back

कार्तिक महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

वि.सं.२०७३ पुस ९ शनिवार

252 

shares
NTC AD
Global IME AD

deathbodyहङ्कङ्मा निर्माण क्षेत्रमा काम गर्ने रवि गुरुङको दुर्घटनामा परी मृत्यु भएको छ । हङ्कङ्को युङलोनमा बस्ने पोखरा निवासी गुरुङ काम गर्ने स्थानमै दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा १२ नोभेम्बरमा मृत्यु भएको थियो । उक्त दुर्घटनामा परि अन्य तीन नेपाली पनि घाइते भएका थिए । लाइट एशिया कन्ट्रक्सन अन्तर्गत चीनको सेन्जेन नजिकै लिन्ताङ सीमा नियन्त्रण केन्द्रको परियोजनास्थलमा भएको उक्त दुर्घटनामा स्काफोल्डिङ असन्तुलित भएपछि त्यहाँ कार्यरत सबै कामदार खसेका थिए । हङकङको निर्माण क्षेत्रमा उचाईबाट खसेर धेरैको ज्यान जाने गरेको छ । तीनमा नेपालीको संख्या धेरै रहेको पत्रकार प्रेम कोरङ्गीले जनाएका छन् । हङकङमा ३० हजार नेपाली बस्छन् । ती मध्ये ८० प्रतिशत अग्ला बिल्डङ, पुल रेलवे सुरुङ जस्ता निर्माण क्षेत्रमा काम गरिरहेका छन् ।
रोजगारीका लागि कुवेत पुगेका मकवानपुर फापरवारीका २९ वर्षीय अमृत कुमार बोम्जन (तामाङ)को सवारी दुर्घटनामा परी ज्यान गएको छ । कुवेतको व्यस्त सहर साल्मियाको गल्फ रोडमा डिउटी सकेर साइकलबाट कोठामा फर्कने क्रममा कारले ठक्कर दिँदा ४ नोभेम्बरका दिन घटनास्थलमै मृत्यु भएको कुवेतबाट पत्रकार हरिकृष्ण न्यौपानेले जनाएका छन् । मृतक बोम्जनसँगै बस्ने भक्तपुरका रमेश लुईंटेलले बोम्जन अबेरसम्म घर नफर्किएपछि उनको मोबाइलमा सम्पर्क गर्दा कुवेत प्रहरीले उठाई उनको दुर्घटनाको बारेमा जानकारी गराएको बताए । ४ वर्ष अघि कुवेतस्थित एमएमसी क्याटरिङ कम्पनीमा काम गर्न पुगेका बम्जनको घरमा श्रीमती, एक छोरा र आमा बाबु रहेका छन् ।
अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटनामा परेर एकै परिवारका ३ सहित ४ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी पिपलधारा ७ कटौजे घर भई हाल अनामनगरमा बस्ने चिरञ्जिवी खनाल र उनकी श्रीमती श्यामा मन्जरी खनाल तथा अमेरिकामै बस्ने उनका बुहारी ऋचा खनालप्रतिमा सुवेदीको मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो । उनीहरूको अमेरिकामै दाहसंस्कार गरिएको छ ।
आफन्तकोमा तिहारको टीका लगाएर घर फर्कदै गरेका उनीहरू नोभेम्बर ४ का दिन दुर्घटनामा परेका हुन् । दुर्घटनामा चिरञ्जिविका छोराहरू समिर खनाल र सुवास खनाल घाइते भएका थिए उनीहरू उपचाररत छन् । समिर युनिभर्सिटी अफ जर्जियामा पिएचडी गर्दै छन् भने सुवासले चिकित्सक पढ्दै छन् ।
पोर्चुगलमा सवारी दुर्घटनामा परी नवलपरासी गैडाकोट नगरपालिका १६ अमरापुरीका अनिल थापा र बाग्लुङ रिघा गाबिस ३ ठूलो रिघाका सन्तोष सापकोटाको मृत्यु भएको छ । पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साओ तेतोनिया तर्फ जाँदै गर्दा तिब्र गतिमा रहेको सवारी असन्तुलित भै रुखमा ठोक्किएको थियो । उनीहरूको घटनास्थलमै २७ अक्टोबरका दिन निधन भएको एनआरएनए पोर्चुगलका अध्यक्ष भीम केसीले जानकारी दिएका छन् । उनीहरूको शव नेपाल ल्याइ दाहसंस्कार गरिएको छ ।
मलेसियामा १२ वर्षदेखि कार्यरत विष्णु रोकायाको ज्यान गएको छ । शिवसताक्षी ५ झापाका विष्णु रोकायको घर बिदामा आएर मलेसिया फर्केको भोलिपल्टै २३ अक्टोबरका दिन उपचारका क्रममा अस्पतालमै मृत्यु भएको मलेसियाबाट पत्रकार रामचन्द्र नेपालले जनाएका छन् । दिउँसो छाति दुख्यो भनेपछि उनलाई मालिकले अस्पताल पु¥याएका थिए । उपचारकैक्रममा उनको सोहि राति नै मृत्यु भएको हो । क्वालालाम्पुरको कोतारायमा रहेको किराना पसलमा कार्यरत रोकायाको परिवारमा श्रीमती र दुई छोराछोरी रहेका छन् ।
अष्ट्रेलियामा काठमाडौं नरदेवीका विराटमान ताम्राकारको मृत्यु भएको छ । अक्टोबर २० को बिहान काममा जाने क्रममा सडकमा ढलेका ताम्राकारको उपचारका क्रममा मृत्यु भएको हो । पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ विषयमा उच्च शिक्षा अध्ययन गरिरहेका ताम्राकार करिब डेढ बर्षअघि अष्ट्रेलिया पुगेका थिए ।
उनका साथी डिल्ली पराजुलीका अनुसार ताम्राकार स्थानीय एक कम्पनीमा कार्यरत थिए । सडकमा ढलेका उनलाई उपचारका लागि अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । परिवारका एक्ला छोरा ताम्राकार आफ्नो अध्ययनको अन्तिम बर्षमा थिए । नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलियाको पहलमा विभिन्न नेपाली संघसंस्थाले सहयोग उठाएर उनको शव नेपाल ल्याइ दाहासंस्कार गरिएको थियो ।
साउदी अरबमा झापाका तेजप्रसाद चौलागाईंको मृत्यु भएको छ । मेचीनगर १ खयरडाँगीका चम्लागाइको काम गर्ने स्थान पोल्टि फार्ममै मृत्यु भएको हो । इटहरीको जुपिटर मेनपावरबाट एकवर्ष अघि बैदेशिक रोजगारका लागि साउदीको जेद्दा पुगेका २६ वर्षीय चौलागाईंको फार्ममै मृत्यु भएको त्यहाँ कार्यरत अन्य नेपालीहरूले जानकारी दिएको परिवारले जानकारी दिएको छ । मृतक चौलागाईंको परिवारमा आमा र श्रीमती रहेका छन् । बुबाको गतवर्ष मात्रै मृत्यु भएको थियो ।
मलेसियामा कार्यरत केशवबहादुर सोमैको सुतेकै अवस्थामा मृत्यु भएको छ । पाल्पा अर्गली गाविस ५ का २६ वर्षीय सोमैको सुतेकै अवस्थामा ज्यान गएको हो । दिनभरी साथीहरूसँग घुमघाम गरेर बेलुका खाना खाइ ११ बजेतिर राम्रै सुतेका उनी बिहान डिउटी जाने बेलामा नउठेपछि साथीहरू उठाउन जाँदा उनी मृत फेला परेको मलेसियाबाट रामचन्द्र नेपालले जनाएका छन् । २७ महिना अघि मलेसिया पुगेका उनको परिवारमा श्रीमती र दुई छोराछोरी छन् ।

वि.सं.२०७३ पुस ९ शनिवार ०५:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै...

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...

प्रधानमन्त्री ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री खनालबीच राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री खनालबीच राजनीतिक विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...