BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    मुस सोसु को पदमा बढुवा !

    संसार न्यूज संवाददाताबैशाख १६, २०७४

    सचिवबाट बढुवा भएपछिको सबैभन्दा ठूलो पद मुख्य सचिव नै हो पाठकबृन्द । ५–६ जना प्रत्यासीहरुलाई उछिनेर याने की प्रधानमुन्तीरको विश्वास जितेर त्यो पदमा पुगिने चलन छ । नेपालमा हामीले देखेभोगेकै छौं की आफूभन्दा कनिष्ठलाई मुस बनाएपछि वरिष्ठ हुँ भन्नेले राजीनामा दिदैं आएको ।
    हाम्रा मुख्यसचिव अर्थात मुस सोमलाल सुवेदी जसलाई हामीले सोसु भनेर बुझ्छौं उनी अब मुसबाट सस अर्थात सहसचिवमा बढुवा हुँदैछन रे । त्यो पनि नेपालको क्याविनेट बाटै सिफारीस गराएर । आफ्ना अग्रज अर्थात आफूलाई धेरै नम्बर दिएर त्यहाँ अर्थात मुसको कुर्सीमा पुग्न मद्दत गरेका लीलामणी पौडेल झै राजदूत हुने लक्षण नभएपछि ससमा बढुवा भएर केही वर्षसम्म भरीलो जागिर खाने भएका छन रे पाठकबृन्द । एसियाली बिकास बैंकले उनलाई सस स्तरको जागिर पक्का दिने भएको छ रे । बुढा अब खुट्टा उचालेर बढुवा खान हतारिएका छन् भन्ने कुरो व्यापक मात्र भएको छैन, पाका र अनुभवि मुन्छेलाई देशमै अड्याउन ढुकुटी बढाउनै पर्ने भएको छ । मूसहोउन्जेल सम्म त्यता सोच्ने की सोसुज्यू ।

    ३८९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad