BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ६ गते
    Headlines :
    Ad
    Ad

    प्याराग्लाइडिङ दुर्घटनामा युवकको मृत्यु

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परी आज दिउँसो एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    कास्कीको सराङकोटबाट उडान गरेर फेवातालको किनारमा आउँदै गर्दा प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए । प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुन उनले सोलो पाइलटका रुपमा उडान गरेका थिए ।

    तत्कार उद्धार गरी उपचारार्थ मेट्रोसिटी अस्पतालतर्पm ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । रासस

    ७३ पटक
    प्रतिकृया दिनुहोस्