BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    पत्रकार उजिर मगरको ‘अंश’ सार्वजनिक

    संसार न्यूज संवाददाताआषाढ ६, २०७४

    phoot६ असार, काठमाडौं । पत्रकार उजिर मगरको ‘अंश’ सार्वजनिक भएको छ ।
    मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच मगरको ‘ अंश’ सार्वजनिक गरिएको हो ।
    नाउर प्रकाशनका अध्यक्ष क्या. कुल प्रसाद पुनको सभापतित्व, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अतिथिहरु नागरिक दैनिकका सम्पादक गुणराज लुईटेल, अन्नपूर्ण पोस्टका सम्पादक युवराज घिमीरे, वरिष्ठ पत्रकार नारायण वाग्ले, नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य थापा, पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, पूर्वअध्यक्ष गोविन्द आचार्य लगायतले संयुक्तरुपमा ‘अंश’को विमोचन गर्नु भएको थियो ।

    विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको सेरोफेरोमा रहेर लेखिएको पत्रकार सुधिर शर्माको प्रयोगशाला, लेखक तथा पत्रकार प्रशान्त झाको ‘गणतन्त्र’ र पत्रकार उजिर मगरको ‘अंश’ को आफ्नै विशेषता रहेको बताउनु भएको थियो । उहाँले पत्रकार मगरको अंश सजिव, सरल र सहज रुपमा जनयुद्धका घटनाहरु लिपिवद्ध भएको बताउदै संस्मरणात्मक विवरणात्मक तथा जनयुद्धकालका घटनाबारे बुझ्न चाहानेका लागि महत्वपूर्ण सामग्री रहेको समेत बताउनु भयो ।

    अध्यक्ष प्रचण्डले देशलाई शान्ति प्रक्रियामा ल्यायर गणतन्त्र ल्याउनमा नेपाली पत्रकारिता जगतले ठूलो भूमिका खेलेको समेत बताउनु भएको थियो ।

    विमोचन कार्यक्रममा पत्रकार गोविन्द आचार्यले पत्रकार उजिर मगरको अंश १० वर्षे जनयुद्धको इतिहासका रुपमा रहेको तथा जनयुद्धकालिन सजिव चित्रण रहेको बताउनु भएको थियो भने गुणराज लुइटेलले साना पत्रिकाहरुको अस्तित्व र इतिहासलाई ‘अंश’ले उजागर गरेको बताउनु भएको थियो ।

    त्यस्तै वरिष्ठ पत्रकार नारयण वाग्लेले पुस्तकले विगतको दिन सम्झाइदिएको बताउँदै पत्रकारहरुले जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्नेक्रममा अंश माग्नु नहुने बताउनु भएको थियो भने युवराज घिमीरेले रिर्पोटरका रुपमा काम गरिरहँदा सिर्पोटिङ सँगसँगै किताव आउनु राम्रो रहेको बताउनु भएको थियो । वाग्लेले ‘अंश’ मा नेपालको पत्रकारिताको परिवेश झल्किएको उल्लेख गर्नु भयो ।

    यसैगरी पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले लेखक मगरलाई बधाइ दिदैँ ‘अंश’ लाई रिर्पोटरको किताव भन्न सान्दर्भिक हुने बताउनु भएको थियो ।

    क्याप्टेन पुनद्धारा समापन गरिएको उक्त विमोचन कार्यक्रमको पत्रकार विजय पौडेलले संचालन गरेका थिए ।

    २०५१ सालबाट दिल्लीबाट प्रकाशित हुने अखिल भारत नेपाली एकता समाज (नेकपा मसाल)को भारतस्थित संगठनद्धारा प्रकाशित ‘नेपाली एकता’बाट पत्रकारिता सुरु गर्नु भएका पत्रकार उजिर मगरले दिल्लीमा रहँदा चौकिदारीसँगै पत्रकारिता गर्नु भएको थियो  । दिल्लीमा ७ महिना काम गरेर २०५२ साल असारमा नेपाल फर्कनु भएका उहाँले २०५३ मा तीनजना साथीहरुसँगै समानान्तर गर्नु भयो  । समानान्तरमा उहाँले व्यवस्थापनको
    काम सम्हाल्नु भयो ।  २०५३ को अन्त्यतिर हाँक पत्रिकाको स्वयमसेवी बनेर समेत काम गर्नु भयो  । जनादेश, ज्वाला लगायतका विभिन्न साप्ताहिक पत्रिका, कान्तिपुर र हाल नागरिक दैनिकमा आवद्ध रहनु भएका मगर पत्रकार महासंघका महासचिव हुनुहुन्छ । । ‘अंश’ मगरको पहिलो कृति हो ।

    तस्बिर :रासस

    ४४९ पटक
    प्रतिकृया दिनुहोस्