BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    ‘चुनौती नभएको काम गर्न मन लाग्दैन’

    संसार न्यूज संवाददाताबैशाख २०, २०७४

    sunil-karki

                      सुनिल कार्की,एनआरएनए अफ्रिका संयोजक
    हामी नेपाली युवाहरूमा अधिकांशको यहि सोचाइ हुन्छ, आफूले गर्ने काम लोड नहोस् । चुनौतिपूर्ण नहोस् । महिनामा तलब सहज आवोस् अनि नोकरीसँगै आरामसँग जीवन बितोस्, विना कुनै टेन्सन । तर, ती आम नेपाली युवाहरू भन्दा फरक सोँच राख्छन्, सुनिल कार्की । उनि भन्छन्, “मलाई जहाँ चुनौतिपूर्ण काम मिल्दैन, जहाँ नयाँ कुरा हासिल गर्न अनि सिक्न पाउँदीन त्यहाँ टाँसिएर बस्न मन लाग्दैन् ।” उनकै भनाइमा उनी कुनै पनि कम्पनीमा चुनौती सहितको नयाँ जिम्मेवारी नपाउँदासम्म शान्त रहँदैनन् । अनि विना कुनै स्वार्थ मुस्कुराउँदै मालिकको अगाडि जान्छन र आफ्नो राजिनामा पत्र थमाउँछन् ।

    गैरआवासीय नेपाली संघ एनआरएनए अफ्रिका संयोजक समेत रहेका कार्की सन् २००९ मा अफ्रिकामा रहेको राम्को गु्रपको जुमा हार्डवयेरमा असिस्टेन्ट फाइनान्सियल कन्ट्रोलरका रूपमा छिरेका थिए । अहिले उनी सोहि ग्रुपमा ३० वटा कम्पनी हेर्ने गरी ग्रुप पर्फमेन्स म्यानजरको रूपमा कार्यरत छन् ।

    गल्याङ आर्दश स्कुलबाट एसएलसी, बानेश्वरको ग्लोवल कलेजबाट प्लस २, युगाण्डाबाट चार्टड एकाउन्टेन (एसीसीए) (युकेबोर्ड)ं, केन्याबाट २०१३ मा सीपीए र स्कटल्याण्डको हेरियटवर्ट युनिभर्सिटीबाट एमबिएमा स्ट्राटेजिक प्लानिङ गरिरहेका कार्की भन्छन्, मान्छे नेपाली, काम अफ्रिका अनि पढाइ युरोप, ग्लोबलाइज वल्र्डको फाईदा लिदैँछु ।”

    उनी कार्यरत राम्को ग्रुपअन्तर्गत ३० भन्दा बढी कम्पनी रहेका छन् । उनी ग्रुपमा सबैभन्दा कान्छा व्यक्ति हुन् । कम्पनीमा उनको मुख्य काम भनेको समस्यामा परेका कम्पनीहरूलाई कसरी माथि उठाउने र उनीहरूको आर्थिक स्तरोन्नती गर्नु हो । उनी नेपाली भएकै कारण ‘नेपाली चौकीदार’ भनेर समेत हेपियो । गुजराती स्टाफले किसोहेली भाषामा आस्कारी (चौकीदार) भनेको बुझेपछि उनलाई साह्रै रिस उठ्यो । उनले आफ्नो मालिकसँग यस विषयमा गुनासो गरे । हाकिमले अप्रेसन डाइरेक्टरलाई भनिदियो । उसको आफ्नो मान्छे भएकोले अर्कोदिन उसलाई गाली गरेँ भनेर अप्रेसन म्यानेजरले भन्यो । तर, पछि अन्य रेस्पोन्स नगरेपछि उनी सिधैँ ग्रुपको सिइओलाई इमेल गरेर सबै कुरा बताए । सिइओले उनको प्रश्नको कुटनैतिक जवाफ दिदैँ भने, “यदि तिम्रो ठाउँमा म भएको भए यस्ता कुरालाई वास्तै गर्थिन । यो सानो कुरा हो ।” सिइओको कुटनैतिक जवाफ उनलाई चित्त बुझेन । उनलाई लाग्यो “चौकीदार” भनेर नेपाल र नेपालीको अपमान ग¥यो । कम्पनीमा काम गर्न थालेको पाँचदिन मात्र भएको थियो । उनले सिइओलाई पुनः इमेल लेखेँ, “मैले आफ्नो अपमानका साथ राष्ट्रको अपमान सहन सक्तिन्, तपाईको काम राख्नुस् म, आउँदिन ।” सम्झाएपछि बुझ्छ भन्ने सोँच राखेका सिइओले कार्की कुनै हालतमा नमान्ने भएपछि कम्पनी डाइरेक्टरलाई नै फोन गरेर गाली गरे । चौकीदार भन्ने स्टाफलाई माफी माग्न लगाए । माफी दिने क्रममा कार्कीले भने, “सबै नेपाली चौकीदार हुँदैनन्, तपाईले बुझ्नुपर्छ ।”

    त्यसपछि केही समस्याहरू आएपनि उनी प्रगतिपथमा लम्कि रहे । उनी असिस्टेन्ट फाइनान्सियल कन्ट्रोलरबाट फाइनान्सियल कन्ट्रोलर अनि चिफ फाइनान्स अफिसर ९ऋँइ० र डाइरेक्टर सम्म भए । डाइरेक्टर भएपनि उनलाई असहज लाग्यो । कसैले काम कति भयो ? भनेर पनि नसोध्ने । नयाँ जिम्मेवारीमा धेरै चुनौतीहरू साम्य पारे पनि पछि खोजेजस्तो चुनौती नभएपछि उनले यस्तो उमेरमा आराम गरेर दिमाग एकै ठाउँमा राखेर बस्नुपर्ने र ज्ञान बढ्ला भन्दा घट्ने सम्भावना देखेपछि त्यहाँबाट राजिनामा दिए । तर, ४ बर्षको अवधीमा आफ्नो काम र छबि बनाएकाले उनलाई ग्रुपका मालिक आँफै आएर चुनौतिपूर्ण नयाँ रोल अफर गरेपछि उनी २ वर्षका लागि ग्रुप पर्फरमेन्स म्यानेजर भए ।

    उनलाई यहि बीचमा देशमै केही गर्छु भन्ने हुटहुटी पनि जागेर आयो । अनि त २०१४ तिर देशमै केही गर्छु भनेर आए । रिसाइक्लिङ (फोहोर संकलन) फोहोरलाई राम्रो क्वालिटी बनाएर विदेशी कम्पनीलाई बेच्ने उनको उद्देश्य थियो । उनी भन्छन् “कागजलाई संकलन गरेर राम्रोसँग प्याकिङसम्म गर्न सके चीनका थुप्रै कम्पनीहरूले त्यस्तो कागजहरू किन्छन् ।” नेपालको एउटा नगरपालिकामा यस्तो कामको लागि प्रपोजल बनाएर बुझाए कार्कीले । एउटै कामका लागि ४५ दिन धाए उनले । उनले त्यो कामबाट आस मारे । फेरि २०१५ मा गिकोल्ड कम्पनी दर्ता गरे सफ्टवेयर डेभलपमेन्टको काम सुरु गरे । उनले बनाएको सफ्टवेर राम्रो थियो । उक्त विजनेस सफ्वेयरबाट कुनैपनि ग्राहकले कहाँ–कहाँबाट उधारो लिएको छ भनेर थाहा हुने र उसको सम्पूर्ण डाटा हेर्न मिथ्यो । तर, नेपालका फ्रेस डेभलपरहरू ट्यालेन्ट तर राम्रो बिजेनस एक्स्पोजर नभएकोले उनलाई आफ्नो स्टाफलाई बिदेशी कलाइन्टको जरुरत राम्रोसँग बुझाउन निकै कठीन प¥यो । उक्त कम्पनी भबिस्यमा राम्रो तयारी गरेर पुन ः सञ्चालन गरिने गरी बन्द गरियो ।

    २०१५ मै काकीले केही सीए साथीहरूसँग मिलेर काठमाडौंमै अस्टुड होल्डीङ प्रा.लि नामक कम्पनी पनि खोलेका छन् । १२ जना स्टाफ रहेको उक्त कम्पनीको सिइओ सफल भट्टराई र सिएफओ निर्मल भट्टराई छन् । हाल २ करोड पुँजी रहेको उक्त कम्पनीले पहिलो साधारणसभापछि कुल पुँजी १० करोड पु¥याएर पब्लिक लिमिटेड बनाउने योजना बनाएको छ । यस कम्पनीको मुख्य काम सेयरमा लगानी तथा रिर्सच, कम्पनी दर्ता, सम्पत्तिको सुरक्षा तथा व्यवस्थापन लगायतका कामहरू गर्ने रहेको छ । सुनिल भन्छन्, “हामीले अहिले झण्डै ४–५ करोड सम्पत्ति चलाइरहेका छौँ, १ वर्ष भो राम्रंो रिर्टन दिइरहेका छौ ।” हाल उनको कम्पनीले क्लिन इर्नजी र मोबाइल बायो ग्यासमा पनि रिर्सच गरिरहेको छ ।

    त्यसो त कार्कीको एक समूहले केन्यामै पनि “सगरमाथा इन्जिनियरिङ लि नामक कम्पनी खोलेको छ । २ वर्ष अगाडि झण्डै १ करोड लगानी गरेर सुरु गरिएको उक्त कम्पनीले निर्माण क्षेत्रमा फलाम सम्बन्धी डिजाइन, फेब्रिकेशन र इन्स्टलेशन लगायतका कामहरू गर्दै आएको छ ।

    सरकारले विश्वका विभिन्न देशहरूसँग व्यापार सम्झौता गर्नुपर्ने कार्कीको भनाइ छ । सरकारले नै यस्तो काम गरेमा डबल ट्याक्सबाट बच्न सकिन्छ । विभिन्न देशमा दूतावास खोलिनु पर्छ । दूतावासको अर्थ त्यहाँ नेपाली कामदार भएर मात्र खोलिने हैन । एकअर्का देशको सम्बन्ध र आदान–प्रदान अनि व्यापार व्यवसायका लागि दूतावास हुन जरुरी रहेको पनि कार्कीको भनाइ छ । कार्की भन्छन् “जातीय युद्धका कारण जर्जर बनेको रुवाण्डामा २४ घण्टामा व्यवसाय दर्ता गर्न सकिन्छ अनि ७२ घण्टभित्र व्यवसाय सुरु गर्न पाइन्छ, तर हाम्रोमा चारमहिना धाउँदा पनि गा¥हो हुन्छ । “संसारले ठूलो मार्केट गर्नका लागि बाउन्ड्री हटाइसक्यो । हाम्रो देशमा मात्रै बाउन्ड्री खडा गरेका छौं,” उनी भन्छन् “नेपालमा विदेशी कम्पनी ल्याउनु भनेको नेपालका लागि पैसा ल्याउनु हो । तर, त्यसका पछि उसको व्यापार स्वार्थ छ की अन्य स्वार्थ छ भन्ने हामीले खुट्याउन जरुरी छ ।”

    त्यसो त अफ्रिकामा १०–१२ वटा सिन्कौलीको पात–दालचीनीलाई नेपाली ३ सय रूपैयाँ पर्छ । तर, यहाँ बनजंगलमा त्यसै कुहिएर गएका छन् । अझ अचम्मको कुरा त युगाण्डाका मानिसहरू मकैको ढिंडो खान्छन् । कोदो पनि त्यसरी नै प्रयोगमा आउँछ तर, कोदो १ केजीको १५ सय रूपैयाँ पर्दछ । हाम्रो देशमा हिमाल पहाडमा र खेती गरे तराईमा पनि प्रशस्तै फल्ने कोदो अहिले पाउन पनि गाह्रो भएको छ । “के हामीले कोदो उत्पादन गरेर अफ्रिकामा बेच्न सक्तैनौं ?” कार्की भन्छन् । कार्कीकै अनुभवमा हामीले सिंगो अफ्रिका भरी आयुर्वेद औषधि बेच्न सकिन्छ । “संसार कहाँबाट कहाँ पुगिसक्यो । हामीले भोकमरीको देशका रूपमा मात्र इथियोपिया चिनेका छौँ । पत्याउनु हुन्छ ? विश्वको सबैभन्दा सस्तो बिजुली इथियोपियामा पाइन्छ । अर्को कुरा त्यहाँ खेती गर्छु भन्यो भने सरकारले उसलाई चाहिने जति जग्गा उपलध गराउँछ । तर, हामीले यहाँ मलिलो माटोमा घर बनाएर ढुंगे र बलौटे माटोमा खेती गरिरहेका छौँ, यो कस्तो विडम्वना ?”

    प्रस्तुति : चन्दा थापा

    २३९८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad