BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ६ गते
    Headlines :
    Ad
    Ad

    रियल छाड्दै गर्दा पेपेले लेखे यस्तो भावुक सन्देश

    संसार न्यूज संवाददाताजेठ २५, २०७४

     

    pepe

    २३ जेठ,  काठमाडौँ । स्पेनिश क्लब रिल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका पेपेले अन्ततः क्लब छाड्दै गर्दा भावुक सन्देश लेखेका छन् । पेपेले सन् २००७को जुलाईमा रियल आउदा आफु अपरिपक्व रहेको बताएका छन् ।उनले बच्चा बेला देखि नै रियलबाट खेल्ने सपना रहेको बताएका छन् । उनले १० वर्ष पछि क्लब छाड्नु पर्दा निकै मर्माहत तुल्याएको बताएका छन् ।
    उनले रियलमा निकै माया पाएको बताएका छन् । उनले आफुलाई सहयोग गर्ने टिममेट, फ्यानहरु प्रति आफु निकै आभारी रहेको बताएका छन् । आफु जँहा गएपनि मन भने रियलमै रहने समेत बताएका छन् । उनले आफु फुटबल खेलेको सहर छोड्न निकै गाह्रो भएको बताएका छन् । उनले यो सहरमा आफ्नी छोरी जन्मेको हुनाले यो सहर सनकै प्यारो रहेको बताएका छन् ।
    उनले रियलमा बिताएका प्रत्येक पलहरु निकै अविस्मरणिय रहेको बताएका छन् । यनले सान्टिएगो बर्नेबाउमा फुटबल खेल्दा, प्रत्येक दिन् ट्रेनिङ गर्दा देखि लिएर सपोटरहरुको माया क्लब स्टाफहरुको माया एकदम जादुयी रहेको बताएका छन् । रियल म्याड्रिड आफ्नो सधै मनमा रहिरहने तथा रियलमा बिताएको करियर आफ्नो जीवनकै उत्कृष्ट कथा रहेको बताएका छन् ।

    २०१२ पटक
    प्रतिकृया दिनुहोस्