BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २७ गते
    Headlines :
    Ad

    भारतमा बस्ने नेपालीको जीवनको मुल्य हुदैन र ?

    कृष्ण पालुवाजेठ २९, २०७४

    krishna-paluwa-article-2

    मृत्यु जन्मे पछिको अनिवार्य र एउटा मात्र निश्चित कर्म, क्रिया वा घटना हो । हरेक मानिसले निश्चित समय पछि मृत्यु वरण गर्नै पर्छ । तर मृत्यु पनि मान्छे पिच्छे फरक हुने रैछ, अल्पायुमै साथी छुट्दा मन रुने रहेछ । लगभग बिस बर्ष माथीको मेरो प्रवास बसाई भए पनि बिगत एकाध बर्ष देखि प्रवासी नेपालीको कार्यथलो मा मृत्युका खवरले भावनात्मक रुपमा मन छिया छिया बनाएको छ । बिगत एक दुई बर्षमा त झन हप्तै पिच्छे जस्तो एउटा प्रवासी नेपालीको मृत्युको खबरले झस्काई रहन्छ ।

    आजकल ब्यापक प्रचारमा रहेको प्रवासी नेपाली बिमामा भारतमा काम गर्ने प्रवासी नेपालीलाई किन समेटिएन होला ? भाषणमा बिप्रेषणले एक तिहाई अर्थतन्त्र धानेको छ भन्ने हाम्रा नेताहरु तिनै बिप्रेशण गर्ने हामी प्रवासी नेपालीप्रति किन चिन्तित छैन होला ? के धेरै खर्च गरेर यूरोप, अमेरिका, अष्ट्रेलिया तथा मध्यम खर्चमा जापान, कोरिया वा न्यूनतम खर्चमा खाडी मलेशिया पुग्न नसक्नु भारतस्थित प्रवासी नेपालीको कमजोरी हो त ? होइन भने ति देशमा दुतावास, मिडिया र सरकारले समेत चासो लिने तर भारतस्थित नेपालीका समस्यामा किन सबै मौन छन् ?

    पछिल्लो हप्ताको कुरा हो म आफ्नो कामको शिलशिलामा चेन्नई शहरबाट बहिर प्रस्थान गरिसकेको थिए । यात्रामा फेसबुक पेज नियाल्दै थिए एकाएक घनश्याम पौडेलको वालमा पिडादायी खवर भेटे । नातामा अंकल पर्ने भए पनि मेरा बालसखा संगै स्कुल देखि दाउरा घास, बनपाखा र मेलापात गर्ने सबै भन्दा नजिकको साथी कृष्णप्रसाद पौडेलको भारतको पञ्जावमा निधन भएछ । ४० बर्ष पनि नपुगेका मेरा साथीसंग लगभग २०५१ पछि प्रत्यक्ष सम्पर्क हुन सकेको थिएन संजोग नै भन्नु पर्छ दुई महिना पहिला मात्रै उहाँ सगँ फेसबुक म्यासेन्जरमा सम्पर्क भएको थियो । मलाई बसमा नै रिगंटा लाग्ला जस्तो भयो, आफैमा असहज महशुष भयो तर एक्लै यात्रा गरिरहेको ठाँउसम्म पुग्ने जिम्मेवारी सहित हिडेको मलाई त्यतिबेला आफै भित्र पिडा पोख्नु, खोतालिनु, पुराना स्मरणमा हराउनु बाहेक बितेको समय फर्काउन सक्ने वा तत्काल नै केहि गर्न सक्ने संभव थिएन । आफै भित्र पिडा लुकाएर अघि बढे । म बिस बर्ष नभेटिएको साथीको त यो हाल भएको छ भने उनैको आड भरोसामा जीवन जोडिएकी बाल बच्चा कि आमालाई कति पिडा होला ? न्युन बर्गिय परिवार जस्को आजकल नेपाली उखान नै छ साउन सम्म रोपेर फागुण सम्म खाने भन्ने, कसरी ति बच्चाको लालनपालन र शिक्षा दिक्षा दिन सक्नुहुन्छ होला ? हाम्रो देशको आर्थिक नितिमा यस्ता पिडितहरुलाई सहयोग र पुर्नस्थापना गर्ने कार्यक्रम किन छैनन होला ? आजकल ब्यापक प्रचारमा रहेको प्रवासी नेपाली बिमामा भारतमा काम गर्ने प्रवासी नेपालीलाई किन समेटिएन होला ? भाषणमा बिप्रेषणले एक तिहाई अर्थतन्त्र धानेको छ भन्ने हाम्रा नेताहरु तिनै बिप्रेशण गर्ने हामी प्रवासी नेपालीप्रति किन चिन्तित छैन होला ? के धेरै खर्च गरेर यूरोप, अमेरिका, अष्ट्रेलिया तथा मध्यम खर्चमा जापान, कोरिया वा न्यूनतम खर्चमा खाडी मलेशिया पुग्न नसक्नु भारतस्थित प्रवासी नेपालीको कमजोरी हो त ? होइन भने ति देशमा दुतावास, मिडिया र सरकारले समेत चासो लिने तर भारतस्थित नेपालीका समस्यामा किन सबै मौन छन् ?

    नेपालको सवभन्दा नजिकको र पहिलो श्रम बजार भारतनै हो । बिनालगानी आएर काम गर्न सकिने परम्परा देखि सहज गन्तब्य भए पनि भारतमा लागू भएको बायोमेट्रिक परिचयपत्र (आधारकार्ड) ले अहिले शुरुवाती अवस्थामा खासै असर देखाई नसकेको भए पनि निकट भविष्यमै दोहोरो परिचयको चपेटामा पार्ने निश्चित प्रायः छ । आज भारत प्रवासमा मरेका गोर्खा सैनिक बाहेक अन्य नेपालीको हिसावै नहुनुमा लेखाङ्कनको अभाव पनि हो । न भारत प्रवेश गरेको बिवरण छ न नेपाल फर्केको नै । यसरी हामी भारत प्रवासमा रहदाँ वा मर्दा हाम्रो नेपाल सरकारले खासै चासो दिदैन । एउटा भएको दुतावासले यति बिशाल भारतका नेपालीको नेटवर्कमा पुग्न आफैमा असंभव त छ नै त्यो भन्दा पनि दुतावास एउटा औपचारिकताको लागि मात्रै रहेको भन्दा अरु केहिगर्न सकेको देखिदैन । दुतावास कै छेउछाउ दिल्लीबाट हजारौ नेपाली अबैधानिक बाटोबाट बिदेश छिर्छन तर हाम्रो दुतावास ले खवर नै पाउदैन । बरु प्रवासमा क्रियाशिल नेपाली सामाजीक संघ संगठन प्रवासी नेपाली संघ भारत, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली जनसम्र्पक समिति, अखिल भारत नेपाली एकता मञ्च सहित थुप्रै केन्द्रीय र स्थानिय नेपालीहरुका सञ्जालले त्यो दुतावासको काम गरेका छन् । मर्दा पर्दादेखि न्यायको लडाई समेत यिनै सामाजीक संगठन लड्दै आएका छन् ।

    यात्रा तेस्रो दिन सम्म पुगेको थियो म आफ्नै ब्यस्त कार्यसुचीमा अघि बढिरहेको थिए फेरि बिहानै अर्को साथीको फोन आयो लामो समय देखी दुबै मृगौला खराव भएर उपचार गरिरहनु भएका मेरा मित्र नारयण खनालका जेष्ट सुपुत्र रामकुमार को चेन्नई मा निधन भयो । साह्रै असहज पनि लाग्यो अन्तिम समयमा पुग्न पनि सकिएन । यहाँ मैले यि घटना र दृटान्त किन प्रस्तुत गर्दै छु भने आज बिश्वमा परिर्वतन त तिब्र गतिमा भएकै छ । अझ हाम्रो देश नेपाल मा बिगत ३० बर्षमा तिन पटक ब्यावस्था समेत फेएिको छ सरकारका त कुरै छोडौ तर बिडम्वना नै भन्नु पर्छ हामी प्रवासी नेपालीको पिडा जहाँ को त्यहि छ । अझै भन्नु पर्दा हिजो निश्चित समयसम्म काम गरेर फर्कने प्रवासी नेपाली थिए तर अहिले सकुञ्जेल गरि खाने भन्ने प्रवासी नेपाली झन धेरै देखिन थाले जस्ले गर्दा प्रवासी नेपालीहरुको मृत्युको खबर हप्तै जसो आउन थाल्यो । उत्पादकत्व नहुनु र चरम पूजिँबादी जीवनशैलीले पैसा बाहेक अन्य बिकल्प नै नखोज्दा पौढ अवस्थामा पुगिसक्दा र रोगले गाल्दा समेत प्रवासी जीवन बिताएका कयौ नेपाली छन् । मईको अन्त तिर नै एकजना पर्वतका क्यान्सर पिडित काजीमान तिमिल्सेना नोकरी गर्दा गर्दै अन्तिम अवस्थामा पुगेर स्वदेश फर्कनु भयो । अन्तिम महिनाको तलबमा केहि थपेर मालिक संग लिने र केहि रकम प्रवासी नेपाली संघ भारतको उत्तर चेन्नई नगर समितिबाट संकलन गरि उहाँलाई देशभित्र पुराउने काम त भयो तर तत्कालै उहाँको निधन भयो ।

    भारतभरिमा एक दिन वा महिनामा कति प्रवासी नेपाली मर्छन् त्यो तथ्य त भेटाउन सकिएन । यद्यपी दिल्ली, मुम्वई, चेन्नई जस्ता शहरहरुमा मात्रै हरेक हप्ता एउटा नेपाली मरेको समाचार बन्छ । यी समाचारपनि सचेत र संगठित रहेका प्रवासी नेपाली वरीपरी घटेका घटना मात्रै हुन । भारतमा रहेका प्रवासी नेपालीहरुको संख्यामा सबै संगठन मिलाउदा पनि १–२ प्रतिशत मात्रै संगठित छन् भने बाँकी ९८ प्रतिशत जनता आफ्ना आफन्तको संर्पकमा वा बेवारिशे नै छन् । हामीले पाउने एकदम सानो नमुना मापनमा त यति धेरै प्रवासी नेपालीहरुको मृत्युको खवर भेटिन्छ भने गहिराईसम्म अध्यान गर्ने हो भने यो निकै पिडादायी तथ्यांङ्क भेटिन्छ ।

    के निम्न र मध्यम बर्गिय मानिसको जीवनको मुल्य हुदैन र ? हामी भारत प्रवासमा बस्ने प्रवासी नेपालीहरुको पनि त्यस्तै अवस्था छ । नेपाल सरकार यस प्रति सचेत रहोस । श्रम मन्त्रालयले भारतमा कार्यरत प्रवासी नेपाली का बारेमा पनि निति बनाओस र काार्यन्वयन गरोस भन्ने प्रवासी नेपाली संघ भारतको निरन्तरको जोड रहेको छ ।

    प्रवासी नेपालीले ध्यान दिनुपर्ने कुराहरु : 

    बिगत ९ महिनामा चेन्नई स्थित प्रवासी नेपाली संगठनका अभियन्ताहरुको मुहार पुस्तिका(फेसबुक) को भित्तामा लेखिएका र देखिएका शोक सन्देश मात्रै हेर्दा पनि यो शहर र वरीपरी औसत २–३ प्रवासी नेपालीको मृत्युको खवर देखिन्छ । यसरी मृत्यु हुनेमा ८ मई २०१७ मा चेन्नई काम गर्ने चितवन पदमपुरका रुद्रबहादुर कोइराला आफू बस्न कोठामा नै मृत पाइयो । उनी एक प्राईभेट हस्पीटलमा कार्यरत थिए । अप्रिल महिना पनि दुई नेपालीको मृत्यु भयो । २५ अप्रेलमा पर्वत गिजानका ६५ बर्षिय हिमबहादुर बि.क. हृदयघात भई निधन भयो भने १२ अप्रेलमा मा स्यांङ्गजा सखारका डोलबहादुर थापा मगरको ४८ बर्षकै उमेरमा हृदयघातका कारण हस्पीटल पुराउदाँ पुराउँदै निधन भयो । उहाँ परिवारसंग चेन्नई बस्नुहुन्थ्यो । २० मार्चमा पुदुचेरीमा लामो समय हिन्दुस्थान युनिलिभर मा कामगर्ने पर्बत तिलहार देउरालीका बलराम रिमाल सडक दुर्घटना परि निधन भयो । उहाँको एक महिनामा सेवानिबृत्त भई स्वदेश फर्कने तयारी थियो तर त्यत्तिकै बिराम लाग्यो । ०२ जनवरी २०१७ मा पर्वत कै प्रेम नेपालीको पनि कोठामा सुतिरहेको अवस्थामा मृत्यु भयो राम्रा कलाकार र मिजाशिला उनी युवा नै थिए । २९ डिसेम्वर २०१६ मा पर्वत कार्कीनेटाका बलबहादुर खत्रीको हृदयघातकै कारण निधन भयो ।  डिसेम्वर २५, २०१६ मा बागलुङ्ग अमलाचौरका रामप्रसाद लामिछानेको दुबै मृगौलले काम गर्न छाडेपछि सेतियातोप भन्ने ठाँउमा मृत्यु भयो । डिसेम्वर १७, २०१६ मा रोल्पा मिजिङ्ग कोइरला खर्कका द्रोणबहादुर बिष्ट को चेन्नईमा आएको तुफान मा परि मृत्यु भयो । बिडम्बना नै भन्नु पर्छ त्यतिठुलो बिपत्ती चेन्नई मा आउदाँ पनि यहाँ भएका प्रवासी नेपालीको बारेमा हाम्रो सरकारले खासै चासो राखेन । अक्टोवर २२, २०१६ मा पुदुचेरीमा बर्दियाका राजु चौधरीको निधन भयो । यस्ता घटना अझै कति छन् र प्रवासी नेपाली हरु यसरी मरिरहदाँ उनिहरुका परिवारको अवस्था कस्तो छ ? एकजना मात्र रोजगार गरेर पालिने परिवार कसरी चल्छ ? यस्ता प्रश्न जीवन्त रुपमा उठ्ने गरेका छन् ।

    नेपाल सरकारले प्रवासी नेपालीलाई कार्यक्षेत्रमा मृत्यु भए २७ लाख सम्म क्षतिपूर्ति दिन्छ भन्ने कुरा पत्रपत्रिकामा पढ्न पाइन्छ तर के यो नियम बिकशित देशमा पुग्ने वा खर्च गरेर जाने प्रवासी नेपालीको लागि मात्र हो ? केहि समय पहिले एक जना फेसबुक साथीले जहाज दुर्घटना मा सरकार र मिडियाले लिएको चासोको बारेमा टिप्पणी गर्दै लेखेका थिए दिनहँ जसोहुने सडक सवारी दुर्घटना हुँदा कसैको ध्यानै जादैन तर आकशमा उड्ने सवारी दुर्घटना हुँदा उच्च स्तरिय छानविन आयोग गठन हुन्छ, के निम्न र मध्यम बर्गिय मानिसको जीवनको मुल्य हुदैन र ? हामी भारत प्रवासमा बस्ने प्रवासी नेपालीहरुको पनि त्यस्तै अवस्था छ । नेपाल सरकार यस प्रति सचेत रहोस । श्रम मन्त्रालयले भारतमा कार्यरत प्रवासी नेपालीका बारेमा पनि निति बनाओस र कार्यन्वयन गरोस भन्ने प्रवासी नेपाली संघ भारतको निरन्तरको जोड रहेको छ ।

    प्रवासी नेपालीले ध्यान दिनुपर्ने कुराहरु : 
    १. आजकल हुने धेरै मृत्युहरु हृदयघातका कारण भएको पाइन्छ । ब्यस्त र मस्त जीवनशैली यस्को प्रमुख कारण हो । प्रायः प्रवासी नेपालीहरु अत्याधिक मदिरा सेवन गर्ने । धुम्रपान र सुर्तीजन्य पर्दाथ प्रयोग गर्ने गर्छन । जस्को कारण हृदयघातको संभावना प्रचुरमात्रामा हुन्छ । त्यसैले प्रवासी नेपालीहरु त्यस्ता गलत लतबाट पूर्णरुपमा मुक्त हुनु पर्दछ ।
    २. प्रवासी नेपाली प्राय : आफ्नो परिवार छोडेर उनीहरुको जिविकोर्पाजनको निम्तिनै प्रवास पसेका हुन्छौ । धेरै जसो परिवार हामी जस्ताले प्रवासमा बसेर पठाएको बिप्रेषणबाट घर धान्ने गरेका छन् । लगभग आजकल का एकात्मक परिवारमा कमाउने एकजना लाई तलमाथी केहि हुदाँ बाँकीको परिवार को जीवन नै धरापमा हुन्छ । त्यसैले आफ्नो र परिवारप्रति पूर्ण उत्तरदायी हामी लाप्रवाह बनेर आफ्नै जीवन जोखिममा पार्नु हुदैन भनेर बुझ्नु पर्दछ ।
    ३. नेपाल सरकारको भारतमा दुतावास भए पनि भारत भरि भएका प्रवासी नेपाली हरुका समस्यामा खासै सहकार्य गरेको देखिदैन । त्यसैले प्रवासमा रहेका सामाजीक संगठनमा आबद्ध हुने । सहकार्य गर्ने, आफु लाई समस्या पर्दा सहयोग लिने र अरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने गर्नु पर्दछ ।
    ४. देश भन्दा बाहिर रहदाँ जातिय, क्षेत्रिय र साम्प्रदायिक सोच भन्दा माथी उठ्नु पर्दछ र एकआपसमा भतृत्व बढाउनु पर्दछ ।

    नेपाल सरकारले भारत प्रवासका प्रवासी नेपाली हरुको बारेमा निम्न कुरामा ध्यान दिन जरुरी छ :
    १. अहिले सम्म भारत प्रवासमा कति नेपाली छन् । यकिन तथ्यनै छैन यो नेपाल सरकारको गैरजिम्मेवारीपन कोे एउटा नमुना हो । आफ्ना नागरिकको संरक्षण गर्नु राज्यको कर्तब्य हो । त्यसको लागि नेपाल सरकारले ध्यान दिन जरुरी छ ।
    २. भारत प्रवासमा रहदाँ पासर्पोट र भिषा नचाँहिने हुनाले प्रवासन सहज छ । तर नेपाली नागरिकता ले सिमकार्ड देखि बैंक खाता खोल्न मिल्दैन । नेपाली हरु पहिचान रहितरुपमा बस्नु परेको छ । नेपाल सरकारले एउटा बैध परिचयपत्र दिने, भारत पस्दा र फर्रकदा सिमामा जाँदा आउदाँ दर्ता गर्ने गर्दा सरकारलाई जानकारी राख्न सहज हुन्छ ।
    ३. खुला सिमा र कम लगानीमा पुग्नसकिने गतब्य भएको ले भारत मा रोजगार गर्ने प्रवासी नेपाली लाई हिसावमा नराखिए पनि हरेक प्रवासी नेपाली एउटा सिंगो परिवार का चालक हुन । उनीहरु छुट्दा सिंगो परिवारको गाडी रोकिन्छ । त्यसैले सरकारले अघि बढाएको प्रवासी नेपाली बिमामा भारतमा राजगारगर्ने प्रवासी नेपाली पनि समेटिनु पर्दछ । त्यस्को जानकारी र सहजीकरण सरकार तथा भारत स्थित नेपाली सामाजीक संघ संस्थाले गर्नुपर्दछ ।

    अन्तमा भारतिय श्रमबजारमा रहेका नेपाली कामदारहरु अन्य देशमा जानेहरु भन्दा आर्थिक उर्पाजनमा पछि भएपनि देश, समाज र परिवारका हरेक गतिबिधिमा संगलग्न छन् । त्यसैले उनीहरुलाई पनि उपेक्षा गरिनु हुदैन । अप्ठ्यारोमा राज्यले नागरिकको संरक्षण गर्नु पर्दछ । र प्रवासमा रोजगार गरिरहेका श्रमिकहरुले पनि आहर, बिहार देखि स्वच्छ जीवनशैली अपनाउनु पर्दछ । जसबाट जोखिम न्युनीकरण गर्न सकिन्छ । सबैको सामुहिक प्रयासले नै प्रवासी नेपालीहरुका समस्यालाई समाधान गर्न सकिन्छ ।

    (लेखक प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिव हुनुहुन्छ )

    १६१० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad