BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    प्रदेश नं २ मा निर्वाचन नभए गरिवी अझै बढ्न सक्ने

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, काठमाडौ । दोश्रो चरणको स्थानीयतहको निर्वाचनका लागि आइतबार प्रदेश १, ५ तथा ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीयतहमा मनोनयन भएको छ । यी ३ प्रदेशका १ महानगपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा सरकारको नयाँ निर्वाचन तालिका अनुसार असार १४ गते निर्वाचन हुँदा प्रदेश नं २ भने अझै आन्दोलनको बाटोमा रहने देखिएको छ । जसका कारण प्रदेश २ का नागरिक विकास निर्माणको कामबत्राट बञ्चित भएर गरिवीको चपेटाबाट बाहिरीन झन् गाह्रो हुने अर्थविद्हरुको भनाइ छ ।

    केन्द्रीकृत शासन प्रणाली भत्काएर अधिकारसम्पन्न स्थानीय सरकार बनाउने र आफ्नो विकास तथा निर्माण आफैंले गर्ने संघीय संविधानको मर्म भएपनि यसमा २ नम्बर प्रदेश छुट्दा आर्थिक सामाजिक विभेद अझै बढ्न सक्ने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।
    ‘निर्वाचनमा २ नम्बर प्रदेश छुट्दा यसले उक्त प्रदेशमा सामाजिक खाडल झन् बढ्ने, गरिबीको दरमा बढोत्तरी हुने तथा उक्त प्रदेशका नागरिकमा आर्थिक, सामाजिक, तथा राजनीतिक आक्रोश बढ्ने देखिन्छ ।’ खनाल भन्छन् । आजको कारोबार दैनिकबाट

    ४० पटक
    प्रतिकृया दिनुहोस्