back

प्रणय दिवसमा पर्यटकलाई आकर्षण : सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

वि.सं.२०७३ माघ २९ शनिवार

327 

shares
NTC AD
Global IME AD

vdरत्ननगर (चितवन), । सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् ।

उनीहरुले खान बस्नमा रु १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी हामीले खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस् भन्ने हेतुले छुटको घोषणा गरेको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिनुभयो । छुट सुविधा लिनका लागि खाना महोत्सव परिसरमा रहेको सचिवालयबाट बुकिङ लिनुपर्ने उहाँले बताउनुभयो ।

आजदेखि सुरु भई फागुन ४ गतेसम्म चल्ने यसपालीको खाना महोत्समवा भ्यालेन्टाइन जोडीलाई सौरेलीले विशेष निम्तो नै दिएका छन् । विशेष छुट प्याकेज कै घोषणा गरेर सौरेलीले खाना महोत्सवमा निम्तो बाँडेका हुन् ।

“प्रेमी जोडीका लागि सौराहा महत्वपूर्ण गन्तव्य हो, त्यसमाथि फुड फेष्टिवलले झन् उनीहरुलाई रौनक दिनेछ”–कार्यक्रम संयोजक नरेश गिरीले भन्नुभयो, “जोडीलाई सौरेलीको निम्तो छ ।”

सौराहामा १०० बढी सुविधायुक्त होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ । अहिले पर्यटकको सिजन नभएकाले उनीहरुलाई आकर्षित गर्न हात्ती महोत्सव, खाना महोत्सव, नयाँ वर्ष उत्सवलगायत कार्यक्रम सौरेलीले गर्दै आाएका छन् । जसका कारण आन्तरिक पर्यटक भने बढेको व्यवसायी शीरलाल परियार बताउनुहुन्छ ।

यसपटक खाना महोत्सवमा स्थानीय परिकार, थारुको परिकार र सौराहामा हुने खाना तथा अन्तर्राष्ट्रिय परिकार प्रदर्शन गरिदै छ ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारासहित कार्यक्रम गरिएको हो ।

महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाईएको छ । महोत्सवमा करिब रु ४० लाख खर्च हुने र रु. ५० लाख बढीको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक गोकर्ण गिरीले बताउनुभयो । रासस

वि.सं.२०७३ माघ २९ शनिवार १४:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...

सगमारमाथा आधार शिविर पुगेर  प्रहरीले गर्यो पर्यटकसँग अन्तरक्रिया

सगमारमाथा आधार शिविर पुगेर प्रहरीले गर्यो पर्यटकसँग अन्तरक्रिया

सल्लेरी (सोलुखुम्बु) । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर...

लाङ्टाङ क्षेत्रमा बढे पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या 

लाङ्टाङ क्षेत्रमा बढे पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या 

रसुवा । रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान...

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

म्याग्दी । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि...