BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    ‘नेपाली सद्भाव विश्वमै प्रशंसनीय’

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, काठमाडौ । राष्ट्र संघिय निकायले शरणार्थीको मामिलामा नेपाल सरकारको लचकता र नेपालीको सद्भाव विश्वमै उदाहरणीय रहेको जनाएको छ । विश्व शरणार्थी दिवस (जुन) को अवसरमा राष्ट्रसंघीय नियोग र आबद्ध संघसंस्थाहरुले विविधि कारणले विश्वभरबाट प्रतिमिनेट २० नागरिक घर छाडेर भाग्न बाध्य रहेको औल्याँदै नेपालको शरणार्थीप्रतिको सद्भाव निकै प्रशंसनीय रहेको उल्लेख गरेका हुन् ।
    सन् १९९५ देखि नेपाल शरणार्थी मामिलामा देखाएको सद्भाव र पछिल्लो समय तेस्रो मुलुक पुनः स्थापनाको सफल कार्यक्रमले नेपाल शरणार्थीको मामिलामा एक ‘ मोडल’ नै बनेको हो । नेपालबाट भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनः स्थापनामा विश्वमै एक सफल उदाहरणका रुपमा रहेको छ । अन्तराष्ट्रिय आप्रवासी संगठन (आइओएम) र शरणार्थी मामिला सम्बन्धी राष्ट्रघीय उच्चायोग (युएनएचसीआर ) को पछिल्लो पुन : स्थापना कार्यक्रममा सफलता मिलेको हो । यसमा तेस्रो मुलुकको सद्भाव पनि उत्तिकै छ । आजको कान्तिपुर दैनिकबाट

    ८८ पटक
    प्रतिकृया दिनुहोस्