BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २७ गते
    Headlines :
    Ad

    राजपालाई पार्टीभित्रै दवाव, कार्यकर्ताले दिए स्वतन्त्र उम्मेदवारी

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेतृत्वले दोश्रो चरणको चुनाव विथोल्ने नीति लिए पनि स्थानीय कार्यकर्ताले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीको तीन स्थानीय तहमा उनीहरुले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् ।
    रुपन्देहीको सम्मरी माई, मर्चवारीमाई र कटहीमाई गाउँपालिकामा क्रमशः अशोक शुक्ल, राजकुमार सिंह, र बालकिसन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिए । अघिल्लो चुनाव संरचनामा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने यी गाउँपालिकामा राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छ । शुक्ल यसैक्षेत्रबाट निर्वाचित सांसद् हुन् । १ सय ११ पदमा राजपा नेताको उम्मेदवारी परेको छ ।
    राजपाले आफ्न कार्यकर्ताबाट दिइएको उम्मेदवारीबारे खबर पृष्टि गरेको छ । राजपा श्रोतका अनुसार माग सम्बोधन नहुन्जेल चुनावमा नजाने नीतिप्रति असन्तुष्टि जनाउँदै शुक्लाले यसअघिका पार्टी बैठकमा पटक– पटक चुनावमा प्रतिनिधि जिताउनुपर्ने तर्क गर्दै आएका थिए । उनीलगायत केही उच्च नेताहरुको प्रयास असफल भएपछि अन्तत ः स्वतन्त्र हैसियतमा भएपनि मनोनयन दिलाउने रणनीतिमा पुगेका हुन् । राजपाका एक नेताले भने, ‘दिनभर हाम्रा नेताहरुको व्यापक गिरफ्तारी र धरपकड भयो, यसविरुद्ध संघर्षमा जानुपर्नेमा किन उहाँले कार्यकर्ताहरु लाई चुनाव मनोनयनमा पठाउनु भयो, बैठक बसेर समिक्षाको विषय बनाउँछौं ।’ ती नेताले शुक्लले आगामी संसद् चुनावका लागि आफ्नो आधार क्षेत्र सुरक्षित गर्न यस्तो गरेको आरोप पनि लगाए । आजको कान्तिपुर दैनिकबाट

    ७८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad