back

पर्वतारोहण सङ्घको नेतृत्वका लागि एक महिना अगाडि नै प्रचार–प्रसारमा

वि.सं.२०७४ असार १० शनिवार

396 

shares
NTC AD
Global IME AD

parbatarohan-sangh१० असार, काठमाडौँ । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी नेतृत्वबारे चर्चा चुलिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिष्ठित सङ्घको नेतृत्वका लागि आकाङ्क्षी उम्मेदवारले दौडधुप र प्रचार तीव्र पारेका छन् । निर्वाचन आउन करिब एक महिनाअघि नै आकाङ्क्षीले प्रचारप्रसार थालेका हुन् ।

सङ्घको साधारणसभा आगामी जुलाई २९ तारिख (साउन १४ गते) लागि तोकिएको संस्थाले जनाएको छ । सङ्घको आठौँ साधारणसभाबाट अध्यक्षसहित पदाधिकारी गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । निवर्तमान उपाध्यक्ष जिङ्बाजम्बु शेर्पा, वर्तमान उपाध्यक्ष सन्तवीर लामा, भूमिलाल लामा, जेपी लामालगायत अध्यक्षको प्रत्यासीका रूपमा चर्चामा हुनुहुन्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणसँग जोडिएको एनएमएको छवि अन्तर्राष्ट्रिय जगत्मा चर्चित छ । विश्वभरका पर्वतारोहीले एनएमएलाई नेपालको हिमाली पर्यटनबारे जानकारी लिने, समन्वय गर्ने तथा पर्वतारोहणसम्बन्धी आवश्यक तालिम र उपकरण सेवा उपलब्ध गराउने संस्थाका रूपमा लिने गरेका छन् ।

आगामी नेतृत्वबारे प्रचारबाजी र हानाथाप भइरहेको सन्दर्भमा वर्तमान अध्यक्ष आङछिरिङ शेर्पासँग जिज्ञासा राख्दा उहाँले एनएमएको छवि र गरिमालाई उचो बनाउन आपसी प्रचारबाजी र विवादभन्दा पनि निष्पक्ष प्रतिस्पर्धा हुुनुपर्ने बताउनुभयो ।

“यो संस्था अन्तर्राष्ट्रिय रूपमा पनि प्रतिष्ठित छ, यसमा अनुभवी, सक्षम व्यक्ति निष्पक्ष ढङ्गले आउनुपर्छ” – उहाँले भन्नुभयो ।
हिमाली क्षेत्रमा १३ वटा शाखा कार्यालय रहेको एनएमएले वार्षिक पर्वतारोहणसम्बन्धी विभिन्न तालिम, पर्वतारोहण उद्धार, ‘आइस क्लाइम्बिङ’, ‘स्की माउन्डेनरिङ’, ‘माउन्टेन रिडर कोर्स’, खेलकुदलगायतका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार १० शनिवार ०३:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

  काठमाडौं । एनएमबि बैंकले बुधवार बैंकको बल्खु शाखाबाट सुरु...