BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक १ गते
    Headlines :
    Ad
    Ad

    छाया

    धनु लेकालीमाघ २३, २०७३

    dhanu-lekali

    आज दुई दिन भयो, उ कोठमा आएकी छैन । उसँग कुराकानी गर्दा सबै बिर्सन्थेँ म पनि । पहिले एक्लै बस्ने उ आजभोलि प्राय दिनदिनै कोहि न कोहि केटाहरू लिएर आउँछे । कोहिबेला भाइ भन्छे, दाइ भन्छे, मामा भतिजा यस्तै नाता जोड्छे । अनि रातभरी गरेका कुराकानीका आवाज सबै मेरा कानमा प्रतिध्वनी हुन्छन् । बिहान मलाई शरीरमा टोकेर बनेका छाप देखाउँदै भन्छे “सर हेर्नुहोस् न यो आज तिन हजारको छाप । म हाँस्दै भन्छु “छाँया तिमीलाई यस्तो भन्दा लाज लाग्दैन ?” उ स्वभाविक बन्दै भन्छे “लाग्दैन सर मलाई सयौँ ग्राहकसँग दिन दिनै बोल्नु पर्छ । उनिहरूको इच्छाअनुसार काम गर्नु पर्छ । कोहि बेला उनिहरू सँगै घुम्नु पर्छ । अनि के को लाज नि सर ?” हो र ? भन्दै हाँस्छु ।

    उ कुनै हिचकिचाहट र अनुमति बिना मेरो कोठामा पस्ने भएकी छे । पहिले देख्दै मुखमा लाजले कपडा हालेर भाग्ने गर्दथी । आफ्नै आफन्त साथीको लैलैमा पहाडबाट पोखरा झरेकी छाँया समयको बद्लिदो हावामा उडिरहेकी छे । बैसको उन्माद र बेचैनिहरूलाई क्षणिक आनन्दमा बेहोस् बनाई हातबाट झरेको लक्ष्मीलाई अथाह सम्पत्ति मानि सुनौलो भविष्यको कल्पना गर्ने छाँया आज श्रृङगारमा सजिएर हिंड्छे । जसरी फूलहरूले वास्ना छर्दै भमराहरू लोभ्याउँछ्न, त्यसरी नै मानिस पैसा कमाई सुखी जीवन बिताउने सपना पुरा गर्नको लागि पैसाको पछि दौडिरहेका छन् । त्यही दौडमा पहिलो हुने सपनामा भाग लिएकी छे छायाँ पनि । साधारण कुर्तामा आएकी छाँया अहिले कसिएका कपडा तथा आधा ज्यान पनि नढाक्ने कपडा लगाएर हिंड्छे । ओठमा चुहिएला झैँ गाढा रातो लाली र झिमझिम परेका परेलीमा गाजल झुलेका हुन्छन् । आँखिभौँ पनि बेला बेलामा पातलो बनाई रहन्छे । मेरो कोठाको सिधै अघि भएकोले उसका हरेक क्रियाकलाप म सहजै देख्ने गर्दछु । छाँयाले भनेकी उ पहाडको एक गरिब परिवारमा जन्मेकी केटी हो, कक्षा सातमा पढदापढ्दै साथीले शहरमा पैसा सजिलै कमाइन्छ भनेपछि पोखरा झरेकी । बिहान बेलुका चिसो सिरेटोमा काम गर्दै स्कुल पढनु भन्दा सजिलै पैसा कमाइन्छ भने राम्रै हुने भयो भनेर हिंडेकी रे उ ।

    पेशाले म विश्वविद्यालयको प्रध्यापक हु । म यही ठाउँमा बसेको पनि लामो समय भयो । डिग्री सकिनेबित्तिकै अध्यापनमा लागे पनि घरजम अझै भएको छैन । बिहान र दिनमा कलेज र बेलुका टयूशन् पढाएरै समय बित्ने गर्दछ । कोठामा पुगेपछि खाना बनाएर खानु, भोलिको लागि तयारी गर्नु तथा बचेको समयमा उपन्यासहरू पढनु नै आफ्नो सिमीतता हो । बेलाबखत छाँया उसका जीवनका राम्रा तरेलीहरूको बयान गर्छे म पनि त्यही कुरा सुनेर रमाउने गर्दछु । पहिले मलाई थाहा थिएन उसले के गर्छे भनेर । हरेक बिहान अबेरसम्म सुतेकी हुन्थी, जब उठ्थी त्यसपछि झन्डै घण्टाँै खर्चेर अनुहारमा श्रृङ्गार दल्ने र मिलाउने गदर्थी । दिनदिनै विभिन्न किसिमका कपडा लगाएर ऐनामा अगाडी हेर्दै मिलाउने गर्थी । कहिले निधारमा पुछ्न बाँकी भएको क्रिमलाई मिच्थी त कहिले बिग्रिएको गाजल तथा लालीलाई ओठ लेब्¥याउँदै मिलाउथी । दिन दिनै भिन्नभिन्न किसिमका बास्ना शरीरभरी छर्केर मगमग बसाउँदै बाहिर निक्लन्थी । छायालाई यी सबै सोह्र श्रृंगार उसको मालिकले नै ल्याइदिन्छ रे तर, समानको पैसा भने उसैको तलबबाट काट्छ रे । म झन्डै एघार बाह्र बजेसम्म पुस्तकमै रमाएको हुन्थेँ त्यही बेला उ कोठामा आउने गर्दथी र मलाई एक पटक ढोकाबाट सर खाना खानु भो ? भनेर सोधेर मात्र भित्र आफ्नो कोठामा पस्ने गर्दथी । कुनै बेला उ बाहिर बस्ने गर्दथी भने केहि दिन भेट भनि हुँदैनथ्यो त्यत्तिबेला मलाई नियास्रो लाग्ने गर्दथ्यो । नजानीदो म उसको पर्खाइमा रहन्थेँ । अब आउने बेला भो भन्दै बाहिर तिर, अनि बरन्डा र आउने बाटोमा उनलाई नियाल्ने गर्दथेँ ।
    अहिले झन्डै एघार बजेको छ, म कालमाक्र्सको जीवनी तथा सिद्धान्त अध्ययन गर्दैछु । हुने र नहुने बीचको संघर्ष तथा समाज परिवर्तनको लागि क्रान्तीको आवश्यकता भएको बारे अधययन गर्दैछु । यी बिषय मास्टर पढ्ने बेलामा पनि धेरै अध्ययन गरेको थिएँ । एक्कासि ढोकामा ‘सर’ भनेको आवाजले झस्किएँ अनि किताबबाट आँखालाई ढोकातिर तेस्र्याएँ । हातमा केहि कुरा समातेर निकै हँसिलो मुद्रामा उभिएकी थिइ, छाँया । छाँया, भित्रै आउ न भन्दै म कुर्सी मिलाएर बसेँ । छाँया पनि नजिकैको मुढामा बसेर आफूले हातमा लिएको स्याउ म तिर तेस्र्याउँदै –सर यो स्याउ लिनोस् भनि । मैले भो पर्दैन भनेँ तर, उसले अलि दबाब दिँदै मेरो हातमा थम्याइ । मैले सफा गरेर काट्न लगाएँ । दुवै जना स्याउका साना टुक्रा खान लाग्यौँ । छाँयाले मलाई भन्दै थिइ “ग्राहकले घरमा लानको लागि लिएको थियो मलाई छोडेर गयो ।” मैले भने “अनि भैगो भन्नु पर्दैन ?” “भनेकी थिएँ, तर दियो ठिकै छ भनेर लिएँ, दियो र त खान पाइयो हैन र सर ?” यति भन्दै हाँसी, ओठमा चुहिएलाझैँ रहेको लाली पुछिएला भनेर मुख बङ्ग्याएरै हाँसी । मैले पनि ‘अँ खान पाइयो ठिकै भो’ भने । उ छाती भित्र औँला हालेर कोट्याउँदै भनि “आजको मान्छे क्या झुर रहेछ, मलाई घाटा पार्न लागेको थियो, म पनि के कम उसैलाई फसाइदिएँ ।” म छाँया तिर हेर्दै सोधेँ “कसरी छाँया ?” “एक जना हो भनेर साहुलाई भनेको रहेछ भित्र जाँड्याहा दुई जना बसेका, उनिहरूसँग थप पैसा मागेँ र साहुलाई पनि दुई जना हो भन्दिएँ । बल्ल दोहोरो पैसामा परे मोराहरू, हेर्दा त बाबु जस्ता थिए तर यो गर रे, उ गर रे, मत रिसाई दिएँ ।”
    मैले थाहा नभएको जस्तै गरेर सोँधे “ए साँच्चि छाँया तिमी के काम गर्छौ हँ ?”
    “सर पनि थाहा नपाए झैँ गर्नु हुन्छ ।”
    “हैन थाहा छैन मलाई, थाहा भएको भए मैले कहाँ सोध्थेँ र ?”
    “पल्लो गल्लीको घुम्तीमा छ नि मिलन होटल हो, त्यही काम गर्छु । ग्राहकहरूसँग खाना पु¥याउने तथा उनीहरूको इच्छा अनुसार खाइदिने खुवाइदिने यस्तै हो, सर ।”
    “तिमी पनि हल्का पिउछौँ कि कसो ?”
    “अँ पिउँछु अलि अलि, जति पिउन सक्यो उति कमिसन आउँछ, त्यसैले पियो बाथरुममा गयो मुखमा औँला हालेर फाल्यो । खाएपछि त्यही त हो उसको काखमा लडिबुडि ग¥यो उनिहरूका भएको पैसा जति चिलिम । मोराहरू केटी काखमा राखेर बस्न पाए पैसा गएको चालै पाउँदैनन् । घरमा श्रीमतीहरू आफ्ना श्रीमानलाई खाना कुरेर बसेका छन् होला तर श्रीमानहरू बारमा केटीहरू काखमा लिएर जाँड रक्सीमा रमाइरहेका हुन्छन् ।”
    “त्यो त हो है । कति जना छाँै नि त्यहाँ काम गर्ने केटीहरू ?”
    “दश एघार जना छौँ, सर । राम्रो अनुहार भएकालाई मात्र काम गर्ने अवसर दिन्छ साहु मोरोले । ग्राहकलाई सन्तुष्ट बनाउन सक्नुपर्छ नत्र ग्राहकले कचकच ग¥यो भने त साहुले टिप्स दिँदैन नि फेरि । एक दिन शर्मिलाले ग्राहकले भनेको मानिनछ उसलाई भित्र बोलाएर कुट्नसम्म कुट्यो मोराले । धेरै दिनसम्म निलो डाम देखाउने गर्थि मलाई ।”
    “तिमीले कुटाई खाएकी छैनौ ?”
    “छैन नि सर अहिलेसम्म ग्राहकलाई सन्तुष्ट बनाउन सकेकी छु । बेलाबेलामा गालि त गर्छ तर, कुटाई अहिलेसम्म खानुपरेको छैन । घरमा श्रीमती नभएको बेलामा त साहु मोरा पनि पछि लाग्छ त्यति बेला त एक जना उसकै काखमा बसिदिनु पर्छ । मान्छे बुढो भए पनि जोसिलो छ बुढा । हा .हा हा…”
    “जो पायो त्यहीसँग त्यसरी बस्दा लाज हुँदैन तिमीलाई ?”
    “सुरुसुरुमा त खुव लाज लाग्थ्यो, लाज मान्यो भनेर साहुले भाँडा सम्म मजाउँथ्यो तर अहिले त्यस्तो हुँदैन । साहुले भने बमोजिम ग्राहक सामु प्रस्तुत हुनु उनिहरूलाई मख्ख बनाएर पैसा जम्मा गर्नु त्यहि त हो, सर ।”
    मेरा धेरै प्रश्नहरूले उसलाई उत्तर दिन अप्ठ्यारो भएछ क्यार ल सर सुत्नुहोस् है भन्दै त्यहाँबाट बाहिर निस्किई । रातको चिसोको कारण बाहिरका साना आवाज पनि सजिलै सुनिन्थ्यो । मेरो मनमा छाँया प्रति अनेकन कुराहरू छचल्किन थाले । भर्खर विद्यालयमा अध्ययन गर्ने उमेरको केटी साथीको लैलैमा लागेर आज साहुको अर्डरमा काम गरेकी छे । यही उमेरका यो शहरका केटीहरूलाई सबै बुबाआमाले सघाउनु पर्छ तर उ आफू बाँचेर पनि अरुलाई बचाएकी छे । घरमा पैसा महिना महिनामा पठाउँछे रे । कोहिबेला एक्लै आउँछे, कोहि बेला साथीसँग पनि आउँछे । साथीहरू आउँदा कोहिबेला रातभरि कुराकानी गरेर रात बिताउँछन् । कोहिबेला रातभरि रक्सि पिएर बस्छन् । त्यति बेला बाथरुम जाँदापनि भोमिट होला जस्तै हुन्छ आफूलाई ।

