BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १३ गते
    Headlines :
    Ad
    Ad

      विखण्डनकारी सक्रिय– प्रधानसेनापति

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    patrapatrika५ असार, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताउनुभएको छ ।
    जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाश प्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताउनुभयो । जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखखण्डनकारी र अस्थिरता फैलाउने तत्व को हुन् भन्नेबारे भने केही खुलाएको छैन ।
    तर, प्रधानसेनापति क्षत्रीले आफ्ना भनाइका क्रममा सीके राउतका गतिविधि , निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र आन्दोलनरत राजपाका गतिविधिलाई विखण्डनकारी र अस्थिरता फैलाउने भनी संकेत गरेका छन ।
    प्रधानसेनापतिले विगतकै शैलीमा संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि नहट्ने दोर्होयाउनुभयो । प्रधानसेनापति क्षेत्रीले वर्तमान राजनीतिक अवस्था तरल रहेको टिप्पणी गर्दै विभिन्न माग राखी विरोधमा उत्रिएको समूहलाई राजनीतिक तहबाटै समाधान हुनुपर्ने बताए । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

    ४८ पटक
    प्रतिकृया दिनुहोस्