BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    नेपालका साना विमानस्थल असुरक्षित

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, काठमाडौ । नेपालको हिमाली तथा पहाडि भेगका साना विमानस्थल असुरक्षित रहेको एक तथ्यांकले जनाएको छ । नेपालको आन्तरिक उडानतर्फ हालसम्म भएका कूल ५० दुर्घटनामध्ये २० दुर्घटना साना विमानस्थलका कारण भएका छन् ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो ५६ वर्षको इतिहासमा ५० वटा जहाज (यात्रुबाहक र कार्गो) दुर्घटना भएका छन् । त्यसमध्ये २० दुर्घटना ५ वटा साना विमानस्थलमा भएको छ । पछिल्लो सयम लुक्लामा गोमा एयरको जहाज दुर्घटना भएको छ भने हुम्लाको सिमिकोटमा अवतरण गर्न नसकेर बाजुर लागेको सेनाको जहाज बाजुरको कोल्टी विमानस्थल नजिकै दुर्घटना भएको थियो ।
    यी दुई दुर्घटनामा पाइलटको निधन भएको थियो । भौगोलिक अवस्थित, मौसम परिवर्तन र उपयुक्त प्रबिधिको अभावले नेपालको हवाई सुरक्षा चुनौतिपूर्ण बन्दै गएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । आजको नयाँपत्रिका दैनिकबाट

    २८ पटक
    प्रतिकृया दिनुहोस्