    आज दुई दिन भयो, उ कोठमा आएकी छैन । उसँग कुराकानी गर्दा सबै बिर्सन्थेँ म पनि । पहिले एक्लै बस्ने उ आजभोलि प्राय दिनदिनै कोहि न कोहि केटाहरू लिएर आउँछे । कोहिबेला भाइ भन्छे, दाइ भन्छे, मामा भतिजा यस्तै नाता जोड्छे । अनि रातभरी गरेका कुराकानीका आवाज सबै मेरा कानमा प्रतिध्वनी हुन्छन् । बिहान मलाई शरीरमा टोकेर बनेका छाप देखाउँदै भन्छे “सर हेर्नुहोस् न यो आज तिन हजारको छाप । म हाँस्दै भन्छु “छाँया तिमीलाई यस्तो भन्दा लाज लाग्दैन ?” उ स्वभाविक बन्दै भन्छे “लाग्दैन सर मलाई सयौँ ग्राहकसँग दिन दिनै बोल्नु पर्छ । उनिहरूको इच्छाअनुसार काम गर्नु पर्छ । कोहि बेला उनिहरू सँगै घुम्नु पर्छ । अनि के को लाज नि सर ?” हो र ? भन्दै हाँस्छु । यही मौका पारी उसलाई सोधँे “छापहरूको मूल्य कति सम्म पर्छ नि ?” “सर यो मौका अनुसार हुन्छ कोही बेला हजार पन्धसय देखि चार पाँच हजारसम्म हुन्छ । कोही बेला इण्डियन प¥यो भने त एक रातमै पच्चिस तीस हजारसम्म हुन्छ, तर उनिहरूले भनेको जे पनि मान्नु पर्छ । नेपाली केटी भनेपछि हुरुक्क हुन्छन् मोराहरू ।” यही मौका पारेर सोधेँ “एक महिनामा कति कमाउछौ छाँया तिमीले ?” “त्यति धेरै त होइन सर घरमा एक लाखसम्म पठाउछु । खाने लाउने, श्रृङगारमै जान्छ आदि पैसा त । यो लगा त्यो लगा भन्दै साहुले कपडा तथा कस्मेटिक लिन्छ, त्यो लगाउनै प¥यो । माठो छ साहु पनि बजारको मुल्य भन्दा बढि लिन्छ हामीबाट सबै सामानको पैसा । के गर्नु उसैको कर्मचारी भएपछि सबै कुरा मान्नु पर्ने ।” “राम्रो कमाई रहेछ नि तिम्रो । बिदेश गएकाले पनि यति कमाउन सकेका छैनन् हैन र ?”“पैसा त राम्रै छ तर समाजमा हामीलाई राम्रो नजरले हर्दैनन् सर ।” “ल ल बाँकि पछि कुरा गरौँला मलाई पनि कलेज जाने बेला भैसक्यो ।” यति भन्दै म भित्र पसेर खाना बनाउन लागेँ । छाँया पनि कोठामा पसेर गीत गुनगुनाउँदै श्रृङगारमा जुट्न थालि ।

    भोलि शनिबार भएकोले मलाई यो बेलुका त्यति तयारी गर्नु पर्दैनथ्यो । खान पकाएर पारिजातका रचनाहरू पढ्न थालँे । हरेक जीवनका अनेकन अनुभूति साहित्यका लागि राम्रो एक मेरुदण्ड बन्ने गर्दा रहेछन् । साहित्य र यो छाँया बिचको सम्बन्धलाई केलाएर हेर्छु । उसका हरेक जीवनका क्रियाकलाप उपन्यासमा रचना गरेको पात्र जस्तै लाग्छ मलाई । हरेक समय रक्सीको नसामा लठिएर जवान युवकको खेलौना भएर बाँचिरहेकी छे । पैसा राम्रो कमाई छ समाजमा हामीलाई राम्रो नजरले हेर्दैनन भनेर उ आफैले महशुस गरेकि छे । तर पनि हरेक बिहान भएपछि तयार हुन्छे त्यही कामको लागि । त्यही नारी अस्तित्व लुट्नको लागि बनाईएको त्यो घर छाँयाको लागि पवित्र मन्दिर भएको छ । किनकी उसले त्यही कमाएको पैसाले उ आफू खुसी भएकी छे साथै परिवारका लालनपालन गर्न सक्ने सक्षम भएकी छे । बिचरी पढने बेलामा यसरी काम गर्नुपरेको छ । यो उसको रहर होइन यसको बाध्यता हो । यदी उसको परिवार सम्पन्न, शिक्षित हुन्थ्यो भने यसरी दिन दिनै दुनियाको ओच्छ्यान भएर बिताउनु पर्दैन थियो । हुनत म विश्वविद्यालयको प्रध्यापक मान सम्मान मात्र पाएको छु तर छाँयाले जतिकै पैसा कमाउन सकेको छैन । पैसाको लागि मैले पनि समय जति खर्चेको छु त्यही समयमा उसले मैले भन्दा दुई गुणा धेरै कमाउँछे । यस्तो देख्दा त बिरत्तिएर आउँछ । पढेको र नपढेको भिन्नता के ? शिक्षित भनाउँदो मात्रै भएर बस्नु यस्तै छ हाम्रो देशको स्थिति । म बिस्तारामा यस्तै भावनामा डुबिरहेको थिएँ, एक्कासि ढोका खुल्यो । छाँया आज अलि नसामा लठिदै भित्र पसि । म पनि बिछ्यौनाबाट तल झरेँ । ढोका छेउमै रहेको मुढा लिएर बिस्तारा नजिक आएर मेरो अनुहार हेरेर मुसुमुसु हाँस्छे । म पनि किताबलाई ¥याकमा राख्छु ।

