BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

    एएफपीआषाढ ५, २०७४

    ५ असार, साना (यमन) । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् ।

    यमनी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा उनीहरूको मृत्यु भएको यमनी सुरक्षाकर्मीले नाम गोप्य राख्ने सर्तमा बताए ।

    प्रायजसो मृतक साउदी अरबको सिमानामा रहेको सादा प्रान्तको मासनाक बजारमा काम गरिरहेका यमनी नागरिक रहेको बताइएको छ । सादा प्रान्त यमनी विद्रोहीको प्रभाव क्षेत्र हो ।

    यमनमा इरानद्वारा सहयोग प्राप्त हुथी विद्रोहीविरुद्ध अरब गठबन्धन सेनाले सन् २०१५ देखि हवाई आक्रमण गर्दै आएको छ ।

    गठबन्धन सेनाले विद्रोहीले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गर्दै आएको दाबी गरेको छ । सेनाले सो आक्रमणमा आफ्नो संलग्नता रहेको वा नरहेको बारे केही प्रतिक्रिया दिएको छैन ।

    १५ पटक
    प्रतिकृया दिनुहोस्