BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १३ गते
    Headlines :
    Ad
    Ad

    अब दिमागले जे सोच्छ त्यहि टाइप हुन्छ

    संसार न्यूज संवाददाताआषाढ १, २०७४

    brain1फेसबुकले पछिल्लो दिनमा नयाँ तरिकाबाट काम गरिरहेको छ । जसमा फेसबुकमा लेख्नबाट तपाइले मुक्ति पाउनुहुनेछ । यस्तो तरिका अपनाउँदा तपाइ दिमागमा जे सोच्नुहुन्छ त्यहि टाइप हुन सुरु हुन्छ । फेसबुक इंकले अमेरिकी रक्षा विभाग पेंटागनका पुर्वपव्रमुखको नेतृतव्मा चलाइएको गोप्य प्रोजेक्टबाट पर्दा हटाउँदै भनिएको छ, कम्पनी अब विचार र स्पर्शद्धारा संचारको दिशामा अनुसन्धान गरिरहेको छ ।
    हालै उद्घाटन गरिएको बिल्डिङ ८ अनुसन्धान प्रविधिको प्रयोग गर्दै फेसबुकद्धारा ब्रेन सेसिंगमा काम गरिरहेको छ ।  यसको माध्यमबाट फेसबुक प्रयोगकर्ताहरु टाइपिङको झन्झटबाट मुक्त पाउँनेछन् । त्यहाँ दिमागले जे सोच्छ त्यहि टाइप हुन्छ ।
    पेन्टागनको डिफेन्स एडभान्स रिर्सच प्रोजेक्ट ऐजेन्सी (डीएआरपीए) का पुर्व निर्देशक तथा फेसबुककी हेड सेक्रेटिव बिल्डिंग ८ की उपाध्यक्ष रेजिना डुगनले कम्पनीको एफ ८ सम्मेलनमा भनेकी थिइन, ‘हामी बिल्डिङ ८ मा काम गरिरहेका छौं ।’ उनले भनिन् ‘भविष्य क्रान्तिकारी प्रविधिबा भरिएको छ, जो बिना टाइपिङ हामी अन्य व्यक्तिसँग संवाद गर्नेछौं ।’ यस कामको लागि फेसबुकले ६० जनाको टिमले काम गरिरहेको छ ।

    ८६ पटक
    प्रतिकृया दिनुहोस्