BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    नारी सम्मान

    दिपेन्द्र खड्का, साउदी अरबफागुन २५, २०७३

    dipendra-khadka-malayasiya“आज मलाई कसले रोक्छ, कसले छेक्छ, ह ए! टुल्केकी आमा , बाहिर निस्की आज कि तँ छैनेश कि म छैन हि…हि.. ? — रक्सि पिएर लर्खरिन्दै बोल्यो सन्ते । ”

    होइन कति धोक्न सकेको हो कुकुरको झोल , जहिले पनि मातिएर आएको छ झगडा गरेको छ – घर भित्रबाट बाहिर निस्किंदै बोलीन उमा ।

    ” के भनिस रे के खाए रे मैले ह…हा….ह..हा… तेरो खाएको छु मेरो खाए मेरो खादा तलाई के भयो ह ? फेरी बोल त । – मुख बाट थुक उछिट्याउउदै बोल्यो सन्ते ।”

    हेर न थुक उछिट्याउउदै बोलेको थुक्क कुन दिनमा यस्ता सग बिहे गरेछु , यस्ता सग बस्नु भन्दा त म हिडे माईत तिर जहिले पनि किच किच गरेको छ, कहिले सुख पाउन सकिन मैले तँ आफै रक्सि पिएर बस ”

    – उमा सरासर घर भित्र पसीन र लत्ता कपडा लिएर हिडीन माईत तिर । सन्ते एक्लै बोल्दै आँगनमा लडिराखेको थियो ।

    ” बुडा आज घुम्न घुम्न जाने सल्लाह छ उमा लगायत हामी धेरै नै छौ के गरौ जानु होला नि कि नदिने जानलाई ? – सब्जी काट्दै बोलिन सरस्वती ।”

    किन नदिनु पुरुषले जस्तै नारीले पनि स्वतन्त्रता पाउनु पर्छ नारीको कदर गर्ने मान्छे हु म अरु जस्तो घरमा राखेर घर बाट बाहिर नारी निस्किनु हुदैन भन्ने सोच भएको मान्छे होइन । नारी देबी हो, भगवान हो सृष्टिको अर्को रुप हो, नारीलाई सम्मान गर्न सक्नु पर्छ , ईज्जत गर्नु पर्छ । ठिकै छ कहाँ जाने हो जाउ ।- आदर्शका कुरा गर्दै बोल्यो अरुण ।”

    खै पार्क तिर हुन्छ कि कता हुन्छ ? सबै जना भेटघाट भए पछि निर्णय हुन्छ कहाँ जाने भनेर बरु एक पटक उमालाई कल गर्नु पर्यो । – सरस्वती बोलीन । ” टिरिंग ..टिरिंग ..हेल्लो ! उमा हो म सरस्वती ! कहाँ छेस त आज घुम्न जाने भनेको होइन र ? – खुशी हुदै सरस्वती बोलीन ।”

    म त माईतमा छु । हिजो आईकी । ” हो र किन नि ? स्वर पनि मलिन छ के भयो तलाई ? सन्चो छैन कि के हो ? – सरस्वती बोलीन । ” जुन घरमा नारीको मान सम्मान हुदैन भने त्यस्तो नर्कमा के बस्नु अब म यतै बस्छु । – उमा बोलीन ।”

    अनि सन्ते ? ” त्यसको बानी कहिले पनि सुध्रेन जहिले पनि रक्सि पिएर तथानाम भन्ने कुट्ने गाली गर्ने गर्थ्यो केहि सिप नलागेर मैले छोडी दिए त्यसलाई । – उमा बोलिन ।

    ” होइन त्यसो नभन , उसलाई नारी सुधार केन्द्रमा लगेर सुधार्नु पर्छ हामी छौ तेरो लागी । पहिलो कर्म घर र पहिलो बिबाह नारीको भाग्य भन्छन । हामी सबै नारीहरु मिलेर जसले हामी माथी नराम्रो ब्यबहार गर्छ उसलाई सुधार्नु पर्छ । — सम्झाउदै बोलीन सरस्वती ।

    “ खै म के भन्नु र लागेको बानी कहाँ छोड्छ र ? उसको नराम्रो दुर्ब्यबहार धेरै पटक सहदै आएकी हु , बाहिर भन्न न सकेकी मात्र हो सरस्वती ।”

    ल ल एक पटकलाई आईज हामी सबै मिलेर सम्झाउनु पर्छ । – सरस्वती बोलीन ” यदि तैले आईज भन्छेस भने आउछु तर सबै मिलेर सम्झाउनु पर्छ नि । – उमा बोलीन ” हुन्छ,, ल फोन राखे है बाई ।”

    हुन्छ बाई, । संतेलाई सबै नारीहरु एक जुट भएर घरमै गएर सम्झाउन थाले । सन्तेले पनि नारीहरुको ईज्जत गर्नु पर्ने रहेछ भन्ने कुरा सिक्यो । कुलतमा नलाग्ने रक्सि जाँड छोड्ने निर्णय गर्यो । उमा संग माफी माग्यो । नारी देबी हो, जननी हो , धर्तीमाता हो, सृष्टिको अर्को रुप हो नारी । त्यसैले आज बाट म नारीको अपमान गर्दिन सम्मान गर्छु ।

    फागुन २५, २०७३

    ८५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad