BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    सुरक्षा प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    janardan-sharma-profile

    ५असार, बुटवल। गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनको बेला विशेष सुरक्षा सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्।

    पश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत पाँचनम्बर प्रदेशको सुरक्षा गोष्ठीलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री शर्माले सो निर्देशन दिएका हुन्।

    निर्वाचनको बेला कुनै राजनीतिक दलप्रति आग्रह/पूर्वाग्रह नराख्न निर्देशन दिँदै मन्त्री शर्माले भने”जिल्लाका राजनीतिक दलहरुसँग निरन्तर छलफल र सम्पर्कमा रहनुहोला।सँगसँगै बर्दिभित्र राजनीतिक बिचार हुनुहुँदैन भन्ने पनि ख्याल गर्नुहोला।”

    जनताले ढुक्क भएर मताधिकार प्रयोग गर्न पाउनु पर्ने भन्दै मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन निर्देशन दिए। कपिलवस्तुको वाणगंगा, बाजुरा, संखुवासभा र बाँकेको नेपालगञ्जमा आइतबार भएका घटनाप्रति दुःख व्यक्त गर्दै उनले ति जिल्लाहरुमा आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकेको जानकारी दिए।

    सरकारले नागरिकले ढुक्कसँग भोटहाल्न पाउने गरी सुरक्षा रणनीति बनाएको भन्दै उनले मतदातालाई कुनैपनि सुरक्षा चुनौती नरहने स्पष्ट पारे।

    कसैमाथि कारबाही गर्दा त्यसले पार्ने दीर्घकालीन असरलाई पनि ध्यान दिन निर्देशन दिँदै मन्त्री शर्माले भने “चुनावमा अप्रिय घटना सकेसम्म हुँदैन होस्, तर, बल प्रयोग गर्नैपर्ने अवस्था आयो भनेपछि नहट्नुहोस्” ।

    सरकार र राजपाका नेताहरुबीच भएको छलफलपछि प्रदेश नम्बर २ को निर्बाचन सारिएको मन्त्रीशर्माले जानकारी दिए।२ नम्बर प्रदेशमा सुरक्षा चुनौति नरहेपनि द्वन्द्वलाई दीर्घकालीन रुपमा अन्त्य गर्ने उद्देश्यले चुनाव सारिएको जानकारी मन्त्री शर्माले दिए।

    सुरक्षागोष्ठीमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिर शाहका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए।
    बुटवलको कार्यक्रम सकेर मन्त्री शर्मा सोमबारनै नेपालगञ्ज पुगेका छन्।

    ६० पटक
    प्रतिकृया दिनुहोस्