BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २७ गते
    Headlines :
    Ad

    भूकम्पपीडितको १० अर्ब बैंकमै थन्कियो

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोश्रो किस्ताका लागि भूकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पिडितले घर नबनाउँदा दोश्रो किस्ताको रकम वितरण हुन नसकेको हो ।
    प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोश्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्र रहेको छ । पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोश्रो किस्ता बापतको रकम लगेका छन् । जसका कारण दोश्रो किस्ताको लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

    ९८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad