BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    मोमो माथि प्रतिबन्ध लगाउने अभियान चलाउदै सांसद

    संसार न्यूज संवाददाताजेठ २५, २०७४

    momo

    २३ जेठ,  काठमाडौँ । कसैले सबै भन्दा मन पर्ने खाजा केहो ? भनेर सोध्यो भने हामी धेरैको मुखमा मोमो आइहाल्छ तर भारतीय जनता पार्टीका सांसद रमेश अरोराले भारतमा मोमो माथि प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले भनेका छन् बाटोमा पाइने सबैभन्दा घटिया खाजा मोमो स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ । मोमोमा पाइने अजिना मोटाल पेटको क्यान्सर हुने एकदमै खतरा हुन्छ ।
    अरोराले विगत ५ महिना देखि मोमो विरोधी अभियान चलाउदै हिडेका छन् । हिन्दुस्थान टाइम्समा प्रकाशित समचारका अनुसार मोमोको सुरुवात सम्भवत नेपालबाट भएको उल्लेख गरिएको छ । अरोलाले कम्तीमा आफ्नो राज्य जम्मुु कस्मिरबाट भएपनि मोमो प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । उनले मोमोमा प्रयोग गरिने अजिना मोटाले क्यान्सर देखि टाउको दुख्ने जस्ता रोगहरु निम्ताउने उनले बताएका छन् ।
    उनले अजिना मोटाले प्यानक्रियाजले अत्यधिक इन्सुलिन हर्मोनको उत्र्सजन गर्ने जसबाट अत्यधिक भोक लाग्ने समस्यासमेत आउने बताएका छन् ।
    उनले भारतीय स्वास्थ्य मन्त्री बाली भगतलाई भेटेर भारतबाट मोमो तथा सबैखाले चिनिया खाद्द पदार्थ प्रतिबन्ध लगाउन माग गरेका छन् ।
    उनले उनको अभियानबाट उनको राज्यमा मोमोको बिक्रीमा ३५ प्रतिशत कम  आएको समेत बताएका छन् ।

    ४४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad