BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ६ गते
    Headlines :
    Ad
    Ad

    मैले तिम्री बरीलाई तिम्रो विश्वासको विरुद्ध हत्या गरिदिइसकेको छु

    संसार न्यूज संवाददाताफागुन ७, २०७३

    parijat

    हप्ता दिनपछि त्यो घटना अलिकति शिथिल भएर आयो, यसो भनूँ मलाई त्यस्तो लाग्यो । अब त्यो घटनाले आलो घाउको दुखाइ दिंदैन, फुटिसकेको थियो र दुख्न केही कम । स्थिती केही स्वभाविक भएवस्तो लाग्यो मलाई । त्यसपछि म बारमा गइनँ, शिवराज मबिना एक्लो हुँदैन, उसका अरु पनि धेरै साथीहरु छन् घरमा नर्भ पनि बाहिर भेट्नेहरु, त्यसैले शिव मलाई खोज्दै आएन पनि । शायद बरीले केही पनि भनिन होली, त्यस्तो कुरा आफ्नो दाइलाई भनोस् पनि किन ? त्यही मेरो बलियो सान्त्वना भएको थियो, तर मन एकतमाससँग छटपटिइरहन्थ्यो । लौ भनिन रे बरीले कसैलाई पनि तर उसले के सोची ? बिसन्चो त ऊ अवश्यै होइन होली तर उसलाई के भइरहेको छ ? अब शिवराजको घरमा नगएर यो कथालाई यसै टुङ्ग¥याइदिने हो ? त्यो मेरो भाग थिएन, मैले खोजेकै अर्कै संसार थियो । मैले जानै परेको थिया त्यहाँ, तसर्थ दुई धारमा रेटिंदै रेटिंदै भए पनि अन्तमा म फेरि उही ढोका भएर त्यहाँ गएँ । मलाई कति विचारहरुले समन्वयले घचेटेर कति अभिलाषहरुले कुतकुत्याएर त्यो घरमा लगे, भनेर साध्य हुँदैन । प्रत्येक फूलबारीका निर्जीव वस्तुहरुले ढोकाले,शिरीषका लादिएका हाँगाहरुले मलाई केही भिन्नता नदेखाई स्वागत गरे । नीला फूलहरु नीलै रङ्गमा थिए, हरियो चौर हरियैमा, कतै केही विकार थिएन । भोगटेको रुखमा धोती सुकाइरहेकी मुजुरालाई मैले पछिबाट देखें । उसले हेरी र कानकानसम्म हाँसी । यो घरमा केही भएको छैन, मुजुराले यही कुरालाई त प्रमाण दिइरहेकी थिई । मैले धेरै ठूलो बल पाएको अनुभव गरें । मजुरा मभएतिर आई र आफ्नू मलिन भाषामा भनी “शिव दाइ सहर जानुभएको छ, बस्दै गर्नुस् न, बरीलाई त सन्चो छैन ।” यसो भन्दा उसको अनुहारमा कुनै गह्रौंपना थिएन । यही कुरा हो शिवराजले बारमा सुनाउको र यही कुरा हो मुजुराले साता दिनपछि दोहो¥याएकी, मलाई अब बरीको सन्चो नहुनुले पोल्यो । कहाँको मीठो छुट्कारा, कहाँ यो घाँटी अँठ्¥याउने वास्तविकता । मलाई विश्वास लाग्यो कि मैले उम्कने बाटो पाएको छैनँ । मैले सोध्न पनि सकिनँ कस्तो किसिमको सन्चो नभएको हो बरीलाई ! यस्तो लाग्यो मेरो सोध्ने अधिकार पनि छैन, सोधिहालें भने पनि एउटा नाङ्गो सत्य खुल्ला भन्ने डर थियो । खुल्न त खुल्छ त्यो तर अहिले यो क्षण होइन। गाह्रो त ऊ अवश्य भएकी होइन । कारण शिवराज र मुजुराको भनाइ दुइटैमा गाह्रोपना थिएन ।
    “ अहिले जाऊँ, काम छ,” भन्दै म तल फर्कें, मुजुराले विरोध गरिन ।
    बाटामा आइपुगेपछि सोच्न थालें ‘वास्तवमा बरीको सन्चो नहुनुको खास अर्थ के हो ? के–कति कारणले ऊ सन्चो छैन ? उसलाई के भएको छ ? सन्चो नहुनु अर्थात् बिछ¥यौनामा परेकी छ ? हिंड्न, खान, मुख चलाउन ऊ सक्तिनँ । सन्चो नहुनुको अरु पनि कारण हुन सक्थ्यो तर उसलाई त्यही दिनदेखि सन्चो छैन । बरीको उद्देश्य के हो ?’ मलाई भित्रभित्रै पीडाको अनुभव हुन थाल्यो ।बरीको सन्चो नहुनुले नै मेरो उम्कने बाटो बन्द गरिदि एको छ ? होइन, अवश्य होइन, ऊ सन्चो भएर होस् चाहे नभएर मैले थाहा पाएँ मेरो चाहिने स्थिती उस्तै हो बरु बरी ठीक भइर्दि हुन्छ । एक मनले लाग्यो के प्रमाण मेरै कारणले गर्दा उसलाई सन्चो नभएको हो भन्ने ? शिवराजले भनि त बस्छ नि कसरी बरी एकपल्ट ह्रदयरोगको शिकार पनि भएकी थिई, कसरी उसको शारीरिक कमजोरीले गर्दा उसलाई कहिले कलेज नपठाएर घरमै राख्न परेको छ । ऊ कुनै पनि कारणमा सन्चो नभएको हुन सक्छे तर त्यो सान्त्वना मेरो उद्देश्य होइन । म त्यो स्थितीदेखि भाग्न चाहँदैनथें ।
    प्रश्नमाथि प्रश्न थपिएर म आफू पनि सन्चो नहोलाजस्तो भइसकेको थिएँ । मस्तिष्क भारी भइरहेको थियो । अहिले मध्याह्न नै छ कहाँ जाने, कता गएर भुलिने ? कतिवटा तथ्यहीन कुराहरु बनाउँद, भत्काउँदै म लुखुरलुखुर डेरामा नै आएँ । कुनै पनि एउटा खास निष्कर्षमा पुग्न सकेको थिइनँ, पुग्ने पनि कसरी ? साँच्चै प्राणघाती सुनगाभाको बिरुवा हो बरी, उसले मलाई मारेर छाड्छ । पश्चाताप लाग्यो, कुन दिन शिवराजसँग मेरो चिनापर्ची भएछ, कुन दिन शिवराजले मलाई आफ्नो घर लगेछ । हरे ! यी दिनहरु मेरो इतिहासको पानाबाट खुरुखुरु मेटिए हुने, जीवनसँग खेल्नु सम्झेजति सजिलो रहेनछ । डेरामा आइपुगेपछि एउटा मधुरो आशाले मलाई लोभ्यायो । मैले काठमाण्डू छाड्ने विचार गरें । प्रेम दुःख नै हो । मेचमा आँखा चिम्लेर बसेपछि मैले देखें ऊ आफ्नो निकोटिन लागेका औंलाहरु हल्लाउँदै भन्दै थिई ‘आफ्नो निम्ति फुल्ने आफ्नै निम्ति फक्रिने । मर्नुजस्तो एउटा बाध्यतालाई स्वीकार गर्नका निम्ति भँवरासँग लाप्पा खेल्नै पर्छ ? झर्न त पर्छ पर्छ भने भँवराको चोट सहेर किन ? आफू मात्र झर्ने, आफ्नो इच्छाले झर्ने ।’ मनमनमा दोहो¥याएँ बाँच, बरी ! बाँच, आफ्नो निम्ति बाँच, अरु मरुन् तिमीलाई के ? धेरै हो भन्नुपर्छ मैले तिमीलाई छुनसम्म पाएँ ।
    पसल्नी मरिसकेकी थिई अरुले चिताएको समयभन्दा पहिले नै । यसैले साहू तीन–चार जना केटाकेटी तह लगाउँदै पसल गथ्र्याे । ठिटो आउन छोड¥यो, अब उसको त्यहाँ केही छैन, दुःखी या सुखी त्यो मलाई थाहा थिएन तर विश्वाससाथ भन्न सकिन्छ त्यसले अवश्यै प्रेमलाई दुःखको रुपम ग्रहण गरेको थिएन । उस को प्रेम कुन सीमासम्म निस्सार थियो भन्ने कुरा उसलाई ज्ञान थिएन । पसल्नी आफूलाई खेलाउँदा–खेलाउँदै मरी, राम्रैसँग मरी । अब त्यो पसलभित्र खापाको ओझेल र छिंडीको अँध्यारोले आफूलाई फुका अनुभव गरेको थियो । अब लुकाउनुपर्ने वस्तु त केही थिएन । सम्झन थालें ‘प्रेमको मूल्य छैन, जस्तो यो छिंडीको अँध्यारो र खापाको ओझेल उनीहरुको प्रेमको मूल्य होइन, जस्तो मेरो भित्रभित्रै भुटभुटिएर खरानी हुनु मेरो प्रेमको मूल्य पनि होइन ।’ मलाई लाग्यो म कुनै प्रवञ्चनामा त छैनँ ? यी सब जो सपनाजस्तै बितरे गए, म त्यसलाई अस्वीकार गरुँ ? अस्वीकार गरिदिए म सुखी हुन सक्छु ? असम्भव । स्वी कार गरेरै पनि के सुखी छु अहिले ? कुन भावना त्यहाँ सारपूर्ण छ ? मानिस कहाँ सुखी छ ? कुन मानिस सुखी छ ? के बौलाएँ भने सुखी हुन्छु ? के म आत्महत्या गरेर सुखी हुन्छु ? मलाई छातिभरि उकुसमुकुस भएर आयो । उठेर पानी खाएँ, कोठामा ओहोरदोहोर गरें । पुराना प्रत्येक घाउहरुले पालैपिच्छे बेस्कन पोल्दै ल्याए । बरीलाई छोएर मै ले राम्रो काम गरेको होइन । म भाग्छु, अवश्य भाग्छु । मलाई कराउन मन लाग्यो–मानिस जहिले पनि विवश छ ।
    हाम्रो नीयमबद्ध जीवनमा जुन मोड आएको थियो त्यो आफैंलाई पनि अनौठो लाग्ने भयो । म काठमाण्डू छोडेर भमग्न खोजें तर भाग्न सकिनँ । भागेर गएँ चने पनि यसभन्दा माथिल्लो तहको जीवन बिताउन सक्छु भन्ने कुरामा मेरो विश्वास मरिसकेको थियो । म तयार थिएँ यसलाई एउटा परिवर्तन मान्न, यस्तो परिवर्तन जसको कुनै विशेषता छैन र जसमा कुनै पनि मज्जा छैन । त्यो यस्तो परिवर्तन जसको दाँजोमा आफ्नो पहिलो स्थिती धेरै सुखद लाग्छ । त्यो आलो घाउ अब चहराउँदैन तर त्यसको खाटाले शरीरको एक अङ्ग यस्तो विकृत बनाएदिएको छ, जसलाई हेरी–हेरी तर्सिनुपर्छ । त्यही विकृतिमा आफूलाई ठड¥याउन कर लाग्छ, देखाउन कर लाग्छ ।
    केही दिनपश्चात म फेरि गएँ र बरी आजभोली सन्चो हुन्न–को स्तरमा उठेको एउटा वाक्यले आघात भएर आएँ । ऊ कहीं देखा परिन, शिवराजको बैठकसम्म पनि आ इन । त्यसको केही दिनपश्चात बटामा शिवराजले भन्यो “बरीलाई आजभोली कुन्नि किन सन्चो हुँदैन” तर यसो भन्दा ऊ रमाएको थिएन, उसले छुट्कारा अनुभव गरेन । उसलाई के हु न्छ, कसो हुन्छ भनेर सोध्न मैले आफूलाई कहिल्यै समर्थ पाइन । स्वीकार गर्नुपथ्र्याे म हीन र अपराधी मात्र नभएर एउटा कातर निष्क्रिय मानिस भएर बाँच्दै थिएँ । अब बरीको सन्चो नहुनुको कारण र अर्थ मलाई राम्रैसँग स्पष्ट भइसकेको थियो , यसमा कुनै सन्देह थिएन । मलाई विश्वास थियो बरी र म आफैंलाई सिवाय यो घटना कसैलाई थाहा छैन र कहिले हुने पनि छैन । विचार गर्थें म कातर, कमजोर मानिस तर बरी त्यस्ती होइन । उसलाई भएको के छ र ऊ यसरी भौन बसेकी ? किन उसलाई कसैले सोद्धैन ? किन उकुसमुकुस हुँदैन ? किन ऊ प्रतिक्रिया लिन्न ? उसको चरीत्रले यो सङ्केत कहिले दिएन । यस्ता प्रश्नहरु जब मेरो मनभरि सलबलाउन थाल्थे लगत्तै धेरैवटा सम्भावनाको टुङ्गोमा पुगिहाल्थें । कसैलाई म मेरो विश्वासको कसीमा कसरी राखूँ, कसैलाई म बाहिरबाट कसरी चिनूँ सम्भव छ अभिमानको, मर्यादाको, लाजको भारले थिचेर बरी यस्तरी मौन बसेकी होली र सम्भव छ शिवराजको विश्वासी हुनुको नातामा ऊ यस्तरी बसेकी र अनि सम्भव छ एउटा बूढो रक्स्याहा सिपाहीको नीलोतुथोजस्तो ओठको स्पर्श पाएर आफैं घृणाको आगोमा जल्दै खरानी बनेर बसेकी होली । यी सबै सम्भव थिए र यी सबैको एउटै निचोड टुङ्गो म पाउँथें, बरी मलाई घृणा गर्दिरहिछ अर्थात् थालिछ । आफू र आफूलाई घरेको स्थिती मैले निकै कठिन पाउन थालें । जीवन तीतो भइसकेको थियो बरीलाई देख्न नपाउनुमा एउट पीर, घाउको खाटामा आफूलाई विकृत र बीभत्स समर्थन गर्दै हिंड्नु अर्काे पीर । मेरा दिन र रातहरु बेस्कन गह्रौं हुँदै आए । आफूलाई घस्रेर हिंडेको स्पष्ट अनुभव भइरहेको थियो ।
    बरी सन्चो छैन, हुन्न र आजभोली उसलाई सन्चो हुँदैन भनी ओहोरदोहोर चर्चा अब एउटा समस्याको रुपमा आइसकेको थियो मलाई मात्र होइन शिवलाई पनि । यो मैले उसको हावभावबाट प्रष्ट थाहा पाइरहेको थिएँ । अब बारबाट ढिलो जाने उसको रहर हुँदैन, उल बलजफ्ती ढिलो जान्छ, अब यी सब हुनु उसको छुट्कारा रहेन ऊ बाध्य भएर ढिलो फर्कन्छ । र म मनमनै सोच्थें अब त्यो वास्तविकताको काखैमा शिवराज छटपटिएको छ । अब ऊ भागेर भाग्न सक्तैन, बहाना गर्न सक्तैन । स्वीकार गर्नुपथ्र्याे मैले बरीलाई शिवराजलाई पनि रोग लगाइदिएको थिएँ ।
    एकपल्ट बारमा उसले निधार गाँठो पारेर भन्यो “सुयोगजी ! के हुन्छ कुन्नि बरीलाई पटक्कै राम्रो भएन । तपाईं उसको कोठामा गएर एकपल्ट हेर्नुस् त ऊ कस्तरी दुब्लाएकी छ ! तपाई तर्सिनुहुन्छ ।” उसका निर्धा आँखाहरुमा विवशता पोखिएर आउन खोज्यो । यी वाक्यहरुले ठीक नयाँ करौंतीले कलेजो रेटेको जस्तो एउटा सहिनसक्नु पीडाको मलाई अनुभव भयो, सपनामा धताएझैं मैले रक्सीको गिलास हातमा लिएर ‘हो’ मात्र भनें र केही बेर निहुरेर बसिहरें । म किटेर भन्न सक्छु शिवराज दिनदिनै दुब्लो भएर गइरहेको थियो र उसका निर्धा आँखाहरुमुनि अस्पष्ट बस्न लागेका निला दोबहरुले प्रमाण दिइरहन्थे, ऊ कसरी बरीको सजीवताबिना जीवनहीन हँुदो रहेछ । यहाँ म होइन शिवराजको अवस्था दयनीय थियो । कहिलेकाँही साथीहरुको माझमा बसी त्यसै हाँस्ने बहाना गर्दै जब शिवराज पीरले खुम्चिएका गालाका धर्साहरुमा आफूलाई पलायन गर्ने निरर्थक प्रयास गथ्र्याे, त्यसबेला शिवराजको हात समातेर मलाई भन्न मन लाग्यो ‘शिव ! तपाईं भाग्न सक्नुहुन्न, त्यो मीठो छुट्कारा हामी दुईटैको जीवनो वास्तविकता होइन, बरु आउनुहोस् स्वीकार गरौं ।’ तर यी अभिव्यक्तिको सट्टामा सधैं म उसलाई पेगमाथि पेग थपेर अधमरो बनाइदन्थें, सत्यको नसिजकै पुग्न नसक्ने म निष्क्रिय मानिस, मबाट अरु केही हुन सक्तैनथ्यो । उसको गाालाका जीवनहीन धर्साहरुमा हाँसिएको मरन्च्याँसे हाँसोमा मेरो निम्त सँधै एउटा मार्मिक अर्थ खुल्थ्यो, तर त्यो मानिस म हुन सकिनँ, जसले एउटा पर्दाअघि निर्विरोध आएर शिवलाई भन्न सक्थ्यो ‘मैले तिम्री बरीलाई तिम्रो विश्वासको विरुद्ध हत्या गरिदिइसकेको छु र तिम्रो विश्वासको विरुद्ध बरीले आफ्नो आस्थालाई चकनाचुर पारिसकेकी छ ।’ मलाई लाग्थ्यो यो बरी सन्चो नहुनुको एउटा चर्चा जसले कुहिरो भएर बरी र मलाई प्रत्यक्ष, शिवराजलाई अप्रत्यक्ष रुपले बेह्रेको छ शायद त्यो कहिले फाट्दैन र हामी कहिले एउटा पर्दा उघारेर एकअर्कालाई हेर्न सक्तैनौ । के हाम्रो अन्त पनि यसरी नै हुन्छ ?

                                                                      साभार पारिजातको शीरिषको फूलबाट ………

    १३०६ पटक
    प्रतिकृया दिनुहोस्