BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    गगन थापाको चौथो कृति ‘मधुशाला’ सार्वजनिक

    संसार न्यूज संवाददाताजेठ १३, २०७४

    madhushala१३ जेठ, काठमाडौं । साहित्यकार गगन थापाको चौथो कृति ‘मधुशाला’ उपन्यास सार्वजनिक भएको छ ।
    शनिबार राजधानीको सर्वनाम थियटरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ‘ मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् ।

    कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने समेत बताएका छन् । उनीहरुले ‘ मधुशाला’ उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए ।
    साहित्यकार नयनराज पाण्डेले नेपाली समाज सर्जकहरुका लागि स्वर्ग रहेको भन्दै यसको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– “युरोप, अमेरिकामा नयाँ कथा र परिवेश पाउन सकिँदैन सबै कृतिमता छ, नेपालमा प्रत्येक पाइलामा नयाँ कथा र पात्र भेटाउन सकिन्छ ।
    साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लले बढ्दो उमेरकाबीच साहित्यकार थापाको निरन्तर कृति प्रकाशनप्रति बधाई दिँदै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    लेखक थापाले उपन्यासका प्राय कथा आफ्नै जीवन भोगाइ र दृश्य देखाइका घटना भएको बताउनुभयो ।

    आफूले मद्यपान नगरे पनि समाजको त्यो अध्यारोपाटोलाई आफूले नजिकबाट नियालेका आधारमा यो कृति तयार भएको उहाँको भनाइ छ ।

    साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक ३२० पृष्ठ र मूल्य रु ४५४ रहेको छ । साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथा सङ्ग्रह्र, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पूर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ ।

    २७५ पटक
    प्रतिकृया दिनुहोस्