    उसले हँसिलो अनुहारमा मलाई सोध्छे “सर खाना खानु भो ?” “म खाए तिमी नि”
    “मैले पनि खाएँ सर ।”
    “आज हल्का लिएर आए जस्तो छनी ?”
    “म सधै जसो लिन्छु सर तर आज अलि धेरै भयो ।”
    “अनि बिशेष मौका मिल्यो कि कसो ?”
    “सँधै त मिल्छ नि तर आज अलि बढि नै लिएकि छु । बेला बेलामा यस्तरी नलिए कस्तरी लिनु । ठिकै छ नि आफ्नो कोठामा पनि कोही छैन त्यही भएर लिएको हँु ।”
    “पहिले घरमा पनि पिउथ्यौ की यहाँ आएर पिउन थालेका तिमीले छाँया ?”
    “पहिले त म केहि पिउँदैन थिएँ । सुरुमा ग्राहकको छेउमा जाँदा पनि रक्सीको गन्धले वाक्क वाक्क हुन्थ्यो तर हरेक दिन तिनै गन्धसँग खेल्न थालेपछि बल्ल सबै पच्यो ।”
    “यसरी पहिलो पहिलो दिनमा ग्राहक सँग बस्दा तिमीलाई अप्ठ्यारो लागेन ?”
    “लाग्थ्यो नि सर तर के गर्नु, यस्तै काम गर्न साथीको लहलहमा लागेर आइयो गर्नै पर्ने भयो । म शहर आउँदा एघार बर्षकी थिएँ । त्यति बेला साहुले कुनै बेला भाँडा माझ्न लगाउँथ्यो कुनै बेला ग्राहकसँग नजिक बस्न लगाउँथ्यो । म डरले थुरथुर काँप्दा कतिले त मेरो अनुहारमा हेरर फर्कन्थे कतिले मलाई काखमा लिएर दुःख दिन्थे । म फुत्केर भाग्न खोज्थेँ तर ति शिकारी बाजको अगाडी मेरो केहि लाग्दैन थियो । मेरा ओठ गाला जताततै टोकेर डामैडाम बनाइदिन्थे । म कुनै बेला रुन्थेँ कुनै बेला चिच्याउथेँ । म चिच्याएर वा रोएर भए पनि उनिहरूबाट फुस्कने मौका पाउँथे । यस्तै थिए मेरा दिनहरू तर आज जस्ता जवान आए पनि कुनै प्रवाह छैन, पूर्ण सन्तुष्ट बनाएर पठाउँछु ।”
    “हो है ? अनि पहिले पहिले खुबै गारो भयो होला है”
    “भयो नि सर, झनै पुरुषसँगको पहिलो रातमा म बेहोस भएको थिएँ । इन्डियन रैछ साहुले नयाँ केटी भनेर मोटो पैसा लिएको रहेछ । रात काट्न पर्ने भयो सुरुमा नै डर लागेको थियो । चिच्यायो रोयो भने छोड्ला भनेको कहाँ छोडोस मोराले । मलाई फुत्कन नसक्ने गरेर समायो अनि मेरो बालपनको मौका उठाएर मेरो कुमारीत्वलाई चुडाइदियो । त्यति बेला म मुर्छा परेको थिएँ, बिउँझदा त साहु साथीहरू पानीले मेरो निधार भिजाउँदै हावा हम्किरहेका थिए । बिउँझदा त मेरो बस्ने भाग चक्कुले हानेर छियाछिया परे जस्तै भएको थियो । डाक्टरको औषधि र खुराक खाएपछि बल्ल यत्तिको भएकी म । नत्र धन्नै ज्यानै गएन सर ।”
    “बिचरी, अनी तिमीलाई त्यतिबेला घरमा भागेर जान मन लागेको थिएन ?”
    “लागेको थियो नि सर तर के गर्नु सबै साथीहरूले पहिले पहिले हामीहरूलाई पनि यस्तै भएको हो । बिस्तारै ठिक हुन्छ । पहिलो पटक सबै नारीहरूले यस्तै भोग्नु पर्छ भनेका थिए । कलिला केटीहरू भएपछि बजारका होटलहरू खुव चल्छन् तपार्ईंंलाई थाहा छ कि छैन ?” मैले हाँस्दै भने “त्यस्ता केही थाहा छैन छाँया मलाई ।”
    “हामीसँग आउने मान्छे तपार्ईं जस्तै पढेका मान्छे र साहुहरू धेरै आउँछन् नि । तिनीहरूलाई त सबै थाहा छ त हजुरलाई पनि त थाहा छ होला ढाँट्नुहुन्छ सर ।”
    “त्यस्तो नसोच छाँया । त्यस्तो काम गर्न मलाई नैतिकताले दिँदैन ।”
    “अलि हाँस्दे भन्छे “म सँग भन्दा नैतिकताले दिँदैन तर कुन होटलको रेगुलर ग्राहक हुनहुन्छ होला नि ? हैन सर ।”
    म हाँस्दै भने “तिमीले मलाई यस्तो सोच्यौ भने पाप लाग्छ ।”
    “सर पनि हँसाउनु हुन्छ । यो पाप धर्मको कुरा होइन नि सर यो त गास बाँस कपास जस्तै अति आवश्यक चिज हो । त्यस्तो इच्छा लाग्छ भने मिलाइदिन्छु पैसा लाग्दैन सर चिन्ता नमान्नु ।”

