BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    दिनेश अधिकारी के छ त को कृति भरियाको भूगोलमा ?

    राससबैशाख २४, २०७४

    २४ वैशाख, बागलुङ । साहित्यकार दिनेश अधिकारीको काव्य कृति ‘भरियाको भूगाले’माथि यहाँ परिचर्चा गरिएको छ ।

    नेपालयले प्रकाशनमा ल्याएको कृतिबारे कवि, लेखकलगायत प्राज्ञिक व्यक्तित्वले शनिबार विमर्श गर्नुभयो । बागलुङ जेसिसले संयोजन गरेको कार्यक्रममा कवि अधिकारीले आफ्ना केही रचनासमेत सुनाउनुभयो ।

    पाठकसँगको साक्षात्कारमा कवि अधिकारीले कृति नेपालको पहाडी जनजीवनको यथार्थ चित्रण रहेको बताउनुभयो । “यो कृति विशेषगरी भरियाको जीवनगाथामा आधारित छ” कवि अधिकारीले भन्नुभयो “मानवतावादी चिन्तन र सामाजिक यथार्थ कृतिमा प्रतिविम्बित छ ।” उहाँले भरियाको दैनिकी, समस्या र मनोविज्ञानको समग्र वर्णन काव्यका गरिएको स्पष्ट पार्नुभयो । कवि अधिकारीले कविता आफ्ना लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम आनन्दको विन्दु हो भन्नुभयो ।

    कार्यक्रममा गायक एवम् सङ्गीतकार आभासले कुनै वाद या विचारभन्दा पनि माथि उठेर अधिकारीका रचनाले स्वतन्त्र अभिव्यक्ति दिएको बताउनुभयो ।

    ‘दिनेश अधिकारीसँग एक घन्टा’ नाम दिइएको कार्यक्रमका सहभागीले अधिकारीसँग साहित्य लेखन सम्बन्धमा अन्तक्र्रिया गरेका थिए । केही यही वैशाख १५ गते सार्वजनिक भएको थियो ।

    २८० पटक
    प्रतिकृया दिनुहोस्