BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    एनआरएनएले त्रिभुवन विमानस्थल सरसफाइ गर्ने

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ । विमानस्थल सफाइ गर्ने विषयमा एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबीच शुक्रबार सम्झौता भएको छ ।

    सम्झौताअनुसार नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल गैरआवासीय नेपाली संघको नेतृत्वमा थप आधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ । एक महिने यस सरसफाइ अभियानको औपचारिक सुरुवात जुलाई २९ मा हुनेछ ।

    आपसी सहमतिमा समय थप गर्न सकिने यस अभियानको समापन पनि औपचारिक कार्यक्रम गरी प्राधिकरण व्यवस्थापनलाई हस्तान्तरण गरेर हुने भट्टले जानकारी दिए ।

    नेपाल आउने पर्यटकलाई भ्रमणको सुरुमा नै त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको फोहोरले नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले पनि गैरआवासीय नेपाली संघले विमानस्थल सरसफाइमा विशेष ध्यान दिएको एनआरएनए उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भट्टले बताए । आजको कारोबार दैनिकबाट

    ९१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad