back

अफ्रिकामा पनि  बिमोचन  भयो लामिछानेको ‘सरसर्ती संसार’

वि.सं.२०७३ पुस ११ सोमवार

189 

shares
NTC AD
Global IME AD

book-bomochan

 

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका बिमोचन तान्जानियाको दार-एस्-सलाममा बिमोचन आइतबार भएको छ । गैर आवासिय नेपाली संघ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् ।

नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका अध्यक्ष हिक्मत थापासँग पुस्कतको बारेमा चर्चा गरेका थिए। लेखक लामिछानेले स्कुले जीवनकालका केही लेखेपनि तत्कालीन उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघ पुगेपछि त्यो क्रम जुटेको जानकारी गराएका थिए । ‘पछिल्लो समयमा सामाजिक सञ्जालमा गरेको टिप्पणीहरुलाई लेख्न थालेपछि आएको सुझावपछि लेख्न थालेको हुँ’ लामिछानेले भने, ‘घुम्ने रुची सानैदेखिको हो । रुसी छात्रवृत्तिको पैसा जोगाएर एक्लै रुकस्याक बोकेर धेरै पटक घुमे ।’ उनले आफूलाई सय पुस्तक पढेभन्दा एक पटकको यात्रा धेरै ज्ञानवर्द्धक हुने भनाइले सधै आकर्षित गरिरहेको बताए । ‘अर्को पुस्तक लेखे भने पनि नियात्रा नै हुने छ’ उनको भनाइ थियो ।

पत्रपत्रिका फुटकर नियात्राहरु लेख्दै आएका लामिछानेले पुस्कत लेख्नका लागि काठमाडौंको साहित्यक मोहत्सवमा भएको घटनापछि साथीहरुले जोड गरेको बताए । ‘एक जना नाम चलेको साहित्यकारले वरिष्ठ साहित्यकार भनेर पुस्तक हस्ताक्षर गरेर दिनुभयो । त्यसपछि जुगलजी(भूर्तेल)ले अब त तपाईँले नलेखि नहुने भो भन्नुभयो’ उनले भने, ‘पहिलेदेखि नै सामाजिक सञ्जाल होस वा पत्रपत्रिका लेखेको सबैतिर राम्रै प्रतिक्रिया प्राप्त गरेको थिए । ‘ दुई साताअघि काठमाडौमा सो पुस्तकको बिमोचन भएको थियो ।

अफ्रिका विमोचन कार्यक्रममा बोल्दै राजदूत राईले सरसर्ती संसारको पढ्दा र अन्य देशमा भएका प्रसंगहरुलाई लेखेकले राम्रोसँग उतारेको बताए । ‘हिराको पारख जुवाहरीलाई थाहा हुन्छ । चुरौटेलाई होइन’ राईले भने । ‘पुस्तकमा कहाँ गए के भयो भन्ने मात्रै छैन । गएको ठाउँको इतिहास, संस्कृति र अन्य पक्ष पनि राम्रोसँग उतारिएको छ’ राईले भने, ‘त्यसलाई नेपालसँग जोड्न यसलाई झनै सुन्दर बनाइएको छ ।’

वि.सं.२०७३ पुस ११ सोमवार ०५:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी...

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

काठमाडौं । गठबन्धनभित्रै लामो रस्साकस्स्सीपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद नेकपा...

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...