BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    बेलायतमा राष्ट्रव्यापी रुपमा उदासीनता छाएको छ : महारानी

    संसार न्यूज संवाददाताआषाढ ४, २०७४

     

    ४ असार, लन्डन । बेलायतकी महारानी एलिजाबेथले लन्डन र म्यानचेस्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागीमा भएको पछिल्ला दुखान्त घटनाहरूका कारण राष्ट्रव्यापी रुपमा उदासीनता देखिएको र यसबाट भाग्न मुस्किल भएको बताउनुभएको छ ।

    शनिबार महारानीले राज्यद्वारा परम्परागत मनाइँदै आएकोे जन्मोत्सवका अवसरमा दिनुभएको सन्देशमा महारानीले भन्नुभएको छ, “पछिल्ला हप्ताहरूमा बेलायतले एकपछि अर्को दुःखद घटनालाई बेहोर्नुपरेको छ ।

    परम्परागत रूपमा आज खुसी मनाउने दिन हो तर केही महिनायता भएका दुःखान्त घटनाहरूका कारण राष्ट्रव्यापीरुपमा पीडाको अनुभूति भएको छ यसका कारण सबैमा उदासीनता छाएको र यसबाट भाग्न मुस्किल भएको छ ।”

    बेलायतमा महारानीको जन्मदिन दुईपटक मनाउने प्रचलन छ । महारानीको वास्तविक जन्मदिन अप्रिलमा भए पनि जन्मदिनलाई भव्य बनाउन राम्रो मौसमका लागि गृष्मकालीन आजको दिन (जुन १७) लाई भव्य समारोहकाबीच मनाउने परम्परा छ ।

    कम्तीमा ३० जनाको ज्यान जाने गरी भएको ग्रीनफेल टावर आगलागीविरुद्धको विरोध प्रदर्शनपछि आएको महारानीको सन्देशमा भनिएको छ, “परीक्षणको बेला छ, कठीन परिस्थितिमा अधिराज्य अटल रहेको छ ।”

    महारानी र राजकुमार विलियम्सले शुक्रबार स्वयंसेवकहरू, बासिन्दा र समुदायका प्रतिनिधिहरूसँग भट्नुभएको थियो ।

    शनिबारको सन्देशमा महारानीले म्यानचेस्टर र लण्डनका पछिल्ला भ्रमणक्रममा आवश्यक परेकाहरूलाई तत्काल सहयोग पु¥र्याउने मानिसहरूको तत्परताबाट आफू प्रभावित भएको बताउनुभएको छ ।”

    “दुःखका बेला हामी एकबद्ध भएका छौँ, कसैलाई काखा पाखा नगरीकन र त्रसित नभइकन आफ्नो सर्वश्व गुमाएका प्रभावितहरूलाई सहयोग गर्न हामी उत्तिकै प्रतिबद्ध छौँ, उहाँले भन्नुभयो ।”

    गत बुधबार पश्चिम लण्डनस्थित आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गुमेको र अझै केही बेपत्ता रहेका छन् । दुर्घटनामा थप कति परे भन्ने आँकडा भने आइसकेको छैन ।

    यसैबीच शुक्रबार केन्सिङ्टन क्षेत्रमा जाँदा प्रधानमन्त्री टेरिजा मेले दुर्घटनाप्रति उहाँको व्यवहारलाई लिएर आलोचना भएको छ । प्रधानमन्त्रीले घटनाको अनुसन्धान गरी तथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै आजै केही घाइते तथा मृतकका आफन्तसँग भेटी सान्त्वना दिनुभएकोे छ । रासस/सिन्ह्वा

    ३५ पटक
    प्रतिकृया दिनुहोस्