back

कप्तान पारस खड्काको टोली चौराहा अन्तिम चरणमा प्रवेश

वि.सं.२०७४ वैशाख ७ बिहीवार

195 

shares
NTC AD
Global IME AD

७ बैशाख,कैलाली— सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग ९डिपीएल०मा पारस खड्काको कप्तानीमा रहेको चौराहा टोली अन्तिम चरणमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वालिफायरमा चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएर अन्तिम चरणमा प्रवेश गरेको हो ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।

समूह चरणको अन्तिम खेलमा रुपन्देही र चौराहा नै भिडेकामा प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पूरा गर्दै चौराहा अघिल्लो चरणमा पुग्यो ।

सुरुवाती राम्रो गर्न नसकेको रुपन्देहीका ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । पहिलो विकेटका लागि हरिशङ्कर शाह र शङ्कर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्न पुग्यो । उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४÷१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे ।

चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा पाँच विकेट गुमाएर १७२ रन बनाएको थियो । यो डिपीएलकै दोस्रो उच्च स्कोर हो भने चौराहाका लागि भने सबैभन्दा ठूलो स्कोर हो ।

चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले छ चौका र चार छक्का प्रहार गरेका छन् । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे ।

रुपन्देहीका कृष्ण कार्कीले दुई तथा विक्रम भुसाल र शहब आलमले एक÷एक विकेट लिए । चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किङ्स टोलीसँग खेल्नुपर्ने भएको छ ।

वि.सं.२०७४ वैशाख ७ बिहीवार १०:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...