BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    साइबर सेक्स

    रामलाल जोशीपौष १, २०७३

    15179158_1430648776960339_4574617674296027789_n

    ‘बुढो घरमै छ क्या, नुन लिने बहानाले पसलतिर निस्केकी हुँ ।
    भोली ऊ अफिस गएपछि म आफै फोन गर्छु । मौका मिल्यो भने भोली नै भेटौँला नि है ? ऐले राख्छु ल । ओ के, बा… इ ।’
    अरे ? यो आवाज त घरपट्टि आन्टीको हो । म पत्रिकाको कामले बिहानै अफिस पुग्दा उनी मन्दिरबाट आउँदै गरेी हुन्छिन् । अनि पत्रिकाको काम सिध्याएर साँझ फर्किँदै गर्दा मन्दिरबाट आरतीगान गरेर आइरहेको देख्छु । उनकै घरको माथिल्लो तलामा हाम्रो अफिस छ । उनका श्रीमान सरकारी अफिसर हुन् । रिटायर हुन दुई वर्ष मात्रै बाँकी छ ।

    विद्यतु् कार्यालयले जारी गरेको लोडसेडिङको परिवर्तित तालिका अनुसार साँझ आठ बजे बत्ती जाने समय थियो । बिहान पाँचै बजे निकानुपर्ने पत्रिकाको सबै काम सकेर म अफिसबाट निस्केको थिएँ । पुनमसँग अनलाइनमा कुरा गर्छु भनेको थिएँ । बिर्सेँ । मान्छे नचिचिने गरी अँध्यारो लगभग भैसकेको थियो । घडीको सुइले सातको रेखालाई छोडिसकेको थियो । अफिसबाट घर फर्किने समय बहुधा यसभन्दा ढिलै हुन्थ्यो । दिनभरिको कामको थकानले लुथ्रक्क भएर टाढाको बत्ती पछ्याउँदै अँध्यारोमा घर पुग्नु मेरो दिनचर्याजस्तै भइसकेको थियो । कलिलो साँझमा मन्दमन्द चलिरहेको चिसो हावाले शरीरको थकान मेटएर मनमा उमङ्ग बढ्दै थियो । सोचेँ, हरेक साँझ यसै बेलम सडकमा टहल्न पाए मन कति हुलुङगो हुँदो हो । शरीरमा स्फुर्ति पनि ।
    फूलबारी चोकबाट पार्कचोक हुँदै उत्तर नयाँ बस्तीको दुरी कम्तिमा पनि तीन किलोमिटर होला । खुट्टाले नाप्दै जाँदा कति रोचक दृश्यहरु देखिन्छन् । कति घोचक पनि । समकालीन समाजलाई आँखामा देखाएर सडकले जिन्दगीलाई परिपक्क र पूर्ण बनाउँदै जाँदो रैछ जस्तो लाग्छ ।
    खासगरी जिन्दगी सडकमा नै त देखिन्छ । गत वर्ष कुकुर तिहारको दिन जुन ठाउँमा दुइटा कुकुरहरु एकआपसमा अभिन्न भइराखेका थिए, यस वर्ष भाइटीकाको तेस्रो साँझ त्यही ठाउँमा एकजोडी विपरित लिङ्गी मान्छे भुइँमै खप्टिएर अभिन्न भइराखेका देखेँ । सोचेँ–मान्छे र कुकुरमा त धेरै भिन्नता छ तर समयले किन यसरी अभिन्न बनाउँदैछ हँ ?
    फूलबारी चोकलाई पाँच मिनेटले पछाडी पारेर अघि बढ्दै थिएँ, ठीक त्यसै बेला अशोक वाटिकामा अडेस लागेकी स्त्रीको आवाज सुनेँ–
    ‘बुढो घरमै छ क्या, नुन लिने बहानाले पसलतिर निस्केकी हुँ ।
    भोली ऊ अफिस गएपछि म आफै फोन गर्छु । मौका मिल्यो भने भोली नै भेटौँला नि है ? ऐले राख्छु ल । ओ के, बा… इ ।’
    अरे ? यो आवाज त घरपट्टि आन्टीको हो । म पत्रिकाको कामले बिहानै अफिस पुग्दा उनी मन्दिरबाट आउँदै गरेी हुन्छिन् । अनि पत्रिकाको काम सिध्याएर साँझ फर्किँदै गर्दा मन्दिरबाट आरतीगान गरेर आइरहेको देख्छु । उनकै घरको माथिल्लो तलामा हाम्रो अफिस छ । उनका श्रीमान सरकारी अफिसर हुन् । रिटायर हुन दुई वर्ष मात्रै बाँकी छ ।
    सोचेँ–बुढाले अफिस जान छोडेपछि यिनको जीवन कति तनावमय होला । घरपट्टि आन्टीको छातीमा कस्तो धड्कन बहन्छ होला ? यही कुरा मनमा खेलाएर अगाडी बढ्दै थिएँ–कर कार्यालयको दायाँ पर्खालमा अडेस लागेको लोग्ने मान्छेको आवाज सुस्तरी सुनेँ–‘अरे यार, चिन्ता नगर न, म छँदै छु नि । भोलि साँझ म तिमीलाई पाँच हजार दिन्छु बस् । भैगो नि । केको टेन्सन ? तर तिम्रो बुढोलाई दुई–साल साल यता घर नआऊ भन्नू नि । विदेशमा जाने चान्स कहाँ मिल्छ र फेरिफेरि ? ल भोलि साँझ म तिम्रोमा आउँछु । आज अलि बढी भयसक्यो क्या । ओके, बा.. इ !’
    अरे ? ऊ त यहाँको नामुद वकिल हो, गौरी शङ्कर । झगडिएका कति लोग्ने–स्वास्नीको मुद्दा उसले मिलाएको छ । मिल्न थालेका कति लोग्ने–स्वास्नीको डिभोर्स गराएको छ । सोचें–त्यो आइमाईको पोइ विदेशबाट फर्केपछि त्यसको जीवन कति तनावमय होला । गौरीशङ्करलाई लज्जित तुल्याइन मैले । उसलाई नहेरेरै अघि बढेँ । तीन मिनेट जति हिँडेको थिएँ । झाडितिर फर्केर पिसव फेरिरहेको एउटा मान्छे देबे्र कानमा मोबाइल लाएर कुरा गर्दै थियो–
    ‘ऐले हतार किन ? बिहे भन्ने कुरा त दुई–चार सालपछि गरौँला नि । किन हतार गर्छौ ? कति भो र तिम्रो उमेर ? भर्खर एक्काईस त भो नि । पैला त बुढीको व्यवस्था गरेर तिमीलाई नयाँ ठाउँमा लैजान्छु के । एक–दुई सालमा म काठमाण्डौं सरुवा गराउँछु अनि हामी उतै बसौँला, हुन्न ? अब त खुस । ल भन, ऐले कति हाल्दिऊँ ब्यालेन्स ? ल तीन सय हाल्दिन्छु है । धेरै नेट नचलाऊ क्या । अब पर्सितिर भेटौँला । बा….इ !’
    सोचेँ–चारवटा बिहे गर्ने हाम्रो गाउँका रजबार बाजेभन्दा यो मान्छे कुनै हालतमा पनि कम होइन है । उज्यालोमा ऊ टल्कियो एकै छिनमा । अरे, ऊ थियो, इन्स्पेक्टर सुधांशु शर्मा ।
    चौथो दृश्यमा म पार्कमोड नजिक पुग्न लागेको थिएँ । बन्द पसलको देब्रे कुनामा अलि उँचो ठाउँमा बसेकी केटीको मसिनो आवाज सुन्दै गएँ–
    ‘भोलि बिहान फस्ट पिरियड खाली छ के । त्यो अङ्ग्रेजी सर नआउने रे । आज त्यसले भनेको । तिमि बिहान चारै बजे पार्कमोडको चौतारामा आऊ है ।’
    ‘किन त्यति ब्यानै ?’ मैले होइन, उसको ब्याइफे्रन्डले भन्यो होला सायद ।
    ‘पूरा २ घण्टा रिल्याक्स गर्न पाइन्छ यार, आऊ न है । क्लासमा भेटेर मात्र काँ हुन्छ र डार्लिङ ? ऐले पनि भेट्ने मन त लागिराछ नि । आऊ है पक्का आऊ है त । ओके बा…इ !’
    अर्धनग्न अवस्थामा बसेकी त्यस केटीका तिघ्रा त्यो धुमिल प्रकाशमा सेतै देखिन्थे । मैले अनुमान लगाएँ–क्याम्पसमा पढ्ने त्यो केटीको नाइटोभन्दा अघि तल्तिरको कुनै भाग चिलाउँदै छ सायद ।
    वनदेवी मन्दिरको बाटो अगाडी बढ्दै थिएँ–सार्वजनिक शौचालयको पूर्वी भित्तामा अडेस लागेका एक जोडी युवायुवतीले खुबै मेहनत गरिरहेका देखियो ।
    बत्ती जाने समय अझै बीस मिनेट बाँकी थियो । चौडा सडकको पल्लो किनारामा मोटर साइकल रोकेको तन्नेरीको तुमुल आवाज अलि –अलि बुझ्दै गएँ–
    ‘तिम्रो जति माया घरवालीको काँ लाग्छ र यार ? तिम्रो मायाले त मलाई मागलै बनाको छ नि । तेल्ले के, तिम्रो बुढाले धेरै डिस्टर्ब ग¥यो यार । कैले जान्छ त्यो अब ? चाँडै पठाऊ यार । भेट्न नपाएर बोर भैसक्यो नि । ए ए, ऐले काँ छ ? घरमै छ ? तिमी काँ भान्सामा हो ? ल, ल भोलि बाइर निस्कनेबित्तिकै फोन गर है । ओके बा..इ !’
    रिवानसँग लभम्यारिज गरेको धेरै दुई वर्ष भयो होला उसले । घरमा विद्रोह गरेरै विवाह गरेको हो । रिवानाले पनि तर दुई वर्ष नपुग्दै अर्काेको माया बढी लाग्ने भैसक्यो उसलाई । ऊ थियो रिवानाको श्रीमान्–चन्द्र अधिकारी । मोबाइलले जोडिदिएका मान्छेका सिमानाहीन सम्बन्धले मान्छेलाई फुत्कनै नसक्ने गरी बन्धनमा पार्दै छ कि ? बन्धनमुक्त गर्दै छ । मैले छुट्यानै सकिनँ ।
    देहरादुनमा रहेकी पुनमको नम्बर डायल गरेँ । दशौ पटक डायल गर्दा पनि उसको फोन व्यस्त थियो । म सुस्तरी राष्ट्रबैंक चोकबाट अघि बढिरहेको थिएँ । सडकसँगै जोडिएको घरको माथिल्लो झ्यालबाट मसिनो नारी आवाज सुनेँ–
    ‘अव मेरो बुढोको फोन आउने समय हुँदै छ के, ऐले राख्नुस् न भन्या । केटाकेटी निदाएपछि म आफैँ मिसकल गर्छु नि ।’
    एताबाट सायद राख्न मान्दै थिएन फोन । लाडिएको थियो नारी आवाज फेरि सुनेँ–
    ‘ह्या, हजुर पनि नमात्तिनु क्या डियर । त्यो त भेटमा दिन्छु के, भेटमा । ऐले राख्नु न भन्या, मेरो राजा । बुढोको गाली ख्वाउने विचार छ कि क्या हो ? राति म मिसकल गर्छु ल ? बा..ई !’
    ‘यतिको स्वतन्त्रता मान्छेलाई चाहिएकै हो त ?’
    धेरै बेरसम्म यही सोचेर अगाडी गैरहें म । ‘राति आफै मिसकल गर्छु ।’ भन्ने आइमाईका रातहरु कसरी बित्छन् होला । यो पनि सोचेर अगाडी बढ्दै थिएँ । पसलका डिलबाट चत्रले करायो–‘दाइ ह्याँ आउनुहोस् ।’
    म झर्किएँ–‘ किन ? के हो ?’
    ‘आज म ख्वाउँछु । हल्का, हल्का आऊँ न ?’
    ‘ह्या हुन्दे । आन्नँ म ।’
    ‘अरे दाइ, आज साह्रै मुड खराब भा छ, बसौँ न दाजुभाइ । हल्का मात्रै हो के ।’
    ‘ल हिन् त हिन् ।’
    म उसको पछिपछि डोरिएँ । एउटा सानो होटेलमा पुगेपछि स्तन झोलुङ्गो पारेकी युवतीलाई स्पर्श गरेरै ऊ अगाडी बढ् यो । भित्र गए । भन्यो–ह्याँ आऊ ।’
    युवती उसको पछिपछि आई । हामीनिरे पुगेपछि दुइटै हत्केला टेबुलमा टेकाएर ऊ निहुरिई । निहुरिँदा उसका युगल स्तन भुईँमा खस्लान्जस्ता देखिए । टपक्क माथि टिपेर उसले भनी–
    ‘के ल्याँऊ ?’
