back

आमा, शरीरबिनाको मनसँग एकोहोरो बार्ता गर्नु के अर्थ हुन्छ र ?

वि.सं.२०७३ चैत १० बिहीवार

228 

shares
NTC AD
Global IME AD

 letter2आमा, आज चिठ्ठी लेखाईको सुरुवातको औपचारिकता बिना नै हजुरलाई सार्वजनिक रुपमा विदेशबाट पहिलो पत्र कोर्न गैरहेको छु । आमा, आफ्नो प्यारो घरआँगन र देशको याद त यहाँ आएदेखिनै आइरह्यो तर ती सारा सम्झनाहरुलाई सक्दो मनको दराजभित्र बन्द गरेर भोटे ताल्चा लगाएर राखेँ । किनकि मैले बिदेशमा भोग्नु परेका दुःखहरु सुनाएर कसैलाई पनि रुवाउन चाहन्नथे  । तर, आज हजुरको न्यानो ममतामयी वात्सल्यमा टाउको राखेर धेरै रुन मन लागिरहेछ । यहाँ सम्मकी लामो समयसम्म आमाको दुध पिउन नपाएको नाबालक जसरी मलाई निरन्तर डाँको डाँको छोडेर रुन मन लागिरहेछ । मन खोलेर भन्न मन लागिरहेछ । आमा, बिन्ती यो बिदेसिएको छोरालाई तीम्रो त्यो काखमा एक निन्द्रा कल्पनामै भएपनि मलाई यो पाँच बर्षसम्म लाचार भई यो बिदेशमा सहनुपरेका सारा दुःख, तिरस्कार र अपमानहरुलाई बिर्सिएर आत्म सम्मान र आत्म सन्तुष्टिका साथ निदाउन देउ । आफ्नो देशमा र आफ्नोको माझमा नहुँदा कति एक्लो र अपहेलित भईदोरहेछ अनुभव भन्ने गरेको छु  । यी मेरा मनका सारा अनुभूतिहरुलाई आँसुको रुपमा नयनबाट आज बगाउन देउ ।

आमा, विदेश यहाँ त मान्छेका मनहरु लाग्छ ढुङ्घा नै हो, कहिले त लाग्छ चोट दिने र रेट्ने तरवारको धार नै हो । त्यो हाम्रो पारिवारिक गरीबी र आर्थिक अभावको सीमाहरु मेट्न म निरन्तर यो धारद्धारा रेटिरहे । दिनरात नभनी, भोक प्यास नभनी काम गरिरहो आजसम्म । तर, यो कस्तो दुर्भाग्य ! त्यो हाम्रो घरको खरको छानो नयाँ फेर्ने मेरो सानो इच्छा आजसम्म पनि इच्छा नै बनेर रह्यो ।

यो विदेशमा पटकपटक अपमानित भएर आफ्नो आत्मसम्मानमा ठेस पु¥याएर, स्वभीमानको बली चढाएर अब मलाई यहाँ बस्न कत्ति मन छैन । त्यसैले यहाँ आउनुपूर्व मैले देखेका सारा सपनाहरु र सारा योजनाहरुलाई एक कुनामा थन्काएर घर फर्कने निर्णय गरेको छु । आफु नै देशमा परिश्रम गरी स्वभीमानी र सम्मानित जीवन जिउन चाहन्छु ।

गरीबीमा नै फुट्दोरहेछ क्यारे समस्याहरुको मुहान । त्यसैले त एउटा आर्थिक समस्या हल नहुँदै अर्को समस्या मूल ढोकामै आएर उभिएको हुन्छ । बाल्यकालदेखि नै दुर्भाग्यको बिस्तरामा दुःखको तन्ना बिछ्याएर दैनिक अभाव र समस्याको सिरक ओढी आँसुरुपी सिरानीमा लाससरह पल्टिएको देहमा आशाहरु भरी प्रवासको बासलाई निरन्तरता दिइरह्यो । धेरै साहस र हिम्मत जुटाएर जिन्दगीमा अगाडि बढिरहेँ ।

आमा, विद्धानहरु भन्ने गर्छन् माया,प्रेम, आफ्नोपन जस्ता अनमोल भावहरुको सम्बन्ध केवल मनसँग हुन्छ भौतिक शरीरसँग होइन तर आज यी सुन्दर वाक्यको विपरीत गएर मलाई भन्न मन लागिरहेछ । आमा, शरीरबिनाको मनसँग एकोहोरो बार्ता गर्नु के अर्थ हुन्छ र ? जबकी हामी त्यो देहबिनाको मनबाट कुनै प्रतिक्रिया र प्रतिउत्तर पाउन सक्दैनौँ । यो बिदेशीभूमिमा आज म आफैँलाई अत्यन्त एक्लो महसुस गरिहेछु । आमा, सम्भव भए आज म हजुरको भौतिक शरीरलाई स्पर्श गर्न चाहान्छु । हजुरको अँगालोमा बाँधिएर मनका सारा पीडाहरु पोख्न चाहान्छु । तर मलाई थाह छ, यो सम्भव छैन किनकि हामी एकअर्का देखि भौतिक रुपमा धेरै टाढा छौं ।

यो विदेशमा पटकपटक अपमानित भएर आफ्नो आत्मसम्मानमा ठेस पु¥याएर स्वाभीमानको बली चढाएर अब मलाई यहाँ बस्न कत्ति मन छैन । त्यसैले यहाँ आउनुपूर्व मैले देखेका सारा सपनाहरु र सारा योजनाहरुलाई एक कुनामा थन्काएर घर फर्कने निर्णय गरेको छु । आफ्नै देशमा परिश्रम गरी स्वाभीमानी र सम्मानित जीवन जिउन चाहान्छु । आमा,मलाई आशिस दिनुहोस ताकि म मेरो पसिना र परिश्रमले सफलताको शिखर चुम्न सकूँ । मेरै देशमा केही गरी सबैलाई देखाउन सकूँ ।

उही तपाइको प्यारो छोरा

वि.सं.२०७३ चैत १० बिहीवार ०५:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD