BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ६ गते
    Headlines :
    Ad
    Ad

    धरावासीको २७ औं कृतिका रुपमा ‘लीलाबोध’ सार्वजनिक

    संसार न्यूज संवाददाताचैत्र २४, २०७३

    lilabodh1२४ चैत, काठमाडौं । चर्चित साहित्यकार कृष्ण धरावासीको ‘ग्रेटफल्स’ पछि २७ औं कृतिका रुपमा ‘लिलाबोध’ बजारमा आएको छ ।
    मंगलबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार तथा कवि वैरागी काइला र प्रोफेसर संजीव उप्रेतीको हातबाट ‘लीलाबोध’ को सार्वजनिक गरिएको हो ।
    विमोचन कार्यक्रममा कवि तथा साहित्यकार वैरागी काइलाले लीलाबोधमाथि समिक्षा गर्दै कृतिमा बहुल दृष्टिकोण रहेको बताउनु भएको थियो । उहाँले नेपाली साहित्यमा लेखकहरुले आफूले जस्तो लेख्यो त्यस्तै पाठकहरुले बुझ्नुपर्छ भन्ने भ्रम रहेकोले पाठकको स्वतन्त्र भएर बुझ्ने अधिकारको सम्मान गर्नुपर्ने बताउनु भएको थियो ।
    उहाँले सम्पूर्णता भनेको कसैलाई पनि बाहेक नगर्नु रहेको उदाहरण दिँदै कसैलाई पनि बाहेक नगर्ने दृष्टिकोण नेपालीले राख्नु पर्ने बताउनु भएको थियो । उहाँले एउटा जातिलाई बाहेक गर्दा नेपालको बहुल जातिको महत्व नहुने समेत बताउनु भएको थियो ।
    त्यस्तै कृतिमाथि समिक्षा गर्दै समालोचक उप्रेतीले कृतिमा उत्तरआधुनिकतावाद सँगसँगै पुर्बिय दर्शनको पनि प्रभाव परेको बताउदै लीला लेखनमा सहलेखन महत्वपूर्ण देखिएको बताउनु भयो । उहाँले हरेक ठाउँको स्थानीय सत्य हुने र स्थानीय वहुलताका कुरा ‘लीलाबोध’को सकारात्मक पक्ष रहेको बताउनु भयो ।

    lilabodh
    उप्रेतीले साहित्य लेखनमा एउटा बामपन्थी धार जो समाज परिवर्तनका लागि लेख्नुपर्छ भन्ने गर्छ भने अर्को जीवनको अनुभूति जस्ताको तस्तै राख्न पाउनु पर्ने धारणा रहेको बताउनु भयो । साथै उहाँले जीवनको परिभाषा दिदैँ भूत, भविष्य भन्दा पनि बर्तमानमा बाँच्नु नै मानव जीवनका लागि महत्वपूर्ण रहेको बताउनु भयो ।

    lilabodh2
    त्यस्तै कृतिकार धरावसीले चर्चित साहित्यकार इन्द्र बहादुर राइ, बैरागी काइला र इश्वर बल्लभले २०२० मा ‘तेस्रो आयाम’ सुरु गरेको बताउनु भयो । उहाँले ४ महिना सम्म प्रकाशन गरिएको उक्त तेश्रो आयामलाई साहित्यीक आन्दोलनको रुपमा लिइएको र त्यसैको सैद्धान्तिक मान्यता लीला लेखन रहेको बताउनु भयो । धरावासीले आफ्नो २८ औ कृतिका रुपमा ‘तल्लोबाटो’ छिट्टै आउने पनि बताउनु भयो ।

    ६३६ पटक
    प्रतिकृया दिनुहोस्