BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक १ गते
    Headlines :
    Ad
    Ad

    थाहा पाइ राख्नुस् सफलता रोक्छ अल्छिपनले

    संसार न्यूज संवाददाताजेठ ८, २०७४

    lazy-manहरेक क्षेत्रमा तपाइको सफलता रोक्ने प्रमुख कारण अल्छिपन बन्छ । हाम्रो अल्छिपनको कारण आँटेको काम पुरा हुन सक्तैन । हामीमा निराशा बढ्छ । यसैले पनि सफलता प्राप्त गर्नका लागि हाम्रो अल्छिपन भगाउन अत्यन्तै जरुरी छ ।
    अल्छिपन आउनुका कारण
    अल्छिपन भगाउनका लागि सबैभन्दा पहिले तपाइले यो जान्न जरुरी छ की हाम्रो अल्छिपनकै कारण सफलता हात लागिरहेको छैन ।
    ९० प्रतिशत मानिसहरुमा अल्छिपन आउनुका कारण यी हुन् ।
    –प्रसस्त ननिदाउनुका कारण दिनभरी थकाइ लाग्नु र काममा मन नलाग्नु ।
    –शरीरलाई चाहिने भन्दा बढी खानु र समयमा खाना नखानु ।
    –मनमा नकारात्म सोँच आउनु
    –अस्तव्यस्त जिन्दगी हुनु तथा सानो सानो कामलाई पनि ठूलो काम र गर्न नसक्ने काम सम्झनु ।
    अल्छिपन भगाउने उपाय
    यदि मनमा सोच्नु भयो भने सजिलैसँग जीवनलाई एक लयमा लगेर सफलता पाउन सकिन्छ ।
    आफूले गर्ने कामको फाइदा बारे सोँच्नुहोस् । यस्तो गर्नाले तपाइको भित्रि मनबाट कामगर्ने इच्छा जाग्छ । अनि तपाइ सक्रिय हुन थाल्नुहुन्छ ।
    –बैज्ञानिकहरु भन्छन, प्रत्येक ५० मिनेटको काम गर्दा १० मिनेट आराम लिनुपर्छ । कुनै पनि काम लगातार नगर्नुहोस् । बीच बीचमा आराम गर्नुहोस् जसका कारण काम आरामसँग गर्न सकियोस् ।
    –कुनै हालतमा पनि आफ्नो काम पूरा गर्ने सोच्नुहोस् । यसले तपाइलाइ विस्तारै गतिशील बनाउँछ । र तपाइको व्यक्तित्वमा निखारता ल्याउँछ । जसले तपाइलाई काम गर्न उत्साहित बनाउँछ ।
    यदि तपाइलाई अल्छि लाग्छ भने तपाइ सफल भएका व्यक्तिहरुका बारेमा सोँच्नुहोस्, उनीहरुका बारेमा पढ्नुहोस्, उनीहरु कसरी सक्रिय रहन्छन् ।
    यदि तपाइ कुनै पनि काम योजनाबद्ध रुपमा गर्नुभयो भने यसले तपाइलाई थकाइ लाग्दैन् । साथै काम गर्न रमाइलो हुन्छ । त्यतिबेला तपाइलाई थाहा हुन्छ की कुन काम कतिबेला गर्नुपर्छ भनेर ।
    तपाइ जति आफ्नो बारेमा आंकलन गर्न सक्नुहुन्छ गर्नुहोस् त्यतिनै का मगर्ने बानी बनाउँदै जानुहोस । कामगर्ने तरिका जति राम्रो बनाउनुहुन्छ, त्यति नै तपाइ अगाडि पाइला चाल्न सक्नुहुन्छ ।

    ३८६ पटक
    प्रतिकृया दिनुहोस्