back

‘म’

वि.सं.२०७४ वैशाख ९ शनिवार

189 

shares
NTC AD
Global IME AD

subas

‘म’

आमाको प्यारो छोरो म
काले नै भए पनि बुबाको
लागि त गोरो म
राम्रो पढ्ला पैसा कमाउला
अनि दुख भगाउला
आमाको आश म
जागिर खाला समाजमा नाम होला
अनि बुढेसकालको लाठी बन्ला
बुबाको सपना म

साथीको प्यारो मुसा म
हल्का दात अगाडी उठेको
प्याच्च बोल्ने सबलाई हसाउने
तर पढनदास र भबिस्यको
ईन्जिनियर म
म प्रियशी को सपनाको राजकुमार
भबिस्यमा संगै बाच्ने आधार
उन्को प्रतेक पाइलाको हौसला
उन्को आस्था र उन्को सानो सन्सार
म,
तर म, छुट्टै म
आमाको आशलाई चुरोटको
धुवामा उडाउने
बुबाको सपना रक्सीको
मातमा डुबाउने
साथिको साथ व्यर्थ सम्झिने
अनि प्रियशी एकरातको लागि
स्वार्थ सम्झिने
आमाको आशलाईलाइ मार्दै
बुबाको सपना बिगार्दै
साथिको सुझावलाई नकार्दै
अनि प्रियशीलाई हकार्दै
लम्किरहे म
कुलतमा नराम्रो संगतमा
क्षेणिक रमाइलोमा रम्दै
भबिस्य आफ्नो नसोची
गलतलाई नै सहि सम्झिदै
लम्कीरहे म, कुलतमा
नराम्रो सङतमा
फर्कि हेरे जिन्दगी
म त धेरै पछाडी धकेलिसकेछु
क्षेणिक रमाइलो भन्दा भन्दै एक्लिसकेछु
जस्ले सुख दिए आफ्नो खुशी
लुटाएर
उस्लाइ नै ढाटेछु
धुवा र नशामा यो अमुल्य
जीवन साटेछु
तर,
भन्थे छोरोले चाहे पहाड त फोरिन्छ
अब आफ्नो भाग्य आफै कोरिन्छ
तर समय निकै बलवान् रहेछ
न म अगाडि बढन सक्छु
न पछाडि नै हट्न सक्छु
न त बुबा(आमा लाई सहारा दिन सके
न त प्यारीलाई जुन(तारा दिन सके
दिन सके त केबल चोट दिन सके
अनि यस्तै यस्तै थुप्रै अफ्ट्यारा दिन सके
अहिले म सुन्सान सडकमा
उभिरहेको छु
म जस्तै बन्न खोज्ने थुप्रै म हरुलाइ
कराइरहेको छु
अनि भनिरहेको छु
अर्काको गल्तीबाट सिक
र मेरो गल्तीबाट सिक
आफ्नो गल्तीबाट सिक्ने समय हुन्न
आफ्नो गल्तिबाट सिक्ने मौका हुन्न

वि.सं.२०७४ वैशाख ९ शनिवार १०:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कविता : खटपट

कविता : खटपट

निम्बतरु, अर्घाखाँची नासिकाबाट सलसली पानी बग्यो ओष्ठ चिसो भयो नासिका...

टुक्का कविताहरू

टुक्का कविताहरू

जी.वि.कश्यप, घोराही–१४ दाङ १. जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो भौतिक...

कविता : समाधानको मार्ग खोजौँ

कविता : समाधानको मार्ग खोजौँ

कल्पना भट्टराई,टोखा, काठमाडौं हिलोमा डुबेको छ चुर्लुम्म देश, भयो पाइला...