    “म हाँस्दै भने छाँया मलाई त्यस्तो मन पर्दैन्”
    “सरको कुरा पनि, कोही तपार्ईंका काखमा तेर्साे पर्न आयो भने बल्ल थाहा हुन्छ मन पर्छ कि पर्दैन भन्ने कुरा ।”
    “भो यस्ता कुरा छोड अरु कुरा गर ।”
    “साँच्चै हो सर । बरु तपार्ईंहरूको साथीहरू कोही छ भने सम्पर्क गराइदिनु बरु आम्दानी बराबर बाँडुला हुँदैन ?”
    “भो छाँया आजलाई यत्तिनै भयो बाँकी कुरा पछि गरौला हुँदैन ?”
    “सरलाई निद्रा लागे जस्तो छ । शुभरात्रि ।” यति भन्दै छाँया मेरो कोठा बाहिर निस्की । यति सानो केटीको कुरा सुनेर दङ्ग परेँ । उसले आफूलाई के बनाइरहेकी छे थाहा छैन । आखिर पैसाको नाममा ज्यान बेचिरहेकी छे । त्यही साहुको अर्डरमा नाचिरहेकी हाँसिरहेकी छे, तृप्ततामा आफूलाई डुबाइरहेकी छे । त्यसैलाई उसले जीउने आधार बनाएकी छे । आफू बाँचेकी छे त्यही कामले परिवार पालेकी छे निरन्तर निरन्तर ।

    ८०४ पटक
    प्रतिकृया दिनुहोस्