BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २९ गते
    Headlines :
    Ad

    पानी पिउन नपाउँदा चवालिस आप्रवासीको मृत्यु

    एएफपीजेठ १९, २०७४

    pq

    १९ जेठ, नाएमी (नाइजर) । उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना सबसाहारा क्षेत्रका आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

    अगादेजका नगरप्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरूको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा मृत्यु भएको हो । सो क्षेत्र मानव तस्करहरूले अफ्रिकी आप्रवासीलाई ओहोरदोहोर गराउने क्षेत्र र यस्ता घटना यदाकदा यस पहिले पनि हुने गरेको उहाँको भनाई छ ।

    नाइजर रेडक्रस सोसाइटीले आप्रवासी शरणार्थीको मृत्यु भएको ठाउँबाट सूचना जम्मा गर्न टोली त्यसतर्फ खटाइएको जनाएको छ ।

    नाइजर सुरक्षा स्रोतले उनीहरूको गाडी बिग्रेपछि पानी पिउन नपाउँदा गाडीमा यात्रारत सबैको मृत्यु भएको जनाएको छ ।

    तस्बिर : ऐजेन्सी

    १८४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad