको पछि किन लाग्ने ? मेरो पनि त प्mयामिली लाईफ छ । आप्mनो लोग्नेप्रति केटीहरुको आकर्षण देखेर सुशानाको मन भौँतारियो ।

    आज आएको पछिल्लो फोन कलले त उसको मथिङ्गल नै हल्लायो । त्यस केटीले होनोलुलुकै इष्टवेष्ट सेन्टरको होस्टलबाट फोन गरेको भनी । एकपटक जसरी पनि आरोनसँग प्रत्यक्ष भेट्नै पर्ने अनुरोधपूर्ण ढिपी गरी । तैपनि सुशानाले ब्रेकफास्ट गर्दै गरेको आरोनलाई फोन नदिई बाथरुममा छ भनेर टारी । तर फोन राखेपछि भने उसलाई बेचैनी भयो । आत्मग्लानी र पश्चातापको भावना उम्लिएर आयो ।

    त्यस केटीले उसलाई फोनमा भनेका कुरा सम्झिदै गई, साँच्चै उसको मन निकै पीडा र वेदना भरिए जस्तो थियो । उसले आपूmसँग समय पनि थोरै भएको भन्दै स्वर मलिन पारेकी थिई । लाग्थ्यो उ कुनै गहिरो पीडामा पिल्सिईरहेकी छ ।

    सुशानालाई लाग्यो, कतै उ आरोनको पुरानो गर्लफ्रेण्ड त होइन ? यस्तो हो भने त त्यस केटीलाई राम्ररी सम्झाउनुपर्छ । सायद उसलाई आरोनले मसँग विहे गरेको खबर पनि छैन कि ? सुशानालाई उसले फेरि फोन गरे हुन्थ्यो जस्तो भयो । अघिसम्म उ यस्ता फोन कलहरु छल्नेवारे सोच्दै थिई । तर अव उसका कानहरु त्यही केटीको स्वर सुन्न लालायित भए ।

    सुशानालाई आप्mनो पति एकदमै ह्याण्डसम होस् भन्ने स्कुल पढ्दादेखि नै लागिरहन्थ्यो । कसैले अरुको पति कस्तो ह्याण्डसम भनिदिदा उसलाई त्यसवेला देखि नै साह्रै इष्र्या लाग्थ्यो । त्यसवेला उसलाई लाग्थ्यो, ‘मैले आप्mनो पति पनि त्यसरी तारिफ गर्ने खालकै ह्याण्डसम छान्नुपर्छ ।’ साथीहरुको भन्दा आप्mनो पति बढी सुन्दर हुनुपर्छ भन्ने हठले उसलाई बारम्बार झकझक्याइरहन्थ्यो ।

    हुन पनि उसले सोचेजस्तै होनोलुलुकै एकजना टिभी स्टारसँग उसको विहे भयो । अरु हिसावले त जीवन ठीकै थियो तर अनेक बाहानामा केटीहरुले उसको पतिलाई पछ्याउँदै भेट्न खोजेपछि चाहिँ सुशानालाई आप्mनो कलेजोसम्म हात छिराएर लुछ्न खोजेजस्तो हुन्थ्यो, तैपनि आजको अन्तिम फोन कल भने दोहोर्याएर सुन्न उ व्यग्र प्रतीक्षामा छ ।

    एक घण्टा जति पछि त्यस केटीले फेरि फोन गरी र आप्mनो नाम शैली भएको बताई । दोर्याएर कल गरेकोमा उसले शुरुमै माफी मागी र एक मिनेट धैर्य गरेर उसको कुरा सुनिदिन अनुरोध गरी । उसले आपूm नेपालबाट इष्टवेष्ट सेन्टरमा स्कलरशिपमा अध्ययन गर्न आएको र थेसिसको सन्दर्भमा आरोनलाई भेट्न खोजेको बताई । उसले आप्mना भनाइहरु अत्यन्तै मायालाग्दो हिसावमा प्रस्तुत गर्दै थिई । उसले भनी, ‘म मुटु प्रत्यारोपण गरेका व्यक्तिहरुको विहेवियर र जीवन शैली वारे अध्ययन गर्दैछु । आरोनले एक वर्ष अघि मुटु प्रत्यारोपण गरेको हस्पिटल रेकर्डबाट पाएँ, त्यसैले… । यो मेरो अन्तिम केस हो, त्यसपछि म अमेरिका छोडेर फर्कदै छु । म्याम, कृपया मलाई आरोनसँग भेट्ने अवसर जुटाई दिनुस् न ।’

    शैलीको हृदयस्पर्शी स्वर र भद्रतापूर्ण प्रस्तुतीले सुशानाको मन पग्लिदै थियो । तैपनि उसलाई लागिरहेको थियो, यस केटीले जे भनिरहेकि छ, कुरा त्यतिमा मात्र सीमित छैन, केही रहस्यमय कथा त पक्कै जोडिएको छ । कतै आरोनले पहिले नै त्यस केटीलाई प्रिग्नेन्ट बनाएर अप्ठ्यारोमा पारेको त होइन ? शंका र नजानिदो त्रासका बीच सुशानाले आरोनलाई भेट्ने गरी उसलाई इष्ट होनोलुलुको आप्mनै निवासमा बोलाई ।

    भोलिपल्ट शैली आउँदै गरेको एसएमएस देख्नासाथ उसको मनमा बेचैनी बढ्यो । उसको भित्री उद्देश्य बुभ्mन सुशानाले डायनिङ रुममा भिडियो क्यामेरा लुकाएर राखी । शुरुमा आरोनको अगाडि पर्नासाथ शैली निकै हडबडाई । ब्रेकफास्टसँगै परिचय पछि शैलीले आप्mनो उद्देश्य दोहोर्याई । उनीहरु दुईजना मात्र हुँदा गर्ने हाउभाव र कुराकानी रेकर्ड गर्न सुशाना निकैवेर बाथरुममै हराई ।

    शैलीको प्रस्तावमा सहानुभूतिपूर्वक आरोनले सहयोग गर्ने बचन दियो । तर २४ घण्टासम्म शैलीसँग विताउनु पर्ने प्रस्ताव भने उसले स्वीकार गर्न मानेन् । सुशानालाई पनि शैलीको नियत ठीक छैन भन्ने शंका बढ्न थाल्यो । सुशानाले म सल्लाह गरेर पछि फोन गर्छु भन्दै हतारहतारमा विदा गरी ।

    आरोन अफिसतिर लाग्यो, सुशानाले गुप्तरुपमा रेकर्डिङ गरेको भिडियो दोहोर्याइ तेहेर्याइ हेरी । तर त्यसमा उनीहरु पहिले देखि नै परिचित छन् भन्ने कुराको छनकसमेत थिएन । आरोन एकदम सामान्य रुपमा प्रस्तुत भएको थियो तर शैली भने अलि नर्भस जस्तो भएर एकोहोरो आरोनलाई हेरेर कुरा गरिरहेकी थिई । उनीहरुले थेसिसबाहेकको विषयमा कुनै कुरा गरेनन् र आपसमा कुनै स्पर्श पनि गरेको देखिएन । आरोनले उसलाई मुटु प्रत्यारोपण गर्नेहरुका वारेमा अध्ययन गर्ने विचार कसरी आयो ? भनेर सोधेको थियो ।

    उसले, ‘होनोलुलुकै स्कुल अफ नर्सिङका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा मुटुदाताको केही बानीव्यहोरा नयाँ मुटु राख्ने व्यक्तिमा सरेर जान्छ भनेर लेखेको रिपोर्ट पढेपछि मलाई यस विषयमा अध्ययन गर्ने रुची जागेको हो’ भनेकि थिई ।

    उसको कुरा सुनेर आरोनले निकै उत्तेजित हुँदै सोधेको थियो, ‘के साच्चै यस्तो परिवर्तन आउँछ र ? तपाईँलाई विस्वास छ ?’

    शैलीले भनेकि थिई, ‘मुटुलाई अक्सर प्रेम, करुणा, इष्र्या जस्ता भावनात्मक पक्षहरुको श्रोत मानिन्छ । गहिरो पीडा हुँदा मानिसहरुलाई हृदयमा आघात परेको देखिन्छ । मस्तिष्कले निषेध गर्नुपर्ने खालका कैयौँ कुराहरु मानिसले भावनामा बगेर गरेका हुन्छन् जसलाई हामीहरुले हृदयसँग जोडेर हेर्ने गर्छौँ । यस्तो मुटु अर्काे व्यक्तिमा प्रत्यारोपण गर्दा सेल मेमोरिको अवधारणा (मोवाइलको मेमोरी कार्ड जस्तै) अनुसार उसका अनुभव र अनुभूतिहरु पनि सँगै जान्छन कि जस्तो मलाई पनि लागेको छ, तर यसै भन्न सक्तिन ।’

