BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    ‘कोइ चैं भने जहाजमा सरर, कोइ चैं भने पसिना तरर, हाम्रो नेपालमा

    संसार न्यूज संवाददातामाघ ४, २०७३

    rajan mukarun

    ‘झम्पल ल्याऊ झम्पल !’ ढुङ्गोमाथि चढ्दाचढ्दै चर्काे स्वरमा करायो धौले कान्छो ।
    ‘होसले पस् है कान्छा !’ कराई लच्छी ।
    ‘नकरा ! नकरा !’ टुप्पोमै पुगिसकेको थियो कान्छो ।
    ठिङ्ग उभियो कान्छो । हे¥यो सिधै तल ।
    दमाई गाउँमा पत्रैपत्र ढुङ्गा खापिएकाजस्ता कान्ले फोक्टाहरु मात्रै छन् । फोक्टाभन्दा कान्लाहरु अग्ला छन् । हल गोरु छिर्नलाई हम्मेहम्मे पर्छ । वस्तीदेखि दायँपट्टि ऊ फाँटिलो खेत । खेत उनै नन्दकुमार अध्यक्षको हो । पाँच घरमध्ये चार घर दमाईहरुले अधियाँ कमाउँछन् । खेतकै गरामा दमाई वस्तीका घरहरुभन्दा अग्ला जोडी कुन्यु छन् । त्यही बेला करायो हवाइजहाज । हे¥यो आकाशतिर । जाँदै थियो पूर्वतिर वेगिएर । झण्डै धर्मरायो कान्छो । दह«ो गरी टेक्यो पैतालाले । कम्मरमा हात राख्यो । मुन्टो हल्लाउँदै सुसेल्न थाल्यो उही भाका –
    ‘कोइ चैं भने जहाजमा सरर
    कोइ चैं भने पसिना तरर, हाम्रो नेपालमा ।’
    ‘अझ हेर न,’ मन थाम्न सकिन लच्छीले । हेरी ढुङ्गोको टुप्पोतिर । खाकीको हाफ पेन्ट, हङ्ग्रङ्ग परेको । पसिना र धुलोले बराबर मैलिएको । उस्तै मैलो कमिज । कुमकुममा फाटेको । अनुहारै ढाक्ने दाह«ीजुँगा । जिङ्रिङ्ग ठडिएका कपालहरु । घामले डढेर कालो भइसकेको हातखुट्टाको छाला । दुःखको कुनै पहाड थियो कान्छो । मन चसक्क दुख्यो । मायाले भरिएर उसैउसै फतक्क भई लच्छी । भनी, ‘होस गर् भन्दै छु है । तान्ला सेंहेंले ।’
    ‘नकरा न !’ कान्छो ब्लाउन र खरानी रङ्गको धुस्रैफुस्रै लुङ्गी लगाएकी । कपालमा स्काप बाँधेकी । गोरो वर्णलाई घामले खाँदै लगेको अनुहार । फर्फराउँदा आँखीभौं तर टिल्टिलाउँदा आँखा । सप्लेटी ओठ तर फुङ्ग उड्दै गरेका । हा–हाकार मच्चियो क्षणमै । तर, तुरुन्तै जाग्यो दम्भिलो मान्छे । रवाफमा भन्यो कान्छोले, ‘यै ढुङ्गोले ज्यान खाँदैन मेरो । बाँच्छु अझै दुई बीस ।’
    ‘गैती पन् बजाऊ है तस्का बाजेलाई !’ देउगण चढ्यो चार पाउ टेक्दै । त्यहीबेला चल्यो एक सर्काे वतास । फर्फरायो त्यसको कमिज । फर्फरायो–गाउँभरिका ठूलाबडा भनाउँदाहरुको आँगनमा फर्फराइरहेको पार्टीको झण्डाजस्तो । फर्फरायो –ध्वार्रध्वार्र गरेर । दउगण पुग्यो टुप्पोमा । सुसेल्यो त्यसले, ‘सुइ¥य !’
    ‘होस गर है साथी हो !’ रामे माइलाले एक बेल्चा गेगर फाले । मसिना आँखा छन् तिनका । बारम्बार झिमिकझिमिक पारिरहन्छन् । फेरि झिमिकझिमिक गरे । पुछे पसिना दौराको फेरले । भने, ‘ढुङ्गा नाथेको भर हुँदैन ।’
    ‘तल बस्नेले चैं अडेसो हेर है !’ खासाको ट्राउजर थोरै उँभो सुक्र्याे सोमकुमारले । पछ्यायो देउगणलाई । भन्यो, ‘ के हो के हो !’
    ‘त्यै त,’ पूर्ण डोटेलले धुलोसरिका हात टक्टकाए । बायाँ कानमाथि उध्रिएको ढाकाटोपी फुकाले । कन्याए कपाल । फुर्रर उड्दै खसे चायाँका धुलाहरु । कालो अस्कोटको कुमभरी अघि नै थिए उसै धुलामैला । थपियो चायाँ । देखियो सेताम्मे हिउँ परेको पहाडजस्तो । भने पूर्ण डोटेलले, ‘दशा भन्ने बाजा बजाउँदै आउँदैन भन्छ ।’
    ‘असती रेछ ! चट्पटाउँदै पुन् पो,’ रामे माइलाले अलि कसिलो गरी बाँधे पेटी । घाँटीको मैलो माडे लपकलपक । एक पिरी निकाले जेठी औंला र बूढी औंलाले चेपेर । फाले जेठी औंलाले फित्कौली हानेर । भने, ‘हड्डी नै गालिसकेको है अब ता ।’
    ‘बारोेटा छिनो खाइसको’, असारेको हाँगो छाास्दै थिए जैकुमार । त्यत्तिकै छाडे । हेरे भीरतिर । उही दमिनी भीर । अहो ! अजङ्गको लाग्यो मनमा–कसरी भत्काउने हो ? गाह«ो छ गाँठे ! हेरे ढुङ्गोलाई । फोरिसक्नुलाई उसै यमराज छ । थपे तिनले, ‘तीन दिन भइसको ज्यूँका त्यूँ ।’
    ‘हेम्मरले पन् फोर्न सकेन जेमराजको खप्पर !’ देउगण झ¥यो उफे्रर । रिसभरिको आँखाले हे¥यो ढुङ्गोलाई । झोंकमा आइहाल्यो । छेवैको डोकोलाई हात्तिछाप चप्पलको एक लात बजा¥यो । भन्यो, ‘ज्याद्रो पन् कस्तो त हौ !’
    डोकोले दुई बल्ड्याङ खायो । ठेलाबाट माटो घोप्टाउाद्यै थिई कान्छीमाया । डोको पुग्यो कान्छीमायाकै खुट्टानेर । थरङ्ग भई । छोडिदिई ठेला । ठेला लडिझ¥यो डिलमुनी । घन्द्रङ्ग ग¥यो ठेलाले लडिझर्नुको आत्मकथा । फुत्रुक्कै उफ्रेर झरी कान्छीमाया । कुनै गोवद्र्धन पर्वत थिएन त्यो । कान्छीमायाले जुरुक्कै उचाली ठेला । राखी डिलमाथि । आई माथि । कुर्ताको फेरमा झुण्डिएका सुकेकका झ्यासहरु फाली कान्छीमायाले । मन खिन्न पारी  । ढुङ्गोलाई हेरी बतासजस्तोमा । भनी, गाल्ने भो यसैले । यो पाला पन् जौँबारीले नै उछिन्ने भो ।’
    ‘तिनारको पुन् आँङ्दै छ राघेभीर,’भनी खुसेले । सालिम्मोसरिको माटोको डल्लो रहेछ । खुट्टैले ठेलेर अघि पर पन्छाई । कम्मरको सल कसिलो गरी बाँधी । भनी, ‘देखुङ्ला फोरेको । कमाको पैलेजस्तो ।’
    ‘साँच्ची, नाम्धालुङले त सुँगुरै हानेछ नि’, हरिहाङले खन्दै गरेको कोदाली राक्यो । एडिड्यास ट्राउजरको बाहिरैबाट छेपारो कन्यायो । भन्यो, ‘गिंड मात्तै अठार थो रे ।’
    ‘खै त हाम्रोचैं कुरा मात्तै’, रत्नाले छेपारीभन्दा अल उँभो सारी लुङ्गी । भनी, ‘कसैको ह्याउ पुग्ने होइन ।’
    ‘पर्सी हान्नुपर्छ कान्छी,’ देउगणले ज्याकेट फुकाएर भित्ताभरी फाल्यो । भन्यो, ह्याउ नभाको होइन ।
    ‘हान्न त हान्ने । माल पो कस्कोमा छ ?’ छिनोको झोला भित्तातिर सार्दै सोधे जैकुमारले ।
    ‘छ एक ठाउँ,’ देउगणले ढुङ्गोतिर हे¥यो । कहतारो मा¥यो । भन्यो, ‘पैले चैं यै जेमराजलाई ठेगान लाऊँ भन्दा पो ।’
    ‘मैले त आगै लाऊँ भनेको नि, कसैले सुन्ने होइन,’ लच्छीले स्काप फुकाली । कपाल केही असरल्ल भयो । सम्हाल्दै भनी, ‘सप्पैको आफ्नै कुरा ।
    ‘लु भो माइली !’ लच्छी थरङ्गै भई । हठात्मै पछि हटि । फेरि कपाल हावामा छिरोलिए । भनी लच्छील, ‘सातै खायो ।’
    ‘केले बाल्ने नि? कल्ले दिन्छ दाउरा ? ’ कान्छोले आँखाकै भाकामा तीर हान्यो लच्छीलाई । भन्यो, ‘तेरो जेठाजूको उतीसघारी छैन क्यारे !’
    ‘जे पायो त्यै नभन् है !’ लभ्छी थोरै रिसाई । हात उठाएकी थिई कान्छोलाई तर्साउन । थामी कपालमै लगेर । चुल्ठो पार्दै भनी, ‘राम्रो मुखले भने सप्पैले दिन्छ ।’
    ‘नापो !’ कान्छोले पत्याएन ।
    ‘गाउँकै विकास हुने हो । किन दिँदैन ?’ लच्छीले गोतामे कान्छालाई हेरी । भनी, ‘काकाकै बाँसघारी सुकेर पटेर भाको छ । दिनुहुन्न त काका ? राटमाटे जेठाको उस्तै छ । नन्दले पन् फाँडिलगे हुन्थ्यो, भन्थ्यो अरे ! किा दिँदैनन् ?’
    ‘चुप लाग है !’ भने जैसकुमारले । कान्छोको छेवैनेर उत्तानो लडिरहेको ठेलागाडालाई औंलाए । भने, ‘कान्छा, त्यो पाङ्ग्रेलाई यता लघार त !’
    ‘लु, भो ! नपत्याऊँ ! कान्छोले आफैलँई लोपा¥यो । ठेलालाई जैकुमारतिर अचेट्यो । भन्यो, ‘कल्ले भन्दा नन्देले । स्कुलको पैसा सक्नेले, कुलोको पैसा सक्नेले, वनको पैसा सक्नेले अब तेतिकै दिन्छ अनि डढाउलास् । यो ढुङ्गा र नन्दे उस्तै हो माइली । पगाल्नै साह्रो ।’
    ‘कुरा त मन खाने नै गरिस्, ’ कान्छोको कुरो मनासिबै लाग्यो लच्छीलाई । स्कापमा लागेको धुलो र पतिङ्गार टक्टकाई । भनी, ‘गाडी आए उल्लाई नि हुने हो । मागे किन दिँदैन होला र ? ’
    ‘खुत्तियो ! दिन्छ तेरो पोइले र ….’
    ‘के भनिस् रे डाँठे ?’ एकाएक छेवैको ढुङ्गो टिपी लच्छीले । …..

    (राजन मुकारुङद्धारा लिखित उपन्यास ‘दमिनी भीर’ बाट साभार)

    ७९१ पटक
    प्रतिकृया दिनुहोस्