    लेगपिस, भुटन, चिकेनचिल्ली, सलाद् भट्मास, भोडका, के–के अर्डर ग¥यो उसले । मेरा कानमा अघिका मधुर संवाद वाणीहरु गुञ्जिँदै थिए । आँखामा धुमिल दृश्यहरु प्नि । म मौन थिएँ, ऊ मौन थियो । मौनता भङ्ग गर्दै भनेँ–‘समाज खत्तम भैसक्यो चक्रे, भित्रभित्रै ।’
    ऊ तेस्रो पेगमा थियो । सुनेर वास्ता गर्न चाहेन उसले । भन्यो–दाइ आज सारै खराब मुडमा छु ।’
    किन ? के भो चत्रेले ? भन् न ।’
    ‘उसले आत्महत्या गरी दाइ, तपाईँले थाहा पाउनु भएन ?
    ‘कसले ? कसले भनिस् ? भन् न ।’
    ‘अरे दाइ, मलाई पागलै बनाएर गई सालाले ’
    ‘को ? त्यै तारा ?’
    ‘हो दाइ, ताराले आत्महत्या गरी ।’
    ‘हँ, अँ ? ताराले आत्महत्या गरी ?’
    तारा सलोनी ?
    यसको कथा कसैलाई थाहा थिएन । परन्तु ऊ एक–एक मर्दको मुटु निकाल्न सक्ने क्षमता राख्थी । तारा सलोनी ।
    एसपी सूर्य विक्रमले उसको रुपसँग पराजित भएरै घरमा भित्राएका रे । अठार वर्षअघि आफूले आउने जाने कुनै होटलबाटै तारालाई उठाएर ल्याएका रे एसपी साहेबले ।
    तारा भनेपछि कुरा खत्तम । कुनै स्त्री ऊसँग दाँजिन सक्ने रुपका देखिएनन् आजसम्म । यस शहरका सबै महिलाहरु एकातिर र तारालार्य अर्काेतिर राखेर तुलना गर्दा उही जित्ने देखिन्थी सुन्दरतामा । नजाने आफ्नो यौवनलाई कसरी भर्भराउँदो राख्न सकेकी हो उसले । हरेक दिन चन्द्रमामा नुहाएर आएजस्ती देखिन्थी ऊ । देख्नेहरुको आँखामा तारा तिरविराउँथी । राख्नेहरुको मनलाई भित्रैदेखि बिथोलेर ल्याउँथी ऊ ।
    तीन वर्षअघि यसपी सूर्य विक्रमको हर्टअट्याकबाट देहान्त भएपछि तारा एक्लीजस्तै देखिई । एसपी साहबले ल्याउनुभन्दा अघि नै छोराछोरीको झन्झटबाट मुक्त थिई ऊ । भएनन् । त्यसैले पनि होला उसको शरीर नओइलाउने गुलाबजस्तै लाग्थ्यो । दुई वर्षदेखि उसको नाम चत्रलेसँग जोडिएको थियो । मोटरबाइकको पछाडी चक्रेले नै तारालाई बोकेको देखिन्थ्यो । कोही–कोही मान्छेहरु भन्थे–चक्रेको पाँचौ श्रीमती हो तारा । ताराको तेस्रो पोइ हो चक्रे ।
    अहँ, होइन रैछ ।
    तेस्रो पेग स्वाट्ट पारेपछि चक्रे भन्न थाल्यो ताराको कथा –
    दाइ, उसलाई भित्रैदेखि चिन्न सकिनँ मैले । पुरानो गाउँकी अत्याधुनिक युवती रैछ ऊ । उसले भनेकी–
    पहाडमै चौध वर्षको उमेरमा विवाह भएको । भारतको दिल्लीमा काम गर्ने लोग्नेले आफूसँगै लगेर गो । दुई वर्षको अन्तरालमा एक छोरा र एक छोरी भए । लोग्ने प्रायः जसो काममा गैरहने । कोठाको एक्लो र पट्यारलाग्दो दिक्दारीसँगै एउटा सेठको लड्कासँग प्रेमको अङ्कुरण भयो । धेरै उठबस र लसपस भएको थाहा पाएपछि लोग्नेले दिल्ली छोड्यो । छोराछोरी र श्रीमतीलाई बोकेर ऊ नेपाल फक्र्याे ।
    चार वर्षजति हुँदै थियो, कञ्चनपुरमा होटल चलाएर बसेको । होटलमा आउने–जाने क्रममा एसपी सूर्य विक्रमसँग उयसको गहिरो प्रेम बस्यो । एक दिन सूर्य विक्रमसँगै ताराले टाप कसी । केटाकेटीहरुलाई काँधमा बोकेर विचरा पुनः दिल्ली फर्कियो, ताराको श्रीमान । त्यस दिनदेखि उनीहरुको अत्तोपत्तो रहेन तारालाई । पूरा अडार वर्ष हुँदै छ, वर्ष एसपी सूर्य विक्रमका पछि लागेर यस गाउँमा पाइला टेकेको । पन्ध्र वर्ष एसपी सूर्य विक्रमसँगका उसका रातहरु त्यति रसिला भएनन् रे । दिनहरु एदासी थिए ।
    सूर्य विक्रमको देहान्त भएपछि ऊ मेरो घनिष्ट साथी हुन पुगी । दुई वर्षदेखि अधिकाशं दिन र रातहरु उसैसँग बितेका छन् मेरा । तर उसले आत्महत्या गरी । किन दाइ थाहा छ ?
    ‘किन ?’ पुलिसको अनुसन्धानले भन्छ–
    विगत सात महिनादेखि ऊ चरम साइबर सेक्समा थिई । बङ्ललोर विश्व विद्यालय पढ्ने एक भारतीय युवकसँग ऊ इन्टरनेटका माध्यामबाट सम्पर्कमा आई । फेसबुकमा देखिएको खाइलाग्दो युवकको सुन्दर तस्वीरमा ऊ मोहान्द भई । सायद युवक पनि । दिनहुँका दृश्य संवादले उनीहरुको सम्बन्ध सम्भवत ः प्रेममा परिणत भयो । यस क्रममा सयौंपटक नाङ्गिएछन् पनि । यस चरम सम्बन्धले उनीहरुको अवस्थालाई यति नाजुक बनाइदिएछ कि भौतिक मिलन अनिवार्य भएछ उनीहरुका लागि ।
    अर्काे महिना भेट हुनु निश्चित थियो ।
    एक रात साइबर सेक्सको चरम शिथिलतापछि एक –अर्काका बाँकी रहस्यहरु खोतल्ने क्रम सुरु भयो दुवैमा । नजानिएका रहस्यहरु र थाहा पाउन बाँकी रहेका विगतका कोट्याउन थालिछे ताराले । युवकले लेखेछ बङ्गलोरबाटै नेटमा–
    मेरे पिताजी कन्चनपुरमे रहेतेथे, नेपालमै, मेरी माँ चलि गई एसपी साहेबके साथ, बताया पिताजीने । दुनियाँसे अजनवी बनकर तबसे तल्ताररहाँ हुँ मै अकेला इन्द्र कुमार ।
    उसले अनायास नेट बन्द गरी । उफ् ! इन्द्रकुमार ?
    एक्काईस वर्ष अघिको बालकको मायालु अनुहार नाच्न लाथ्यो, उसका आँखामा । मेरो बाबा इन्दु ! मेरो राजा ! मेरो छोरा !
    सम्पूर्ण मातृत्व पग्लिएर आएछ उसको मुटुबाट । ऊ पग्लिएर धेरबेर बगिरही अपराध बोधमा । भक्कानिएर रोइहोली कैयौँ पलहरुसम्म पनि ।
    हिजो बिहान म उसलाई भेट्न जाँदा झुण्डिएकी थिई दाइ, आफ्नै कोठामा ।
    यति भन्दै गर्दा चक्रेको दुई थोपा आँसु उसकै गिलासमा खसेको मैले हेरिरहेँ ।

    (मदन पुरस्कार विजेता  रामलाल जोशीको ‘ऐना’ कथा संग्रहबाट लिइएको)

    १०५१ पटक
    प्रतिकृया दिनुहोस्