BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीमा १० श्रष्टा सम्मानित

    संसार न्यूज संवाददाताजेठ ६, २०७४

    samman६ जेठ, काठमाडौं ।  नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो हीरक जयन्तीका अवसरमा १० श्रष्टालाई सम्मान गरेको छ ।

    प्रज्ञाप्रतिष्ठानको आफ्नै हलमा शनिवार आयोजित ‘नेपाल प्रज्ञापतिष्ठान हीरक जयन्ती त्रिदिवसीय राष्ट्रिय बाङ्मय सङ्गोष्ठी उद्घाटन एवं सम्मान अर्पण समारोह’ कार्यक्रमका अवसरमा साहित्यका विभिन्न विधा र क्षेत्रमा योगदान पु¥याउनु हुने साहित्यीक श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको सभापतित्व, प्रतिष्ठानका पूर्वकुलपति, वाङमय शताब्दि पुरुष तथा संस्कृतिविद् शत्यमोहन जोशी, पुर्वकुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइला, पूर्वकुलपति तथा राष्ट्रकवि माधव घिमीरेको आतिथ्यता रहेको उक्त हीरक जयन्तीका अवसरमा विभिन्न प्रतिष्ठानका प्राज्ञहरुको विशेष उपस्थिति रहेको रहेको थियो ।

    उक्त हीरक जयन्तीका अवसरमा झण्डै ६ दशकदेखि साहित्यीक क्षेत्रमा योगदान पु¥याँउदै आउनु भएका १० श्रष्टाहरु सम्मानित हुनु भएको छ ।

    राष्ट्रकवि माधव घिमीरेद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रममा प्राज्ञ अमर गिरीले सम्मानित व्यक्तित्वहरुका बारेमा प्रकाश पार्नु भएको थियो भने प्रतिष्ठानका उपकुलपति विष्णु विभुले स्वागत गर्नु मन्तव्य दिनु भएको थियो ।

    को को भए त सम्मानित ?

    प्रतिष्ठानले कवि, समालोचक तथा निबन्धकार आनन्द देव भट्ट, नेपाली साहित्यमा विगत ६० वर्षदेखि साहित्यका विभिन्न विधामा कलम चलाएर साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउनु भएका संखुवासभा जन्म भइ हाल झापामा बस्दै आउनु भएका चुणामणी रेग्मी, कविता विधा तथा नेपाली भाषाको उन्नयनमा समर्पित हुँदै आउनु भएका खोटाङका कवि जसराज किराती, समालोचक, निबन्धकार, उपन्यासकार, नियात्राकार तथा मदनपुरस्कार विजेता साहित्य फाँटका विशिष्ट व्यक्तिव तारानाथ शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र र जनही रु १ लाख रुपैयाँ राशी सहित सम्मान गरेको छ ।

    saman2
    त्यस्तै सस्कृति र निबन्ध फाँटमा नेपाली वाङमयलाई योगदान पु¥याउनु भएका भक्तपुरका संस्कृतिविद् तेजेश्वर बाबु गोग, भोजपुरी भाषा संस्कृतिमा योगदान पु¥याउनु भएका तथा साहित्यीक अभियन्ता विरगंजका दिपनारायण मिश्र, पत्रकारिता तथा साहित्यीक क्षेत्रमा योगदान पु¥याउनु भएका ८६ वर्षीय दाङका नारायण प्रसाद शर्मा, निवन्धकार तथा मोतिराम भट्टले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएकी रमा शर्मा, प्रज्ञाप्रतिष्ठान भवनका डिजाइनर तथा वास्तुविद्का रुपमा योगदान पु¥याउनु भएका इन्जिनियर संकरनाथ रिमाल, अनुवादक तथा बाल साहित्यका क्षेत्रमा ६० वर्षदेखि योगदान पु¥याउँदै आउनु भएका सानदास मानन्धरलाई पनि दोसल्ला ओढाएर जनही १ लाख र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

    प्रज्ञा प्रतिष्ठानले गरेको यस्तो सम्मान हिराकै टिका भएको र सदा स्मरणीय रहने सम्मानित व्यक्तित्वहरुले बताउनु भएको थियो ।

    त्यस्तै भारतबाट आउनु भएकी नेपाली भाषि साहित्यकार डा.कविता लामाले पनि आफ्नो मन्तव्य राख्दै सम्मानित हुनु भएका व्यक्तित्वहरु आफ्ना गुरु रहेको र उहाँहरुबाट धेरै कुरा सिकेको बताउनु भएको थियो । उहाँले भारतको सिक्कीम, दार्जिलिङ, सिलुगुढी लगायतका विभिन्न ठाउँबाट १२ जनाको साहित्यीक टोली प्रतिष्ठानको निमन्त्रणमा आएको बताउनु भएको थियो ।

    २१६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad