BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक १ गते
    Headlines :
    Ad
    Ad

    गजल – हनुमान उही छन् ….

    राजेन्द्र थापा चैत्र ३०, २०७३

    rajendra-thapa

    हनुमान उही छन् बदलिन्छन् यहाँ खाली राम,
    धुमधाम त चल्ने नै भो नि हनुमानकै नाम ।

    नयाँ सर्कार नयाँ मन्दिर नयाँ देविदेवता,
    भगवानै फेरिएपछि फेरिन्छ नै चारधाम ।

    ओगट्या ओगट्यै डाम्ना साँडेले कोरेली गाई,
    खै कल्ले ल्याउ्ला क्रेन र हटाउला देश्को जाम ।

    जति पनि छन् ह्याँ औसर् खै कहाँ छ बेरोजगारी,
    बेच्नेले बेचेकै छन् इमान् नबिके नि राम्रो काम ।।।

    ६३४ पटक
    प्रतिकृया दिनुहोस्