back

‘आफ्नो गाँऊ,आफै बनाऊ’ भन्दै नाम्जुङ्गेहरुको बृहत भेला सम्पन्न

वि.सं.२०७३ चैत ११ शुक्रवार

174 

shares
NTC AD
Global IME AD

namjing2११ चैत, काठमाडौं । ‘आफ्नो गाँऊ,आफै बनाऊ’ भन्ने मुल नाराका साथ गोरखा जिल्लाको नाम्जुङ्ग गा.बि.स. मा गठीत ‘नाम्जुङ्ग सेवा समाज’ को भेला तथा बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नाम्जुङ्ग सेवा समाजको स्थापना, उद्धेश्य र बर्तमान कार्ययोजनाको बारेमा छलफल गर्ने अभिप्रायले फाल्गुन २८ शनिबारको दिन काठमाण्डौको सामाखुशी स्थित नवजीबन कलेजमा आयोजित अन्तरक्रिया तथा बृहत नाम्जुङ्गे भेलामा तत्कालै गाँउमा एम्बुलेन्स खरिद तथा सेवा सँञ्चालन गर्ने कार्य योजनाको बारेमा जानकारी गराईएको थियो ।

namjung4

प्रतिकुल मौषम र नेपाल बन्दको बावजुद पनि कार्यक्रम,बिभिन्न सामाजिक ब्यक्तित्व,राष्ट्रिय स्तरका कलाकारहरु,बिभिन्न साहित्यिक बिधाहरू र अन्य सर्बसाधरणहरुको उपस्थिति रहेको उक्त भेला सँगीतमय र साहित्यिक माहोलका साथ सम्पन्न भएको थियो ।

कार्यक्रम,नेपाली सँगीतको क्षेत्रमा उदयमान गाएक तथा मोडल साथै सँस्थाका प्रथम उपाध्यक्ष दिनेश थापाले सँचालन गर्नुभएको थियो।
उक्त कार्यक्रलाई सम्बोधन गर्दै बिभिन्न राजनैतिक दलका प्रतिनिधि,सामाजिक र बौद्धीक ब्यक्तित्वहरुबाट अब राजनिति भन्दा माथी उठी एकताबद्ध भई समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

namjung1

सँस्थाका सचिब रामबाबु रेग्मीले सँस्थाको स्थापना,कार्य योजना र उद्धेश्यको बारेमा प्रष्ट पार्नु भएको थियो ।

समाजद्धारा बर्तमान कार्य योजनमा रहेको एम्बुलेन्स खरिद तथा सँचालन अभियानमा सँकलित रकम र प्रतिबद्धता रकम सार्बजनिक तथा सहयोग दाताहरूलाई स-धन्यबाद ब्यक्त गरिएको थियो।

bhela

यसै गरि सोही अभिप्रायले फाल्गुन ३० का दिन जनशक्ति मा.बि मा पनि बृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो।

namjingf33
नामजुङ्ग गा.बि.स. का ९ वटै वडाबाट समाज सेवी, शिक्षक तथा शिक्षिका, बिभिन्न राजनितिक दलका प्रतिनिधि र अन्य सर्बसाधरणहरुको उत्साहजनक उपस्थितिमा अत्यन्त्यै सार्थक र अर्थपूर्णका साथ सम्पन्न भएको थियो ।

यसै क्रममा आफ्नो मन्तब्य राख्दै देश तथा बिदेशमा रहने सम्पूर्ण नाम्जुङ्गबासीहरुलाई सामाजिक सद्भाब र एकताबद्ध गरि समृद्ध समाज निर्माणको लागि गाँऊबाट नै शुरुवात गर्ने पबित्र उद्धेश्यका गठन भएको उक्त सँस्थाले देश तथा बिदेशमा रहेको संभाबित श्रोत र साधनलाई गाँऊ सम्म ल्याउने र गाँऊको सामाजिक क्षेत्रमा उपयोग गर्ने सँस्थाका अध्यक्ष शिब बन्जारा ले बताउनु भयो ।

namjung5

यहाँहरुको सहभागिता, अमुल्य सल्लाह,सुझाव साथै प्रेरणाले नयाँ ऊर्जा,उत्साह र थप जिम्मेवारी बोधको महषुश भएको अध्यक्ष्य बन्जाराले बताउदै यस पबित्र अभियानमा सबैलाई हातेमालो गर्दै एक साथ अगाडी बढ्न पनि आह्वान गर्नु भएको छ। साथै यस एम्बुलेन्स खरिद तथा सँञ्चालनको लागि आर्थिक सहयोग संकलन तिब्र गतिमा अगाडी बढीरहेकोले यस महान अभियानमा आ-आफ्नो ठाँऊबाट सक्दो सहयोग गर्न ‘नाम्जुङ्ग सेवा समाज’ ले सबै नाम्जुङ्गबासी र सामाजिक मनहरुमा हार्दिक अपिल गरेको छ ।

namjung55

वि.सं.२०७३ चैत ११ शुक्रवार ११:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...