    शैलीको यीनै कुरा सुनेपछि आरोनले उसलाई सहयोग गर्ने बचन दिएको रेकर्ड सुशानाले देखी । त्यहाँ कुनै गलत आशय रेकर्ड भएको नपाए पनि सुशानालाई फेरि आत्मग्लानी भयो । उसले आरोनसँग सल्लाह गरेर छ घण्टा जतिको समय शैलीलाई दिन सकिने जानकारी गराई तर उसको हेरचाहका लागि सुशाना पनि सँगै हुनुपर्ने शर्त राखी । शैलीले सहर्ष स्वीकार गरी । पर्सीपल्ट उनीहरु र शैली होनोलुलुका विभिन्न स्थानमा घुम्दै कुराकानी गर्ने तय भयो ।

    पहिलो स्थान शैलीले अध्ययन गरिरहेको इष्टवेष्ट सेन्टर परिसरमा रहेको जापानिज गार्डेन थियो । जापानिज व्यापारीहरुको समूहले बनाइदिएको यो गार्डेन अत्यन्त कलात्मक एवं मनमोहक थियो । ‘म होनोलुलुमै भएर पनि यो सुन्दर गार्डेनमा अहिलेसम्म पसेको थिईँन, तिमीले यो अवसर जुटाइदिएकोमा धन्यवाद शैली’ भनेर पहिलो चोटी आरोन शैलीसँग मुस्कुरायो । शैलीले पनि अत्यन्त आनन्दको अनुभूति गरी । सुशाना चाहिँ शैलीका लागि भिडियो खिच्न व्यस्त थिई ।

    जापानिज गार्डेनको एक कुनामा वस्दै शैलीका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा आरोनले ‘मुटु प्रत्यारोपण पछि उ भेजिटेरियन बनेको र संगीतप्रति रुची बढेको’ सुनाउँदा शैली अलि झस्किई । त्यसपछि उनीहरु त्यही क्षेत्रमा तत्कालीन थाई नरेस भुमीबलले बनाउन लगाएको थाई प्याभिलिनको सुन्दरता अवलोकन गर्दै फोटो खिचे र लन्चका लागि टर्टल वे रिसोर्टतिर लागे ।

    रिसोर्ट नजिक समुन्द्री किनारामा संसारकै सवैभन्दा ठूला कछुवाहरुको अवलोकन पछि उनीहरु त्यो भव्य रिसोर्टमा प्रवेस गरे । शैलीे त्यो रिसोर्टलाई गहिरोसँग नियालीरहेकी थिई । प्राकृतिक सुन्दरताले भरिपूर्ण त्यो रिसोर्टमा प्रवेश गर्दा आरोन र सुशाना ज्यादै प्रफुल्लित भए पनि शैली चाहिँ उदास बन्दै गएकी थिई । टेवुलमा वस्दा पनि उ निकै भावुक देखिई । केही हराए जस्तै उ आफैँमा हराइरहेकी थिई । उसले त्यहाँ खासै कुरा गर्न पनि सकिन । लन्च लिँदा पनि उसले लगातार आँसु झारिरहेकी थिई, तर यसको कारण आरोन र सुशानाले चाहेर पनि बुभ्mन सकेनन् । अचानक उ फर्किने तयारीमा लागि । शैलीसँग विताएको त्यो दिन निकै रमाइलो भएको अनुभव सुशाना र आरोनले सुनाउँदा शैलीमा कुनै खुसीको भाव झल्किएन । केवल उसले आप्mनो मिसन पूरा गर्न सहयोग गरेकोमा धन्यवाद भन्दै आरोनसँग लामो अंकमाल गर्दै विदा भई । यसले आरोन र सुशानामा अनगिन्ती जिज्ञासाहरु जगायो तर उत्तर नपाउँदै शैली विदा भइसकेकी थिई ।

    आरोनले त्यसै रात शैलीको नामबाट एउटा इमेल प्राप्त गर्यो । त्यो इमेल पढ्दा उसलाई पटकपटक यो झुक्किएर आएको अरु कसैको इमेल हो कि भन्ने परिरहेको थियो ।

    त्यसमा लेखिएको थियो ः
    मेरो प्रिय, ‘करिव दुई वर्ष अघि जव म होनोलुलु आएँ निकै हप्ता एक्लो र निरास अनुभव गरेकि थिएँ । युनिर्भिर्सटी परिसरमा प्रायः सवै जोडीका रुपमा मस्केर सेल्फी खिच्दै हिड्दा मलाई निकै इष्र्या र जलन हुन्थ्यो । अनि फेरि उदास बनेर म जापानिज गार्डेनमा समय विताउँथे । त्यही वेला तिमीले मलाई साथ दियौ । पहिलो परिचय देखि नै तिमीले म प्रति निकै सम्मान र मायाँ व्यक्त गरेका थियौ, जसको स्मरण मात्र पनि आज मेरो जीवन निरन्तरताको आधार बनेको छ । जापानिज गार्डेन र थाइ पेभिलिन क्षेत्रमा तिमीसँग हरेक दिन विताएका यौवनका ती रोमाञ्चक क्षणहरुलाई मैले चाहेर पनि भुल्नसक्ने छैन । अहिले पनि म पटकपटक त्यहाँ गएर तिम्रो उपस्थितिको महसुस गर्छु र एक्लोपनको अनुभूतीबाट मुक्त हुन खोज्छु । हरेकपटक त्यस बगैँचामा जाँदा मलाई तिम्रो हाउभाउ र मुस्कानको आभास हुन्छ । तर एकै क्षणमा तिमी शुन्यमा हराउँछौ म फेरि एक्लो महसुस गर्छु ।

    प्रिय, तिमीलाई याद छ ? त्यो दिन हामी नयाँ जीवनको शुरुवात गर्न टर्टल वे रिसोर्टतिर बढ्दै थियौँ, जहाँ हामीलाई साथ दिन मित्रहरु प्रतीक्षारत थिए । त्यो महत्वपूर्ण क्षणका लागि हामी कति उत्ताउलो र अधैर्य बनिरहेका थियौँ ? तर बीच बाटोमै भयानक दुर्घटनाले हाम्रा सपनालाई क्षणभरमै चकनाचुर पारिदिएको थियो ।

    त्यस दुर्घटना पछि वेहोस अवस्थामै हप्तौँ दिन अस्पतालमा बसे पनि मैले जीवन प्राप्त गर्न सकेँ तर होस खुल्दा तिमीले भने दुनियाँ छोडिसकेका रहेछौ । अन्तिम अवस्थामा अस्पताल पुर्याइएपछि तिम्रो मुटु भने कुनै विरामीमा प्रत्यारोपण गरिएछ । यसले मलाई तिमी यही संसारमा कतै जीवितै छौ भन्ने आभास दियो । त्यसपछि म तिम्रो खोजीमा निकै दिन भौतारिएँ । मैले अध्ययनको विषय नै मुटु प्रत्यारोपण छानेपछि भने म तिम्रो निकट पुग्न सकेँ । तर तिमी मेरो बन्न सक्ने अवस्थामा थिएनौ । त्यसैले तिम्रो उपस्थितिको आभास लिदै फेरि एकपटक आरोनसँग जापानिज गार्डेन, थाइ पेभिलिन र टर्टल वे रिसोर्टसम्म पुगेर आप्mनो चित्त बुझाएँ । बैवाहिक बन्धनमा बााँधिएर रिसोर्टमा रमाइलो गर्ने हाम्रो सपना त सदाको लागि अधुरै रह्यो । तर पनि आज आरोनसँग त्यस रिसोर्टमा लन्च लिएर हामी दुवैका अतृप्त चाहना पूरा गर्ने प्रयास गरेँ । आरोनसँगको अंकमाल गर्दा मैले उसको छातीभित्र तिमी हलचल गर्दै समिप आएको महसुस त गरेँ तर फेरि पनि तिमी यो संसारमा थिएनौ । मैले साँच्चै नै आपूmलाई नितान्त एक्लो अनि एक्लो पाएँ ।

    आरोन, तिम्रो छाती भित्र अतृप्त चाहना साँचेर बसेको मेरो प्रियतमको मुटुको ढुकढुकी महसुस गर्ने अवसर दिएकोमा धेरै धेरै धन्यवाद ।

    इमेल पढेसँगै सुशाना र आरोन दुवैका आँखा आर्द्रतापूर्ण बने । त्यसपछि उनीहरुले शैलीसँग सम्पर्क गर्ने अनेक प्रयत्नहरु गरे तर उ सम्पर्कविहिन बनेर होनोलुलुबाट फिर्ता गइसकेकी थाहा भो ।

    १६१९ पटक
    प्रतिकृया दिनुहोस्