BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    एनआरएन अमेरिका: पुनराबृत्त नियत र राजनैतिक चलखेलहरु

    शैलेस श्रेष्ठ, अमेरिकाआषाढ २, २०७४

    sailesh-shresthaएक्काईसौं शताब्दीको यो बैज्ञानिक युगमा अब कुनै पनि खाले यान्त्रिक अथवा बिद्धुतीय षडयन्त्र, धाँदली र भोटिङ्ग फ्रड लामो समयसम्म गुपचुप रहन्छ जस्तो मलाई चाँही लाग्दैन । सन् २०१३- २०१५ मा भएको एनआरएन अमेरिकाको बिद्धुतीय निर्वाचनमा प्रतिपक्षी आरोपीहरुले दावा गरेको जस्तै यदि सिम्प्ली भोटिङ्ग्स मार्फत निर्वाचन परिणाम आफ्नो पक्षमा पारिएको रहेछ भने त्यो पनि ढिलो चाँडो बाहिर आउँछ । त्यसैगरी सन २०१५-२०१७ अवधिका वर्तमान अध्यक्ष डा केशब पौडेलले आफ्ना बैचारिक सहगोत्रीय गठबन्धन मार्फत नक्कली सदस्य बनाएर उक्त संजाल र गिरोह मार्फत सयौं हजारौं एक छापे भोट आफ्नो पक्षमा हाल्न लगाएर जितेको संगीन आरोप खपिरहेका छन त्यहि बिषयमा केन्द्रित रहेर उक्त मुद्दा टेनेसी कोर्टसम्म पुगेको छ । एक व्यक्तिले छ हजार चार सय डलर आफ्नो अमेरिकन एक्सप्रेस क्रेडिट कार्डबाट सदस्यता बापत तिरेको प्रमाणिक कागजात हामी संचारकर्मीहरुसंग अझै सुरक्षित छ । ति यावत प्रमाण र राजनैतिक चक्रब्युह सिर्जनाका बहुआयमिक परिघटनाहरुले आम प्रवासी नेपालीहरुको मनमा । ‘दाल मे कुछ काला है’ स्तरको आशंका पैदा गरिदिएको छ ।

    राजनीति गर्नेहरुले जित्नको लागि जे पनि गर्न सक्छन भन्ने हाम्रो आम बुझाई छ । कांग्रेसहरुको हाली मुहाली रहेको एनआरएन अमेरिकामा अहिले भाई कांग्रेस एमालेहरु ‘हाईना रणनीति’ लिएर बैचारिक अन्तरगोत्रीय गठबन्धन मार्फत एनआरएन अमेरिकामा राजनीति गर्न चोरबाटोबाट प्रवेश गर्न लागीपरेका छन ।

    अब एनआरएन अमेरिकामा बुढी मरी हैन काल पल्कियो स्तरको आम ‘फोबिया’ पैदा भएको छ । थोरै सदस्य बन्दा पनि धाँदलीको आशंका अनि अचानक सदस्यताको आबेदनमा भारी बृध्दी हुँदा पनि संस्थापन माथि अर्को षडयन्त्रको आरोप लाग्छ । यस्तो लाग्छ एनआरएन अमेरिकाको नेतृत्व हत्याउन जाने आकांक्षीहरु षडयन्त्रका बादशाहहरु हुन। बदमाशीबाट संख्यात्मकरुपमा ठुलो भएको हाम्रो एनआरएन अमेरिकामा नेपालको राजनीति गर्ने ‘आदा’ हरुको निरन्तर सक्रियताले झन धमिलो बनाई दिएको छ । राजनीति गर्नेहरुले जित्नको लागि जे पनि गर्न सक्छन भन्ने हाम्रो आम बुझाई छ । कांग्रेसहरुको हाली मुहाली रहेको एनआरएन अमेरिकामा अहिले भाई कांग्रेस एमालेहरु ‘हाईना रणनीति’ लिएर बैचारिक अन्तरगोत्रीय गठबन्धन मार्फत एनआरएन अमेरिकामा राजनीति गर्न चोरबाटोबाट प्रवेश गर्न लागीपरेका छन ।

    बैचारिक जुत्ता लगाएर भित्र छिर्न उद्दत राजनीतिबाजहरुलाई हामी बारम्बार सचेत र सतर्क गराउने छौं किनकी बिधि बिधान, मौजुदा कानुन र कोड अफ कन्डक्टरएथिक्सले एनआरएनएमा त्यसो गर्न मिल्दै मिल्दैन । आफु उपर छानविन गरिरहेका एफबीआई जेम्स कोमीलाई बर्खास्त गरेर हाईसन्चो हुन्छ भन्ठान्ने राष्ट्रपति ट्रम्प अहिले रोबर्ट मूलरको त्यो भन्दा शक्तिशाली छानविनमा तानिएका छन । डोनाल्ड ट्रम्प फुत्कन नसक्ने कानुनी शासन भएको अमेरिकामा नेपाली पाराले बैचारिक सहगोत्रीय घुसपैठ र सौदाबाजीमा गरिएको बिध्दुतीय धाँदली र भोटिङ्ग फ्रड लामो काल छुप्न र टिक्न पक्कै सक्दैन ।

    मित्रहरु, त्यस्तो दुर्दशा र दुस्खद दिन आउनु अघि आत्मिक अनि शालीन याचना गर्नुहोस । जसरी हुन्छ जित्नै पर्ने दम्भमा जे जति अनैतिक हर्कत र कुकर्महरु गर्नु भयो ति सबै आम प्रवासी नेपालीहरुले क्षमा दिन योग्य कुकर्महरु थिएनन् तर आम प्रवासी नेपालीहरु निरन्तर क्षमाशिल बनिरहे त्यसको मतलब तपाईहरुबाट अब मन्चन गरिने दोश्रो किस्ताको षडयन्त्रको पनि हामी रमिते बन्नेछौं भन्ने चाँही कल्पनासम्म पनि नगर्नुस अब आम प्रवासी नेपालीहरुले तपाईका कुनियत र मकदर्शहरु राम्ररी बुझेका छन ।

    श्रेष्ठको फेसबुकबाट साभार गरिएको हो । 

    ३५८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad