back

मौद्रिक नीतिबारे निजी क्षेत्रसँग सुझाव सङ्कलन

वि.सं.२०७४ असार ६ मंगलवार

273 

shares
NTC AD
Global IME AD

rastra-bank
६ असार, काठमाडौँ। नेपाल राष्ट्र बैंंकले आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ ।

व्यवस्थापिका–संसद्मा आव २०७४÷०७५ को बजेट पेस भएको २० दिनपछि सोमबार राष्ट्र बैंकले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, बिमा समिति, बैंकर्स एसोसिएसनलगायत निजी क्षेत्रका विभिन्न संस्थाको उपस्थितिमा सुझाव सङ्कलन गरेको हो । सामान्यतया बजेट पेस भएको ३० दिनपछि राष्ट्र बैंकले आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति मुलुकको समग्र आर्थिक नीतिको दस्तावेज हो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर, बैंकर्स सङ्घ, विकास बैंक, नेपाल विप्रेषण सङ्घ, नेपाल आर्थिक सङ्घ, ऊर्जा सङ्घ, विदेशी मुद्रा सटही सङ्घ, निक्षेप तथा कर्जा संरक्षण कोषलगायतमा संलग्न प्रतिनिधिले सरकारको ढुकुटीमा रहेको रकम परिचालन गर्नुपर्ने, व्याज दरमा कमी गर्नुपर्ने, विदेशी मुद्रा सटहीलाई सरल बनाउनुपर्ने, सुन आयातको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने, रुग्ण उद्योग र कृषि क्षेत्रलाई सरल¬–सुलभ ढङ्गले कर्जा प्रवाह गर्नुपर्ने, घर कर्जामा लगानी दर वृद्धि गर्नुपर्नेलगायत विषयलाई मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निजी उद्योगी तथा व्यवसायीका सुझावलाई कार्यान्वयन गरी अगाडि बढ्ने बताउनुभयो । रासस

वि.सं.२०७४ असार ६ मंगलवार ०२:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...