back

एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण

वि.सं.२०७४ असार २ शुक्रवार

222 

shares
NTC AD
Global IME AD

काठमाडौँ, २ असार । संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३ ) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ए डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ । यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक युएइ, लेबनान र उज्वेकिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएइसँग खेल्नेछ । त्यसैगरी साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरणका सम्पूर्ण खेल युएइस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रङ्गशालामा हुनेछ । यसअघि सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन ।

समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ । त्यस्तै दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् । चालिस राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप

आइडब्लुएफएन कराते डो सङ्घको आयोजनामा प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिनुभयो । च्याम्पियनसिपमा कुमुतेको पुरुषतर्फ १४ र महिलातर्फ १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष÷महिलाको र समूहगत कातामा पनि खेल हुनेछ । उक्त च्याम्पियनसिपका लागि नेपाल र अन्य राष्ट्रबाट दुई दुई सय गरी ४०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुईदिने उक्त प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...