BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    देश दुखेको बेला

    मदन कृष्ण सिलवाल माघ ११, २०७३

    madan-krishna-silwal

    देश दुखेको बेला मान्छे कहाँ हाँस्न सक्छ र ?

    देश सुतेको बेला मान्छे कहाँ बाँच्न सक्छ र ?
    दुखाइको पीडा छ देशलाई,
    मान्छे कहाँ बाँच्न सक्छ र ?
    पीडा मनभरि साँची
    मान्छे कहाँ हाँस्न सक्छ र ?

    पीडा यही हो मान्छेको
    देश दुख्यो–दुख्यो भनेर यत्तिकै भन्नुपर्छ ।
    सुखको त्राण भर्न
    अझै कति दुःख झेल्नुपर्छ ।

    दोबाटोमा बेच्न राखिएको साग हैन देश ।
    कतै शास्त्रीय सङ्गीतज्ञले अलापेको राग मात्रै
    पनि होइन देश ।
    देशको भूगोल आफ्नै छ,
    चौघेरा आफ्नै छ,
    तर राजा–महाराजाहरूले खोस्टोसँग जुहारत
    साटे जस्तै मात्र पनि हैन देश ।
    पैसाले नागरिकता किनबेच गर्न पाइन्छ मनग्गै
    खबरदार ! खबरदार !! खबरदार !!!
    राष्ट्रियता भन्ने कुरा किनबेच गर्न मिल्ने चिज होइन ।
    सक्छौ सकिञ्जेलसम्ममा,
    बरु टनकपुर बेच, झ्वाम पार, महाकाली बेच झ्याम पार
    आमाको अस्मिता बेच,
    सक्छौ अझै ‘रोटीबेटी’को सम्बन्धलाई चकनाचुर पार ।
    के मिल्दैन यहाँ पैसा भएपछि
    तर खबरदार ! खबरदार !! खबरदार !!!
    राष्ट्रियतालाई तिमी कहिल्यै पनि मोलमोलाइ गर्ने हिम्मत नगर ।
    नालापानी किल्लाको युद्ध समाप्त भएको ठान्ने तिमी
    खबरदार ! खबरदार !! खबरदार !!!
    बहादुर छोरालाई सन्की चढाउने काम–कुरा गर्न
    अब सक्छौ भने बन्द गर ।
    नत्र ! नत्र !! नत्र !!! …

    छोराहरू पनि सबै नपुंसक छैनन्
    आमाको अष्मितामाथि बज्रप्रहार गर्नेहरूलाई
    अब कदापि बाँकी पनि छोड्ने छैनन् ।
    बनाउँदैछ मानव साङ्लो सञ्जाल अब
    अब पल्टाउँदैछन् विगतलाई इतिहासको पानाबाट
    एक–एक गरी अब राष्ट्रियताको खातिर
    बलिवेदीमा चढाइसकेका आमाको त्यो
    दयनीय कङ्काललाई
    अब छोपेर होइन, सजाएर राख्नेछन्
    आत्मारूप म्युजियममा
    सदा–सदाको लागि
    पुस्ता दरपुस्ताको लागि
    एक दिन आमा आफैँ भन्ने छिन्
    म्युजियमबाटै
    ‘बाबु हो ! मलाई केही भएको छैन ।’
    अब दुष्मनलाई कड्के नजर पनि नहेर्नू ?
    हामीमा मानवता छ,
    ‘झिकी कटक नगर्नू, जाई कटक गर्नू ।’

    ७०५ पटक
    प्रतिकृया दिनुहोस्