BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ६ गते
    Headlines :
    Ad
    Ad

    कमलको कमाल !

    संसार न्यूज संवाददाताबैशाख १६, २०७४

    कमल थापा, नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन पाठकबृन्द । सत्ताको प्रयोगमा माहिर ठानिने कमल थापाको इतिहास पनि विचित्रकै छ पाठकबृन्द । पंचायतका राजादेखि बहुदलका राजाहरु, गणतन्त्रका राजादेखि अहिलेका ‘पूर्वराजा’ सबैलाई रिझाउन र फकाउन सक्षम पनि देखिएकै छन पाठकबृन्द ।
    कमल थापा यसअघि ओली सरकारमा बसेर उपप्रधान मुन्तीर भएकै हुन पाठकबृन्द । त्यतिबेला उनी राष्ट्रवादी आन्दोलनका प्रमुख प्रवक्ता पनि थिए । गाइ र हिन्दु धर्म हुँदै राजतन्त्रको पुर्नस्थापना मार्फत केन्द्रीकृत शासन प्रणालीमा विश्वास गर्ने कमल थापा अहिले धर्म निरपेक्षता, संघीयता र गणतन्त्रका जननी प्रचण्डसँग सहकार्य गर्दैछन पाठकबृन्द । संविधान शंसोधनको प्रस्तावका विपरीत मात्र होइन कडा कटाक्षे राखेकै पनि हुन । आखिर कमल किन प्रचण्डसँगै टास्सिए त ? प्रश्न उठेकै छ पाठकबृन्द । कमल थापा जति प्रचण्ड विरोधि थिए, प्रचण्ड उति सारो कडा नहुनु उनको रणनीतिकै कारण हो भन्ने कुरो राजनीतिमा रुची राख्ने सबैलाई थाहा छ पाठकबृन्द ।
    आखिर कमल थापा पनि त उनै पुराना कमल न हुन राप्रपा नेपाललाई राप्रपा बनाएर ठूलो पार्टीको नेता भए पनि त उनलाई सरकारमा ठाउँ चाहियो नी ! सब कुरो कुर्सीले गर्छ भन्थे बुढापाकाले, अनि बुढापाका र परंपरावादीका नेता कमलले ‘कमाल’ देखाउने नै भए नी त पाठकबृन्द होइन र ?

    २८४ पटक
    प्रतिकृया दिनुहोस्