BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    सांसद आमाले स्तनपान गराउँदा बन्यो रेकर्ड

    संसार न्यूज संवाददाताबैशाख २८, २०७४

    larisa-warts
    सिड्नी । दुई महिनाकी नाबालिकाले अष्ट्रेलियामा इतिहास रचेकी छन् । आलिया जोए नाम गरेकी ती बालिका संसद चलिरहेका बेला स्तनपान गर्ने पहिला बालिका बनेकी हुन् ।
    हालै मात्र क्विन्सल्याण्ड सिनेटर लारिसा वाटर्सले यी बच्चीहरुलाई जन्म दिएकी थिइन । वाटर्स अष्ट्रेलियाको ग्रिन पार्टीकी सहउपाध्यक्ष हुन् । मंगलवार उनी संसदमा सुत्केरी बिदापछि उपस्थित भएकी थिइन । संसदमा कारबाहीको क्रममा आलिया भोकाएपछि बाटर्सले उनीलाई स्तनपान गराएकी थिइन ।
    यसलाई लिइर वाटर्सले टिव्ट गरेकी छन्,‘मलाई यस कुराको गर्व छ कि मेरो छोरी आलिया संघीय संसदमा स्तनपान गर्ने पहिलो बच्ची बनेकी छन् । हाम्रो संसदमा अरु महिलाको आवश्यकता छ ।’ अष्ट्रेलिया संसदले गतवर्ष महिला सांसदहरुलाई चेम्बरमा नै स्तनपान गराउन अनुमति दिएको थियो ।

    समाचार स्रोत : राजधानी दैनिक

    २१३ पटक
    प्रतिकृया दिनुहोस्